: युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ५३ वर्षीय दिनेश अधिकारी रहेका छन्।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
अधिकारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख ...
: राष्ट्रिय सभाले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभाप्रति गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै खेद प्रस्ताव पारित गरेको छ। आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरूले सांसद शाहीले सामाजिक सञ्जालमा राष्ट्रिय सभा वृद्धाश्रम हो भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको हो।
शाहीले मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पारित गरेको ...
— नेपालको संविधानले आधारभूत तहसम्मको विद्यालय शिक्षा नि:शुल्क र अनिवार्य एवं माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क पाउने व्यवस्था गरेबमोजिम कार्यान्वयन भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
सांसद प्रेम सुवालले आइतबार संसद्मा सोधेको प्रश्नमा यस्तो जवाफ दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सांसद सुवालकै प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले 'नेपालको संविधानको धारा २५ मा सम्पत्तिको ...
: गंगादेव गाउँपालिका-२ रमही बस्ने ४६ वर्षीय शिवराज खत्रीलाई भरुवा बन्दुक १ थानसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय जिनावाङ र इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
— पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद् वर्षमान पुनले सहिद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्र गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभा बैठकमा आइतबार शून्य समयमा बोल्दै पुनले उक्त सडक खण्डका लागि छुट्याइएको १ अर्ब २५ करोडमध्ये ६८ करोड रकमान्तर गरिएको बताएका हुन् । पुनले सिमेन्ट उद्योगका टिपरका कारण सडकको ...