मुख्य समाचार
मेक्सिकोसँगको दक्षिणी सीमामा १० हजार अमेरिकी सेना पठाउने तयारी
मेक्सिकोसँगको दक्षिणी सीमामा १० हजार अमेरिकी सेना पठाउने तयारी

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको दक्षिणी सीमामा १० हजार अमेरिकी सेना पठाउने तयारी गरेका छन् । सरकारको आन्तरिक मेमोअनुसार दक्षिणी क्षेत्रमा १० हजारसम्म सेना तैनाथ गर्न सुझाव दिइएको सीबीएस न्युजले जनाएको छ ।



बीबीसीका अनुसार ट्रम्पले शपथ लिएको भोलिपल्टको मेमोमा भन्सार तथा सीमा सुरक्षासम्बन्धी निकायलाई सहयोग गर्न १० हजार सैनिकहरू पठाउने योजना उल्लेख गरिएको सीबीएस न्युजले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयले ती सैनिकहरूलाई डिपोर्टको तयारीमा आप्रवासीहरूको 'होल्डिङ सेन्टर'को रेखदेखमा खटाउन सकिने जनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशसँगै दक्षिणी सीमामा उक्त क्षेत्रमा १५ सय अमेरिकी सेना तैनाथ भइसकेका छन् । ट्रम्पको अध्यागमन नीतिको हिस्सा भएकाले ती सैनिकहरूले सीमा पार गर्न खोज्नेलाई रोक्ने तर कानुन कार्यान्वयमा संलग्न नहुने जनाइएको छ । हाल खटाइएका १५ सय सैनिकले क्यालिफोर्नियाको सान डिएगो र टेक्सासको एल पासोमा सीमामा तैनाथ हुने जनाइएको छ । ती क्षेत्रमा यसअघि नै २ हजार ५ सैनिकहरू छन् ।

जनवरी २० मा पद तथा गोपनीयताको शपथ लिएसँगै करिब सय वटा कार्यकारी आदेश जारी गरेका थिए । ती आदेशहरूमा आप्रवासन तथा सीमा, व्यापार तथा अर्थतन्त्र, जलवायु र ऊर्जा, लिखतहरूको गोप्यता, विदेश नीति, गर्भपतन, टिकटकलगायतका मुद्दा समावेश छन् । आप्रवासन र सीमासम्बन्धी नीतिअन्तर्गत ट्रम्पले ‘अमेरिकी इतिहासकै ठूलो निर्वासन कार्यक्रम' गर्ने दोहोर्‍याउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र साउदी अरेबियाबीच साउदीलाई नागरिक (सिभिल) आणविक कार्यक्रम विकास गर्न अनुमति दिने गरी एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ। अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार यस सम्झौतालाई 'शान्तिपूर्ण आणविक सहकार्य सम्झौता'का रूपमा व्याख्या गरिएको छ, जसले साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूका लागि ठूलो व्यापारिक अवसर सिर्जना गर्नेछ। सम्झौताको पूर्ण विवरण औपचारिक रूपमा सार्वजनिक नगरिए तापनि, भविष्यमा ...
: हुथी विद्रोहीहरूले साउदी अरबका बन्दरगाह प्रयोग गर्ने तेल ट्यांकरहरू आक्रमणलाई चेतावनी दिएका छन् । अघिल्लो दिन घोषणा गरिएको नाकाबन्दी कार्यान्वयन गर्न हुथीहरूले तीव्र कदम चालेका छन् । लाल सागरमा आएको यो हुथी चेतावनी र अरब प्रायद्वीपको अर्को छेउमा रहेको खाडी क्षेत्रमा इरानले दिएको समुद्री यातायात अवरोध गर्ने धम्कीले लामो समयदेखि जारी द्वन्द्वलाई अझ गम्भीर बनाउने ...
: खाडी क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सीआईए) का गुप्त ठेगानाहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रुसी संलग्नता हुन सक्ने आशंका गर्दै अमेरिकी गुप्तचर निकायहरूले अनुसन्धान सुरु गरेका छन्। अमेरिकी गुप्तचर निकायबारे जानकार अधिकारीहरूका अनुसार, रुसले इरानलाई निशाना सम्बन्धी गोप्य जानकारी वा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएर सहयोग गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ। राष्ट्रिय सुरक्षाका ...
: अफगानिस्तानमा आएको विनाशकारी बाढीपछि उद्धारकर्मीहरूले जीवितहरूको खोजी जारी राखेका छन् । यसैबीच, फेरि आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ । सोमबार पहाडबाट एक्कासी आएको बाढीले पूर्वी नुरिस्तान प्रान्तमा कम्तीमा २३ जनाको ज्यान लिएको थियो । मंगलबार उद्धार टोलीहरूले घरहरूको भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखे । यस वर्षको मनसुनले दक्षिण एसियाभर व्यापक क्षति पुर्‍याइरहेको छ, ...
: अमेरिकाले इरानका सैन्य अड्डालाई लक्षित गर्दै लगातार ११ औँ रात पनि भीषण आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार सामरिक दृष्टिले महत्वपूर्ण हर्मुजमा व्यावसायिक जहाजहरूको आवागमन सुरक्षित बनाउन र इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले यो कारबाही गरिएको हो। अमेरिकाले इरानी सैन्य अपरेशन सेन्टर, ड्रोन भण्डारण केन्द्र, विमान ह्याङ्गर र सैन्य आपूर्ति प्रणालीहरूमा क्षति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम