मुख्य समाचार
एआई पूर्वाधारका लागि ट्रम्पले ५ सय अर्ब डलर लगानी गर्ने घोषणा
एआई पूर्वाधारका लागि ट्रम्पले ५ सय अर्ब डलर लगानी गर्ने घोषणा

— आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारको विकासका लागि निजी क्षेत्रमा ५ सय अर्ब डलरसम्मको लगानी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । व्यवसाय सञ्चालनमा महत्त्वपूर्ण यस प्रविधिमा प्रतिस्पर्धी राष्ट्रहरूलाई पछि पार्ने गरी ट्रम्पले एआई क्षेत्रमा लगानी गर्न लागेको रोयटर्सले जनाएको छ ।


ट्रम्पका अनुसार च्याटजीपीटी निर्माता ओपेनएआई, सफ्टबैंक र ओर्‍याकलले ‘स्टारगेट’ नामक संयुक्त परियोजना सुरु गर्न लागेका छन् । यसमार्फत उनीहरूले अमेरिकामा डेटा सेन्टरहरू स्थापना गर्दै १ लाखभन्दा धेरै रोजगारी सिर्जना गर्न लागेका छन् । यसका लागि १ सय अर्ब डलर सुरुवाती लगानीसहित चार वर्षमा सम्पन्न गर्ने गरी स्टारगेट सुरु गरिने ट्रम्पले जानकारी दिएका छन् ।


सफ्टबैंकका प्रमुख कार्यकारी अधिकृत मासायोसी सन, ओपेनएआईका प्रमुख साम अल्टम्यान र ओर्‍याकलका अध्यक्ष ल्यारी एलिसनले ह्वाइट हाउसमा ट्रम्पसामू नै स्टारगेट परियोजना उद्घाटन गरेका थिए । परियोजनाअन्तर्गत टेक्ससमा पहिलो डेटा सेन्टर स्थापना सुरु भइसकेको ओर्‍याकलका प्रमुख एलिसनले बताएका छन् ।

‘तपाईँले चुनाव नजित्नु भएको भए हामी यो परियोजना सुरु गर्ने थिएनौँ,’ सफ्ट बैंकका प्रमुख सनले ट्रम्पसमक्ष भनेका थिए । ओपेनएआईका अल्टम्यानले पनि राष्ट्रपतिका रूपमा ट्रम्प नभइदिएको भए एजीआई भनिने ‘आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स’ जस्तो शक्तिशाली प्रविधि विकास गर्न आफूहरू सफल नहुने बताएका थिए ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालको दोस्रो दिन नै पूर्व राष्ट्रपति जो बाइडेनद्वारा जारी गरिएको एआईसम्बन्धी कार्यकारी आदेशलाई उल्ट्याएका छन् । बाइडेनले सन् २०२३ मा उपभोक्ता, कामदार र राष्ट्रिय सुरक्षामा एआईले पार्न सक्ने जोखिम न्यूनीकरणका लागि एआईसम्बन्धी कार्यकारी आदेशमा जारी गरेका थिए । सो आदेशमा अमेरिकी राष्ट्रिय सुरक्षा, अर्थतन्त्र, सार्वजनिक स्वास्थ्य र सुरक्षामा जोखिम निम्त्याउन सक्ने एआई प्रणाली सार्वजनिक गर्नुअघि निमकर्ताहरूले त्यसको सुरक्षा जाँचको प्रतिवेदन सरकारलाई बुझाउनुपर्ने उल्लेख थियो ।

ट्रम्पले भने एआई डेटा सेन्टरहरूलाई विशाल कम्प्युटिङ पावरको आवश्यकता हुने त्यसका लागि आफू सहयोग गर्न तयार रहेको बताएका छन् । ‘उनीहरूलाई धेरै विद्युत् आवश्यक पर्छ,’ ट्रम्पलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘उनीहरूले चाहेमा आफ्नै प्लान्टमा विद्युत् उत्पादन गर्न दिने गरी हामी सहयोग गर्न सक्छौँ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...