मुख्य समाचार
मेक्सिकोसँगको दक्षिणी सीमामा १० हजार अमेरिकी सेना पठाउने तयारी
मेक्सिकोसँगको दक्षिणी सीमामा १० हजार अमेरिकी सेना पठाउने तयारी

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको दक्षिणी सीमामा १० हजार अमेरिकी सेना पठाउने तयारी गरेका छन् । सरकारको आन्तरिक मेमोअनुसार दक्षिणी क्षेत्रमा १० हजारसम्म सेना तैनाथ गर्न सुझाव दिइएको सीबीएस न्युजले जनाएको छ ।



बीबीसीका अनुसार ट्रम्पले शपथ लिएको भोलिपल्टको मेमोमा भन्सार तथा सीमा सुरक्षासम्बन्धी निकायलाई सहयोग गर्न १० हजार सैनिकहरू पठाउने योजना उल्लेख गरिएको सीबीएस न्युजले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयले ती सैनिकहरूलाई डिपोर्टको तयारीमा आप्रवासीहरूको 'होल्डिङ सेन्टर'को रेखदेखमा खटाउन सकिने जनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशसँगै दक्षिणी सीमामा उक्त क्षेत्रमा १५ सय अमेरिकी सेना तैनाथ भइसकेका छन् । ट्रम्पको अध्यागमन नीतिको हिस्सा भएकाले ती सैनिकहरूले सीमा पार गर्न खोज्नेलाई रोक्ने तर कानुन कार्यान्वयमा संलग्न नहुने जनाइएको छ । हाल खटाइएका १५ सय सैनिकले क्यालिफोर्नियाको सान डिएगो र टेक्सासको एल पासोमा सीमामा तैनाथ हुने जनाइएको छ । ती क्षेत्रमा यसअघि नै २ हजार ५ सैनिकहरू छन् ।

जनवरी २० मा पद तथा गोपनीयताको शपथ लिएसँगै करिब सय वटा कार्यकारी आदेश जारी गरेका थिए । ती आदेशहरूमा आप्रवासन तथा सीमा, व्यापार तथा अर्थतन्त्र, जलवायु र ऊर्जा, लिखतहरूको गोप्यता, विदेश नीति, गर्भपतन, टिकटकलगायतका मुद्दा समावेश छन् । आप्रवासन र सीमासम्बन्धी नीतिअन्तर्गत ट्रम्पले ‘अमेरिकी इतिहासकै ठूलो निर्वासन कार्यक्रम' गर्ने दोहोर्‍याउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...