मुख्य समाचार
भारतको उत्तर प्रदेशस्थित प्रयागराजको त्रिवेणी संगममा यतिबेला महाकुम्भ मेला
भारतको उत्तर प्रदेशस्थित प्रयागराजको त्रिवेणी संगममा यतिबेला महाकुम्भ मेला

: भारतको उत्तर प्रदेशस्थित प्रयागराजको त्रिवेणी संगममा यतिबेला महाकुम्भ मेला चलिरहेको छ। भारतको विदेश मन्त्रालय र उत्तर प्रदेश सरकारको संयुक्त आयोजनामा गत १३ जनवरीमा सुरू भएको महाकुम्भ मेला २६ फेब्रुअरीसम्म चल्नेछ।


महाशिवरात्रिका दिन अन्तिम स्नानसँगै महाकूम्भ मेला समापन हुनेछ। महाकुम्भ मेलामा ४५ करोड भक्तजनहरू उपस्थित हुने अपेक्षा गरिएको छ, जसमा १५ लाख विदेशी पर्यटकहरू छन्। अघिल्लो मेलाभन्दा यो संख्या करिब दोब्बर हो। यसअघिको कुम्भ मेलामा २५ करोड भक्तजनहरू सहभागी बनेका थिए।

महाकुम्भ मेला के हो?


महाकुम्भ मेलालाई धर्म, संस्कृति र आत्मखोजको प्रतीकको रूपमा वर्णन गरिएको छ। उत्तर प्रदेश सरकारका अधिकारीहरूले पनि महाकुम्भ मेलालाई विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटको रूपमा व्याख्या गरेको छ। भारतको संघीय सरकारले पनि महाकुम्भ मेलालाई आध्यात्मिक र सांस्कृतिक महत्त्व रहेको बताएको छ। यसको उत्पत्ति पौराणिक समुद्र मन्थनबाट भएको बताइन्छ। जसको थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक खसेका थिए। यी स्थानहरूमा गरिने स्नानलाई आत्मा शुद्धीकरण र आत्म साक्षात्कारको प्रतीक रूपमा लिने गरिन्छ।


कुम्भ मेलालाई समुद्र मन्थन गर्दा उत्पन्न अमृतको घडा (कुम्भ)का लागि देवता र दानवहरूबीच युद्ध भएको पौराणिक प्रसंगसँग जोडिएको छ। अमृत पिएर अमर हुन पाउने लोभमा देवासुर सङ्ग्राम हुँदा उक्त कुभ्मबाट केही थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक गरी चार स्थानमा खसेको किंबदन्ती रहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। कुम्भमेला चार सहरहरूमा प्रत्येक १२ वर्षमा मनाइने गरिन्छ। तर, प्रयागराजमा हुने मेलालाई विशेष मानिन्छ।

यी हुन् स्नान गर्ने उत्तम दिन
यस वर्ष ६ दिनलाई विशेष स्नान दिनको रूपमा चित्रण गरिएङ्को छ। जसमा १३ जनवरी अर्थात् पौष शुक्ल पूर्णिमा, १४ जनवरी अर्थात् मकर सङ्क्रान्ति, २९ जनवरी अर्थात् मौनी अमावस्या, ३ फेब्रुअरी अर्थात् वसन्तपञ्चमी, १२ फेब्रुअरी अर्थात् माघ शुक्ल पूर्णिमा र २६ फेब्रुअरी अर्थात् महाशिवरात्रिका दिनलाई विशेष स्नान दिन मानिएको छ। यीमध्ये दुई दिन वितिसके पनि अझै चार वटा विशेष दिन बाँकी रहेको छ।

विश्वकै ठूलो मेला
भक्तजनहरूको उपस्थितिले यो महाकुम्भ मेलाले विश्वमा हुने सबै जमघटलाई पनि उछिनेको छ। यो मेलाले ब्राजिलको रियो कार्निभल, साउदी अरबको हज र जर्मनीको अक्टोबर फेस्टलाई पनि उछिनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसअघि रियो कार्निवलमा ७० लाख, हजमा २५ लाख र अक्टोबर फेस्टमा ७२ लाखले भाग लिएका थिए।

त्यस्तै महाकुम्भ मेलामा प्रत्येक दिन कम्तिमा एक करोडले दर्शनार्थीहरू उपस्थित हुने गरेका छन्। मेला व्यवस्थापन समितिका अनुसार १०औं दिनमा १० करोड बढी दर्शनार्थीहरू मेलामा सहभागी भएका छन्। दर्शनार्थीहरूलाई सहजताका लागि कुम्भ मेला व्यवस्थापन गर्न भारत सरकारले ४ हजार हेक्टरमा फैलिएको कृत्रिम सहर नै विकास गरेको छ। जसमा दर्शनार्थीहरूको बासोबास, सरसफाइ र यातायातको व्यवस्था गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ। त्यस्तै सुरक्षाका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

भारतको अर्थतन्त्रमा वृद्धि हुने
यतिमात्र होइन, महाकुम्भ मेलाले समग्र भारतको अर्थतन्त्रलाई पनि सुधार गर्ने बताइएको छ। भारतीय एजेन्सीहरूका अनुसार यो मेलाले भारतको अर्थतन्त्रमा २ लाख करोड रुपैयाँसम्म योगदान पुर्‍याउनेछ। यसले उत्तर प्रदेशको जिडीपी कम्तिमा १ प्रतिशतले ढ्ने अपेक्षा गरिएको छ। सरकारी अधिकारीहरूका अनुसार अति आवश्यक वस्तुहरूको व्यापार १७,३१० करोड रुपैयाँ हुने अनुमान गरिएको छ। जसमा होटल र यात्रातर्फ २,८०० करोड रुपैयाँ रहने अनुमान गरिएको छ। धार्मिक सामग्री र फलफूलमा क्रमशः २,००० करोड र ८०० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...