मुख्य समाचार
भारतको उत्तर प्रदेशस्थित प्रयागराजको त्रिवेणी संगममा यतिबेला महाकुम्भ मेला
भारतको उत्तर प्रदेशस्थित प्रयागराजको त्रिवेणी संगममा यतिबेला महाकुम्भ मेला

: भारतको उत्तर प्रदेशस्थित प्रयागराजको त्रिवेणी संगममा यतिबेला महाकुम्भ मेला चलिरहेको छ। भारतको विदेश मन्त्रालय र उत्तर प्रदेश सरकारको संयुक्त आयोजनामा गत १३ जनवरीमा सुरू भएको महाकुम्भ मेला २६ फेब्रुअरीसम्म चल्नेछ।


महाशिवरात्रिका दिन अन्तिम स्नानसँगै महाकूम्भ मेला समापन हुनेछ। महाकुम्भ मेलामा ४५ करोड भक्तजनहरू उपस्थित हुने अपेक्षा गरिएको छ, जसमा १५ लाख विदेशी पर्यटकहरू छन्। अघिल्लो मेलाभन्दा यो संख्या करिब दोब्बर हो। यसअघिको कुम्भ मेलामा २५ करोड भक्तजनहरू सहभागी बनेका थिए।

महाकुम्भ मेला के हो?


महाकुम्भ मेलालाई धर्म, संस्कृति र आत्मखोजको प्रतीकको रूपमा वर्णन गरिएको छ। उत्तर प्रदेश सरकारका अधिकारीहरूले पनि महाकुम्भ मेलालाई विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटको रूपमा व्याख्या गरेको छ। भारतको संघीय सरकारले पनि महाकुम्भ मेलालाई आध्यात्मिक र सांस्कृतिक महत्त्व रहेको बताएको छ। यसको उत्पत्ति पौराणिक समुद्र मन्थनबाट भएको बताइन्छ। जसको थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक खसेका थिए। यी स्थानहरूमा गरिने स्नानलाई आत्मा शुद्धीकरण र आत्म साक्षात्कारको प्रतीक रूपमा लिने गरिन्छ।


कुम्भ मेलालाई समुद्र मन्थन गर्दा उत्पन्न अमृतको घडा (कुम्भ)का लागि देवता र दानवहरूबीच युद्ध भएको पौराणिक प्रसंगसँग जोडिएको छ। अमृत पिएर अमर हुन पाउने लोभमा देवासुर सङ्ग्राम हुँदा उक्त कुभ्मबाट केही थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक गरी चार स्थानमा खसेको किंबदन्ती रहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। कुम्भमेला चार सहरहरूमा प्रत्येक १२ वर्षमा मनाइने गरिन्छ। तर, प्रयागराजमा हुने मेलालाई विशेष मानिन्छ।

यी हुन् स्नान गर्ने उत्तम दिन
यस वर्ष ६ दिनलाई विशेष स्नान दिनको रूपमा चित्रण गरिएङ्को छ। जसमा १३ जनवरी अर्थात् पौष शुक्ल पूर्णिमा, १४ जनवरी अर्थात् मकर सङ्क्रान्ति, २९ जनवरी अर्थात् मौनी अमावस्या, ३ फेब्रुअरी अर्थात् वसन्तपञ्चमी, १२ फेब्रुअरी अर्थात् माघ शुक्ल पूर्णिमा र २६ फेब्रुअरी अर्थात् महाशिवरात्रिका दिनलाई विशेष स्नान दिन मानिएको छ। यीमध्ये दुई दिन वितिसके पनि अझै चार वटा विशेष दिन बाँकी रहेको छ।

विश्वकै ठूलो मेला
भक्तजनहरूको उपस्थितिले यो महाकुम्भ मेलाले विश्वमा हुने सबै जमघटलाई पनि उछिनेको छ। यो मेलाले ब्राजिलको रियो कार्निभल, साउदी अरबको हज र जर्मनीको अक्टोबर फेस्टलाई पनि उछिनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसअघि रियो कार्निवलमा ७० लाख, हजमा २५ लाख र अक्टोबर फेस्टमा ७२ लाखले भाग लिएका थिए।

त्यस्तै महाकुम्भ मेलामा प्रत्येक दिन कम्तिमा एक करोडले दर्शनार्थीहरू उपस्थित हुने गरेका छन्। मेला व्यवस्थापन समितिका अनुसार १०औं दिनमा १० करोड बढी दर्शनार्थीहरू मेलामा सहभागी भएका छन्। दर्शनार्थीहरूलाई सहजताका लागि कुम्भ मेला व्यवस्थापन गर्न भारत सरकारले ४ हजार हेक्टरमा फैलिएको कृत्रिम सहर नै विकास गरेको छ। जसमा दर्शनार्थीहरूको बासोबास, सरसफाइ र यातायातको व्यवस्था गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ। त्यस्तै सुरक्षाका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

भारतको अर्थतन्त्रमा वृद्धि हुने
यतिमात्र होइन, महाकुम्भ मेलाले समग्र भारतको अर्थतन्त्रलाई पनि सुधार गर्ने बताइएको छ। भारतीय एजेन्सीहरूका अनुसार यो मेलाले भारतको अर्थतन्त्रमा २ लाख करोड रुपैयाँसम्म योगदान पुर्‍याउनेछ। यसले उत्तर प्रदेशको जिडीपी कम्तिमा १ प्रतिशतले ढ्ने अपेक्षा गरिएको छ। सरकारी अधिकारीहरूका अनुसार अति आवश्यक वस्तुहरूको व्यापार १७,३१० करोड रुपैयाँ हुने अनुमान गरिएको छ। जसमा होटल र यात्रातर्फ २,८०० करोड रुपैयाँ रहने अनुमान गरिएको छ। धार्मिक सामग्री र फलफूलमा क्रमशः २,००० करोड र ८०० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...