मुख्य समाचार
‘१ सय रुपैयाँ कमाउँदा ५४ रुपैयाँ स्वास्थ्यकै लागि खर्च गर्नुपर्दा हरेक वर्ष ५ लाख नेपाली गरिबीको रेखामुनि गए : स्वास्थ्यमन्त्री पौडेल
‘१ सय रुपैयाँ कमाउँदा ५४ रुपैयाँ स्वास्थ्यकै लागि खर्च गर्नुपर्दा हरेक वर्ष ५ लाख नेपाली गरिबीको रेखामुनि गए : स्वास्थ्यमन्त्री पौडेल

— एक सय रुपैयाँ कमाउँदा ५४ रुपैयाँ स्वास्थ्यमा खर्च गर्नुपर्दा हरेक वर्ष ५ लाख नेपाली गरिबीको रेखामुनि गएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताएका छन् ।


‘नेपालीले सहज रूपमा उपचार पाउन सकेको छ वा उपचारका निम्ति कति पैसा खर्च गर्नु परेको छ ? मानौं एक नेपालीले १ सय रुपैयाँ कमाउँदा ५४ रुपैयाँ स्वास्थ्यमै खर्च गर्नु परेको छ,’ कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ विषयक अन्तर्क्रिया कार्यक्रमको तेस्रो सत्र, ‘मूल सरोकार : शिक्षा, स्वास्थ्य र रोजगार’ पत्रमा बोल्दै मन्त्री पौडेलले भने, ‘सरकारी तथ्याङ्कले नै भन्छ, ५४ रुपैयाँ खर्च गर्नु परेकाले हरेक वर्ष ५ लाख नेपाली गरिबीको रेखामुनि गएका छन् ।’


आर्थिक क्षमता राख्ने व्यक्तिले पनि राम्रो उपचार नपाएको गुनासो आएको उनले बताए । यसका लागि संरचनात्मक सुधार जरुरी रहेको उनले बताए ।

‘नीतिगत सुधारको विषयसँगै संरचनात्मक सुधारमा राज्यको प्राथमिकता हुनुपर्छ । हामीसँग चाहिनेसम्मको जनशक्ति छ, तर विदेश गएको अवस्था छ । नेपालले योग्य बनाउँछ, अनि गन्तव्य बाहिर जान्छन्,’ उनले भने, ‘यसमा राज्य दोषी हो, कि जाने दोषी हो । कोही व्यक्ति किन गयो भन्दा पहिला किन गयो, भन्ने राज्यले सोच्नुपर्छ ।’

डाक्टर, नर्सलगायतलाई काम लगाएबापत निजामती भन्दा थप सुविधा दिनुपर्ने उनले बताए ।

‘डाक्टर र नर्सको व्यक्तिगत क्षमता जति अभिवृद्धि गर्‍यो, देशलाई त्यति फाइदा हुन्छ । चिकित्सक जति क्षमता भयो, देशलाई त्यति फाइदा हुन्छ,’ उनले भने, ‘तर अहिलेको अभ्यास प्रणालीको पूर्ण छैन, सुधार आवश्यक छ । थप विषय जोड्दै व्यवस्थित गर्न जरुरी छ । रोजगारीसँग जोड्न शिक्षा स्रोतमुखी हुनुपर्छ ।’

स्वास्थ्यसँग जोडिएका विषयलाई पुनर्विचार गर्ने, बनेका कानुनलाई संशोधन र नयाँ कानुनहरू निर्माण गर्ने जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई रु १५ लाखको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग गरेको छ। नेपाल रेडक्रस सोसाइटीले सञ्चालन धौलागिरि प्रादेशिक अस्पातल क्षेत्रमा सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन जेटेरेटर र कुर्सी सहयोग गरेको हो। बागलुङमा विद्युत् आवतजावत गर्ने हुँदा रक्तसञ्चारमा रगत बिग्रिने र गुणस्तर खस्किने जोखिम हुँदै आएको थियो। जेनेरेटर ...
। पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लू सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो । काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकता राखिएको विभागका महानिर्देशक डा. उमेश दाहालले बताए । उनका ...
— काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८०० भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शुक्रबार अस्पतालमै पुगेर उक्त खोप हस्तान्तरण गरेकी हुन् । उक्त अवसरमा उनले भनिन्,' अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ । जनावरले ...
। युरोपको बीईएसएसवाई २ सिनक्रोट्रोन फ्यासिलिटीमा एउटा अत्याधुनिक सुपरकन्डक्टिङ एक्सरे स्पेक्ट्रोमिटर सञ्चालनमा आएको छ। ट्रान्जिसन एज सेन्सर प्रविधिमा आधारित यो युरोपको पहिलो प्रणाली हो जसले फोटोन पत्ता लगाउने क्षमतालाई पारम्परिक उपकरणको तुलनामा १०० देखि १ हजार गुणासम्म बढाएको छ। यस ठूलो प्रविधिको विकासले वैज्ञानिकहरूलाई परमाणु जत्तिकै पातलो पदार्थ, नानोसंरचना र अत्यधिक पातलो नमूनाहरूको तीव्र गति र ...
। मुलुकका ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ । पशु सेवा विभागले प्रतिवेदन सार्वजनिक गर्दै तीन महिनादेखि देशका विभिन्न स्थानमा देखिएको यो घातक संक्रामक रोग हालसम्म ११ जिल्लाका ८२ फरक–फरक स्थानमा पुष्टि भइसकेको बताएको हो । विभागका अनुसार ४ चैत २०८२ मा मोरङ जिल्लाबाट सुरु भएको यो संक्रमण हालसम्म झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, ...