मुख्य समाचार
रुसको कुर्स्क क्षेत्रमा भएको युद्धमा तीन महिनामा करिब १००० उत्तर कोरियाली सैनिक मारिए
रुसको कुर्स्क क्षेत्रमा भएको युद्धमा तीन महिनामा करिब १००० उत्तर कोरियाली सैनिक मारिए

: रुसको कुर्स्क क्षेत्रमा भएको युद्धमा तीन महिनामा करिब १००० उत्तर कोरियाली सैनिक मारिएको जनाइएको छ। सो स्थानमा भएको लडाइमा मृत्यु हुनेमध्ये उत्तर कोरियाली सेना करिब ४०% रहेका बीबीसी समाचारमा उल्लेख छ।


त्यहाँ युद्धका लागि उत्तर कोरियाबाट ११,००० सैनिक आएका थिए। तीमध्ये ४ हजार सैनिक मरेका, घाइते भएका, हराएका वा बन्दी बनाइएका उल्लेख छ। ती नै ४ हजारमध्ये करिब १ हजार जना सैनिक भनेको मरेको अनुमान गरिएको छ।

यसलाई उत्तर कोरियाको लागि धेरै ठूलो मानिएको छ। घाइते सैनिकहरूको उपचार कहाँ हुँदैछ भन्ने पनि जानकारी आएको छैन।




युक्रेनले अगस्टमा कुर्स्क क्षेत्रमा अचानक हमला गरी केही समयका लागि रूसी भूभाग कब्जा गरेको थियो। उक्त स्थानमा पछि उत्तर कोरियाली सैनिक आए। त्यसपछि रूसी सेना बलियो बनेको देखिन्छ।

तर युक्रेनले अझै धेरै रूसी भूभाग कब्जा गरिरहेको छ र रूसी सेनालाई धेरै क्षति पुर्याइरहेको छ।

उत्तर कोरियाबाट पठाइएका 'स्टोर्म कोर्प्स' सैनिकहरू त्यहाँका लागि पठाइएका छन्। उनीहरु धेरै कम तालिम पाएका र कमजोर रहेको बताइएको छ।

बेलायती सेनाका पूर्व अधिकारी कर्नल ह्यामिशले बीबीसीसँग भनेका छन्, 'यी सैनिकहरू कम तालिम प्राप्त छन् र उनीहरूलाई युद्धमा बलिको बोकोसरह बनाइएको छ। उनीहरूको बाँच्ने सम्भावना निकै कम छ।'

दक्षिण कोरियाली रिपोर्टले पनि यी सैनिकहरू आधुनिक युद्धका लागि तयार नरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र साउदी अरेबियाबीच साउदीलाई नागरिक (सिभिल) आणविक कार्यक्रम विकास गर्न अनुमति दिने गरी एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ। अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार यस सम्झौतालाई 'शान्तिपूर्ण आणविक सहकार्य सम्झौता'का रूपमा व्याख्या गरिएको छ, जसले साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूका लागि ठूलो व्यापारिक अवसर सिर्जना गर्नेछ। सम्झौताको पूर्ण विवरण औपचारिक रूपमा सार्वजनिक नगरिए तापनि, भविष्यमा ...
: हुथी विद्रोहीहरूले साउदी अरबका बन्दरगाह प्रयोग गर्ने तेल ट्यांकरहरू आक्रमणलाई चेतावनी दिएका छन् । अघिल्लो दिन घोषणा गरिएको नाकाबन्दी कार्यान्वयन गर्न हुथीहरूले तीव्र कदम चालेका छन् । लाल सागरमा आएको यो हुथी चेतावनी र अरब प्रायद्वीपको अर्को छेउमा रहेको खाडी क्षेत्रमा इरानले दिएको समुद्री यातायात अवरोध गर्ने धम्कीले लामो समयदेखि जारी द्वन्द्वलाई अझ गम्भीर बनाउने ...
: खाडी क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सीआईए) का गुप्त ठेगानाहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रुसी संलग्नता हुन सक्ने आशंका गर्दै अमेरिकी गुप्तचर निकायहरूले अनुसन्धान सुरु गरेका छन्। अमेरिकी गुप्तचर निकायबारे जानकार अधिकारीहरूका अनुसार, रुसले इरानलाई निशाना सम्बन्धी गोप्य जानकारी वा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएर सहयोग गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ। राष्ट्रिय सुरक्षाका ...
: अफगानिस्तानमा आएको विनाशकारी बाढीपछि उद्धारकर्मीहरूले जीवितहरूको खोजी जारी राखेका छन् । यसैबीच, फेरि आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ । सोमबार पहाडबाट एक्कासी आएको बाढीले पूर्वी नुरिस्तान प्रान्तमा कम्तीमा २३ जनाको ज्यान लिएको थियो । मंगलबार उद्धार टोलीहरूले घरहरूको भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखे । यस वर्षको मनसुनले दक्षिण एसियाभर व्यापक क्षति पुर्‍याइरहेको छ, ...
: अमेरिकाले इरानका सैन्य अड्डालाई लक्षित गर्दै लगातार ११ औँ रात पनि भीषण आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार सामरिक दृष्टिले महत्वपूर्ण हर्मुजमा व्यावसायिक जहाजहरूको आवागमन सुरक्षित बनाउन र इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले यो कारबाही गरिएको हो। अमेरिकाले इरानी सैन्य अपरेशन सेन्टर, ड्रोन भण्डारण केन्द्र, विमान ह्याङ्गर र सैन्य आपूर्ति प्रणालीहरूमा क्षति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम