मुख्य समाचार
ट्रम्पले एआई प्रवर्द्धन गर्न ५०० अर्ब डलरको लगानी गरिने बताए
ट्रम्पले एआई प्रवर्द्धन गर्न ५०० अर्ब डलरको लगानी गरिने बताए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पूर्वाधार प्रवर्द्धन गर्न ठूलो मात्रामा लगानी गर्ने घोषणा गरेका छन्।

बीबीसीका अनुसार ट्रम्पले एआई प्रवर्द्धन गर्न ५०० अर्ब डलरको लगानी गरिने बताएका छन् । यसबाट एक लाख नयाँ रोजगारी सिर्जना हुने उनको विश्वास छ।




ट्रम्पले सफ्टबैंकका प्रमुख कार्यकारी अधिकृत मासायोसी सन, ओपेनएआईका प्रमुख साम अल्टम्यान र ओर्‍याकलका अध्यक्ष ल्यारी एलिसनसँगै ह्वाइट हाउसमा स्टारगेट परियोजना उद्घाटन गरेका हुन् ।

ट्रम्पले यसका लागि पूर्वराष्ट्रपति जो बाइडेनले जारी गरेको एआईसम्बन्धी कार्यकारी आदेशलाई उल्ट्याई दिएका छन् ।



आगामी पाँच वर्षमा प्रविधि क्षेत्रका ठूला कम्पनीहरू ओर्‍याकल, ओपन एआई र सफ्टबैंकले गर्नेछन्।

ट्रम्पले यसका लागि नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ स्थापना गर्ने पनि घोषणा गरेका छन्।

ओर्‍याकलका वरिष्ठ अधिकारी एलिसनले टेक्सासमा डेटा सेन्टर निर्माण गर्ने काम पहिले नै सुरु भइसकेको जानकारी दिएका छन्। हाल त्यहाँ १० वटा भवन निर्माणाधीन छन् र थप १० भवन पनि निर्माण गर्ने ओर्‍याकलको योजना रहेको छ ।

ओपन एआई कम्पनीका प्रमुख साम अल्टम्यानले यसलाई यो युगको सबैभन्दा महत्वपूर्ण परियोजनाको संज्ञा दिएका छन् । उनको भनाइ छ, ‘यो ट्रम्पबिना सम्भव हुने थिएन।‘

सफ्टबैंक कम्पनीका मासायोसी सनले ट्रम्पका भनाइलाई दोहोर्‍याउँदै भने, ‘यो अमेरिकाको स्वर्ण युगको सुरुवात हो।‘

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...