मुख्य समाचार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च

: चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रू नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा रू सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख घाटा व्यहोरेको छ ।


भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार गत पुस मसान्तसम्ममा रू आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख बराबरको वस्तु आयात हुँदा रू ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको मात्रै निर्यात भएको छ ।

गत आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात सात प्रतिशत र निर्यात ३१ दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार घाटा चार दशमलव ३८ प्रतिशतले बढेको छ । गत आवको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको योगदान दुई दशमलव ०१ प्रतिशतले घटेर ८९ दशमलव २८ प्रतिशत कायम भएको छ ।

नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग व्यहोरेको छ । पछिल्लो छ महिना अवधिमा भारतबाट रू पाँच खर्ब दुई अर्ब ८५ करोड बराबरको वस्तु आयात गर्दा रू ७३ अर्ब ७१ करोड १२ लाख बराबरको निर्यात गरेको छ । जसअनुसार यो अवधिमा भारतसँगको मात्र व्यापार घाटा रू चार खर्ब २९ अर्ब १४ करोड बराबर छ । त्यस्तै, चालु आवको पुस मसान्तसम्ममा चीनसँग रू एक खर्ब ५८ अर्ब ६२ करोड र अर्जेन्टिनासँग रू २२ अर्ब ६२ करोड व्यापार घाटा व्यहारेको छ ।

नेपालले एक सय २३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा बेहोरेको छ । नेपालले गर्ने वैदेशिक व्यापारमा बढी नाफा रहेका मुलुकमा डेनमार्क, अस्ट्रिया, रसियन फेडेरेसन, माल्दिभ्सलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरमार्फत भित्र्याइरहेको युरिया मल नियमित रूपमा आउन थालेपछि वीरगन्ज र रक्सौलको रेल्वे स्टेसनमा मल बोकेको रेल्वे र्‍याकको चाङ नै लाग्न थालेको छ । हाल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र सीमापारि भारतीय रेल्वे स्टेसन रक्सौलमा गरी ५ रेल्वे र्‍याक युरिया मल एकसाथ आई पुगेको हो । तीमध्ये सुक्खा बन्दरगाहमा २ र ...
: पूर्वी नेपालमा निरन्तर परेको वर्षाले धानबालीमा ठूलो क्षति पुगेको छ। बुधबार रातिदेखि सुरु भएको अविरल वर्षा बिहीबार बिहानसम्म जारी रहेपछि धान काट्न तयार भएका किसानहरू चिन्तित छन्। वर्षाको कारण खेतभरी पाकेको धान काट्न नपाएपछि किसान चिन्तित बनेका छन्। काटिसकेको धान पनि पानीले भिजाएपछि धेरै ठाउँमा बिग्रने अवस्था आएको छ। कोशी प्रदेशका १४ वटै जिल्लामा बुधबारदेखि ...
। नेपाल र चीनबीच लामो समयदेखि सञ्चालनमा रहेका दुई व्यापारिक नाका रसुवागढी र तातोपानीमा पहिरोले अवरोध गर्दा मुस्ताङस्थित कोरला नाका विकल्पका रूपमा तयार भएको छ । भन्सार विभागका अनुसारका चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा यो नाका हुँदै ५ अर्ब रुपैयाँभन्दा बढीको आयात–निर्यात भएको छ । मुस्ताङ नाकाबाट ५ अर्ब २७ करोडको वस्तु आयात भएको छ भने ...
— चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै ३ खर्बभन्दा बढीको व्यापार घाटा बेहोर्नुपरेको छ । निर्यातभन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग ३ खर्ब ४ अर्ब ४५ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म भारतबाट नेपालले २ खर्ब ५८ अर्ब ८७ करोड रुपैयाँको ...
— अन्य समयको तुलनामा दसैं–तिहारमा खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री बढी हुन्छ । व्यापारीको भनाइ मान्ने हो भने वर्षभर हुने कारोबारको एकतिहाइ दसैं–तिहारमै हुन्छ । चाडपर्वका समयमा स–साना खुद्रा पसलदेखि ठूला–ठूला पसलदेखि आउटलेटहरूमा खरिद–बिक्री बढी हुन्छ । व्यवसायीले पनि चाडपर्वलााई लक्ष्य गरी बढी नै सामान आयात गर्छन् । भन्सार विभागको तथ्यांकले पनि सोही क्रमलाई दर्शाउँछ । चालु आर्थिक वर्षको पहिलो तीन महिना ...