मुख्य समाचार
नेटफ्ल्क्सिको विश्वब्यापी सब्सक्राइबर संख्या ३० करोड १६ लाख पुगेको छ, ‘स्क्विड गेम २’ले आए धेरै दर्शक
नेटफ्ल्क्सिको विश्वब्यापी सब्सक्राइबर संख्या ३० करोड १६ लाख पुगेको छ, ‘स्क्विड गेम २’ले आए धेरै दर्शक

। सन् २०२४ मा नेटफ्ल्क्सिको विश्वब्यापी सब्सक्राइबर संख्या ३० करोड १६ लाख पुगेको छ । विश्वकै सबैभन्दा ठूलो फिल्म र सिरिजको यो ओटीटी प्लाटफर्मले गतवर्षको तथ्यांक सार्वजनिक गरेको हो ।

अक्टोबर-डिसेम्बर अवधिमा ९.१८ मिलियन सशुल्क सदस्य थपिएका थिए । सन् २०२४ को तेस्रो चौंथाइमा प्लाटफर्मका ५.१ मिलियन सशुल्क ग्राहक थपिएका छन् । सो अवधिमा विश्वब्यापी २८२.७२ मिलियन सब्सक्राइबर थपिएका छन् । यो भनेको अघिल्लो वर्षको भन्दा १४ प्रतिशतले वृद्धि हो ।




वर्षको अन्त्यतिर रिलिज भएको ‘स्क्विड गेम सिजन २’ र ज्याक पौल-माइक टाइसनको लाइभ बक्सिङ इभेन्टमार्फत नेटफ्ल्क्सिले सर्वाधिक धेरै सब्सक्राइड आकर्षित गर्न सक्यो । यो जानकारी नेटफ्ल्क्सिले सेयर होल्डर्सलाई समेत पत्रमार्फत गराएको छ ।

सो वर्षमा अमेरिका र क्यानडामा ४.८२ मिलियन, युरोप-मध्यपूर्व र अफ्रिकामा ५ मिलियन, ल्याटिन अमेरिकामा ४.१५ मिलियन र एसिया प्रशान्त क्षेत्रमा ४.९४ मिलियन ग्राहक थपेको छ । नेटफ्ल्क्सिको न्यूनतम सब्सक्राइब मूल्य ४.२० डलर छ । यसरी कूल सब्सक्राइब गर्दा प्लाटफर्मले १०.११ बिलियन डलर कमाइ गरेको वालस्ट्रिट जर्नलले जनाएको छ ।



सन् २०२५ मा नेटफ्ल्क्सिले अमेरिका, क्यानडा, पोर्चुगल र अर्जेन्टिनामा शुल्कमा वृद्धि गर्दैछ । यसवर्ष नेटफ्ल्क्सिले ‘स्ट्रेन्जर थिंग्स’ र ‘स्क्विड गेम’को अन्तिम सिजन रिलिज गर्ने तयारी गरिरहेको छ । सन् २०२४ मा नेटफ्ल्क्सिका ३०० मिलियन (३० करोड) ग्राहक थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...