मुख्य समाचार
‘१ सय रुपैयाँ कमाउँदा ५४ रुपैयाँ स्वास्थ्यकै लागि खर्च गर्नुपर्दा हरेक वर्ष ५ लाख नेपाली गरिबीको रेखामुनि गए : स्वास्थ्यमन्त्री पौडेल
‘१ सय रुपैयाँ कमाउँदा ५४ रुपैयाँ स्वास्थ्यकै लागि खर्च गर्नुपर्दा हरेक वर्ष ५ लाख नेपाली गरिबीको रेखामुनि गए : स्वास्थ्यमन्त्री पौडेल

— एक सय रुपैयाँ कमाउँदा ५४ रुपैयाँ स्वास्थ्यमा खर्च गर्नुपर्दा हरेक वर्ष ५ लाख नेपाली गरिबीको रेखामुनि गएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताएका छन् ।


‘नेपालीले सहज रूपमा उपचार पाउन सकेको छ वा उपचारका निम्ति कति पैसा खर्च गर्नु परेको छ ? मानौं एक नेपालीले १ सय रुपैयाँ कमाउँदा ५४ रुपैयाँ स्वास्थ्यमै खर्च गर्नु परेको छ,’ कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ विषयक अन्तर्क्रिया कार्यक्रमको तेस्रो सत्र, ‘मूल सरोकार : शिक्षा, स्वास्थ्य र रोजगार’ पत्रमा बोल्दै मन्त्री पौडेलले भने, ‘सरकारी तथ्याङ्कले नै भन्छ, ५४ रुपैयाँ खर्च गर्नु परेकाले हरेक वर्ष ५ लाख नेपाली गरिबीको रेखामुनि गएका छन् ।’


आर्थिक क्षमता राख्ने व्यक्तिले पनि राम्रो उपचार नपाएको गुनासो आएको उनले बताए । यसका लागि संरचनात्मक सुधार जरुरी रहेको उनले बताए ।

‘नीतिगत सुधारको विषयसँगै संरचनात्मक सुधारमा राज्यको प्राथमिकता हुनुपर्छ । हामीसँग चाहिनेसम्मको जनशक्ति छ, तर विदेश गएको अवस्था छ । नेपालले योग्य बनाउँछ, अनि गन्तव्य बाहिर जान्छन्,’ उनले भने, ‘यसमा राज्य दोषी हो, कि जाने दोषी हो । कोही व्यक्ति किन गयो भन्दा पहिला किन गयो, भन्ने राज्यले सोच्नुपर्छ ।’

डाक्टर, नर्सलगायतलाई काम लगाएबापत निजामती भन्दा थप सुविधा दिनुपर्ने उनले बताए ।

‘डाक्टर र नर्सको व्यक्तिगत क्षमता जति अभिवृद्धि गर्‍यो, देशलाई त्यति फाइदा हुन्छ । चिकित्सक जति क्षमता भयो, देशलाई त्यति फाइदा हुन्छ,’ उनले भने, ‘तर अहिलेको अभ्यास प्रणालीको पूर्ण छैन, सुधार आवश्यक छ । थप विषय जोड्दै व्यवस्थित गर्न जरुरी छ । रोजगारीसँग जोड्न शिक्षा स्रोतमुखी हुनुपर्छ ।’

स्वास्थ्यसँग जोडिएका विषयलाई पुनर्विचार गर्ने, बनेका कानुनलाई संशोधन र नयाँ कानुनहरू निर्माण गर्ने जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्र बैंक र आरबीआईको साझा संयन्त्र बैठकमा अन्तरदेशीय भुक्तानी छलफल
मेलम्ची खानेपानी पाइप फुट्दा क्षति पुगेका २१ पीडित परिवारले पाए क्षतिपूर्ति
पोखरा विमानस्थलको सवा २ अर्ब बेरुजु उड्डयन प्राधिकरणले गर्‍यो फर्छ्योट
टीओबी समूहका तेन्जिन : न बाबुले छोरा चिने, न छोराले बाबु
। कर्णाली प्रदेशमा ७३१ जना एचआईभी संक्रमित भएको पाइएको छ । ५ वर्षको अवधिमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना संक्रमित भेटिएको सरकारी तथ्याक छ । आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ४९७ जनालाई जाँच गर्दा ३० जना एचआईभी सक्रमित भेटिएका छन् भने ०७८/०७९ मा १२ हजार ९० जनालाई जाँच गर्दा ७० जना ...