मुख्य समाचार
एआई पूर्वाधारका लागि ट्रम्पले ५ सय अर्ब डलर लगानी गर्ने घोषणा
एआई पूर्वाधारका लागि ट्रम्पले ५ सय अर्ब डलर लगानी गर्ने घोषणा

— आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारको विकासका लागि निजी क्षेत्रमा ५ सय अर्ब डलरसम्मको लगानी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । व्यवसाय सञ्चालनमा महत्त्वपूर्ण यस प्रविधिमा प्रतिस्पर्धी राष्ट्रहरूलाई पछि पार्ने गरी ट्रम्पले एआई क्षेत्रमा लगानी गर्न लागेको रोयटर्सले जनाएको छ ।


ट्रम्पका अनुसार च्याटजीपीटी निर्माता ओपेनएआई, सफ्टबैंक र ओर्‍याकलले ‘स्टारगेट’ नामक संयुक्त परियोजना सुरु गर्न लागेका छन् । यसमार्फत उनीहरूले अमेरिकामा डेटा सेन्टरहरू स्थापना गर्दै १ लाखभन्दा धेरै रोजगारी सिर्जना गर्न लागेका छन् । यसका लागि १ सय अर्ब डलर सुरुवाती लगानीसहित चार वर्षमा सम्पन्न गर्ने गरी स्टारगेट सुरु गरिने ट्रम्पले जानकारी दिएका छन् ।


सफ्टबैंकका प्रमुख कार्यकारी अधिकृत मासायोसी सन, ओपेनएआईका प्रमुख साम अल्टम्यान र ओर्‍याकलका अध्यक्ष ल्यारी एलिसनले ह्वाइट हाउसमा ट्रम्पसामू नै स्टारगेट परियोजना उद्घाटन गरेका थिए । परियोजनाअन्तर्गत टेक्ससमा पहिलो डेटा सेन्टर स्थापना सुरु भइसकेको ओर्‍याकलका प्रमुख एलिसनले बताएका छन् ।

‘तपाईँले चुनाव नजित्नु भएको भए हामी यो परियोजना सुरु गर्ने थिएनौँ,’ सफ्ट बैंकका प्रमुख सनले ट्रम्पसमक्ष भनेका थिए । ओपेनएआईका अल्टम्यानले पनि राष्ट्रपतिका रूपमा ट्रम्प नभइदिएको भए एजीआई भनिने ‘आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स’ जस्तो शक्तिशाली प्रविधि विकास गर्न आफूहरू सफल नहुने बताएका थिए ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालको दोस्रो दिन नै पूर्व राष्ट्रपति जो बाइडेनद्वारा जारी गरिएको एआईसम्बन्धी कार्यकारी आदेशलाई उल्ट्याएका छन् । बाइडेनले सन् २०२३ मा उपभोक्ता, कामदार र राष्ट्रिय सुरक्षामा एआईले पार्न सक्ने जोखिम न्यूनीकरणका लागि एआईसम्बन्धी कार्यकारी आदेशमा जारी गरेका थिए । सो आदेशमा अमेरिकी राष्ट्रिय सुरक्षा, अर्थतन्त्र, सार्वजनिक स्वास्थ्य र सुरक्षामा जोखिम निम्त्याउन सक्ने एआई प्रणाली सार्वजनिक गर्नुअघि निमकर्ताहरूले त्यसको सुरक्षा जाँचको प्रतिवेदन सरकारलाई बुझाउनुपर्ने उल्लेख थियो ।

ट्रम्पले भने एआई डेटा सेन्टरहरूलाई विशाल कम्प्युटिङ पावरको आवश्यकता हुने त्यसका लागि आफू सहयोग गर्न तयार रहेको बताएका छन् । ‘उनीहरूलाई धेरै विद्युत् आवश्यक पर्छ,’ ट्रम्पलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘उनीहरूले चाहेमा आफ्नै प्लान्टमा विद्युत् उत्पादन गर्न दिने गरी हामी सहयोग गर्न सक्छौँ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र साउदी अरेबियाबीच साउदीलाई नागरिक (सिभिल) आणविक कार्यक्रम विकास गर्न अनुमति दिने गरी एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ। अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार यस सम्झौतालाई 'शान्तिपूर्ण आणविक सहकार्य सम्झौता'का रूपमा व्याख्या गरिएको छ, जसले साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूका लागि ठूलो व्यापारिक अवसर सिर्जना गर्नेछ। सम्झौताको पूर्ण विवरण औपचारिक रूपमा सार्वजनिक नगरिए तापनि, भविष्यमा ...
: हुथी विद्रोहीहरूले साउदी अरबका बन्दरगाह प्रयोग गर्ने तेल ट्यांकरहरू आक्रमणलाई चेतावनी दिएका छन् । अघिल्लो दिन घोषणा गरिएको नाकाबन्दी कार्यान्वयन गर्न हुथीहरूले तीव्र कदम चालेका छन् । लाल सागरमा आएको यो हुथी चेतावनी र अरब प्रायद्वीपको अर्को छेउमा रहेको खाडी क्षेत्रमा इरानले दिएको समुद्री यातायात अवरोध गर्ने धम्कीले लामो समयदेखि जारी द्वन्द्वलाई अझ गम्भीर बनाउने ...
: खाडी क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सीआईए) का गुप्त ठेगानाहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रुसी संलग्नता हुन सक्ने आशंका गर्दै अमेरिकी गुप्तचर निकायहरूले अनुसन्धान सुरु गरेका छन्। अमेरिकी गुप्तचर निकायबारे जानकार अधिकारीहरूका अनुसार, रुसले इरानलाई निशाना सम्बन्धी गोप्य जानकारी वा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएर सहयोग गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ। राष्ट्रिय सुरक्षाका ...
: अफगानिस्तानमा आएको विनाशकारी बाढीपछि उद्धारकर्मीहरूले जीवितहरूको खोजी जारी राखेका छन् । यसैबीच, फेरि आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ । सोमबार पहाडबाट एक्कासी आएको बाढीले पूर्वी नुरिस्तान प्रान्तमा कम्तीमा २३ जनाको ज्यान लिएको थियो । मंगलबार उद्धार टोलीहरूले घरहरूको भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखे । यस वर्षको मनसुनले दक्षिण एसियाभर व्यापक क्षति पुर्‍याइरहेको छ, ...
: अमेरिकाले इरानका सैन्य अड्डालाई लक्षित गर्दै लगातार ११ औँ रात पनि भीषण आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार सामरिक दृष्टिले महत्वपूर्ण हर्मुजमा व्यावसायिक जहाजहरूको आवागमन सुरक्षित बनाउन र इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले यो कारबाही गरिएको हो। अमेरिकाले इरानी सैन्य अपरेशन सेन्टर, ड्रोन भण्डारण केन्द्र, विमान ह्याङ्गर र सैन्य आपूर्ति प्रणालीहरूमा क्षति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम