मुख्य समाचार
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुने १३ जनामध्ये ४ नेपाली
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुने १३ जनामध्ये ४ नेपाली

— भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा मृत्यु भएका १३ मध्ये ४ जना नेपाली रहेको पुष्टि भएको छ ।


जिल्ला अधिकारीका कार्यालय जलगाउँका अनुसार रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा येथे पारधाडे रेल्वेस्थान नजिक भएको दुर्घटनामा मृत्यु भएका १३ जनामध्ये ४ जना नेपाली भएको भारतीय सरकारले पुष्टि गरेको छ ।

महाराष्ट्रको जलगाउँ घटनास्थलमा रहेकी नेपाली पत्रकार ललिता मलाती सिंहका अनुसार अछामका मात्रै ४ जनाको मृत्यु भएको छ । भारत सरकारले औपचारिक जानकारी नदिएको भएता पनि आफू घटनास्थलमै भएको र ७ जना नेपालीको मृत्यु भएको उनले बताइन् । यसको आधिकारिक पुष्टि भने केहीबेरमा हुने उनले बताइन् ।

अछामको पञ्चदेवल विनायक नगपालिका– ४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा विक, उनका छोरा हिमु विक, कमलबजार नगरपालिका –४ चाल्साकी ६० वर्षिया जयकला विक रहेका छन् । त्यसैगरी मृत्यु हुनेमा कैलालीको मोहन्याल गाउँपालिका –६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी, मृत्यु हुनेमा नेपालको ठेगाना नखुलेकका राधेश्याम भाइ र लच्छीराम कन्नु पासवान रहेका छन् । सिंहका अनुसार नेपालका हृयुजला सावन्त, धर्मबहादुर सावन्त र दीपक थापाको विघ्नहर्ता अस्पताल पाचोरामा उपचार भइरहेको छ ।

अन्य मृतकको सनाखत हुन नसकेको सिंहले बताइन् । ‘हामी अहिले घटनास्थल पुगेका छौँ । धेरैको पहिचान खुलेको छैन । मृतकका परिवार घटनास्थलमा आइरहेका छन्,’ उनले भनिन्, ‘रेलवे बोर्डले तत्काल मृतकका परिवारलाई १ लाख ५० हजार भारतीय रुपैयाँ दिन प्रक्रिया सुरु गरिसकेको छ । स्टेट गभर्मेन्टले ५ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ ।’

दुर्घटनामा रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर धेरैको ज्यान गएको उनले बताइन् ।


सनाखत भएर परिचय खुलेका शवलाई ओपीडी बिल्डिङ सिभिल हस्पिटलमा राखिएको र आफन्तलाई समेत शव हेर्न नदिएको मृतक कमलाका छोरा तपेन्द्र भण्डारीले बताए । एक महिना अगाडि हजुरबुबाको मृत्यु हुँदा काजक्रियाका लागि नेपाल आएकी आमाको रेल दुर्घटनामा मृत्यु भएपछि घटनास्थल पुगेका भण्डारीले शवसमेत हेर्न नपाएको बताए ।

‘शरीरको पूरै भाग छुट्टिएको भएर परिवारलाई हेर्न नदिएको भनने सुनेको छु । भारत सरकारले शवलाई नेपाल पठाउने व्यवस्था गरिदिने भन्ने सुनेको छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्यालेस्टाइनको गाजापट्टीमा बिहानैदेखि इजरायली सेनाले गरेको आक्रमणमा परेर कम्तिमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका रहेको अलजजीराले जनाएको छ । १० दिन र ५ महिनाका शिशुसहित ५ बालबालिका, ७ महिला र एक स्वास्थ्यकर्मीको मृत्यु भएकोे विभिन्न अस्पताल स्रोतहरुमार्फत अमेरिकाको नेशनल पब्लिक रेडियो (एनपिआर) ले पुष्टि गरेको छ । इजरायलले ...
— चीनले विद्युतीय सवारी साधनमा 'हिडन डोर ह्यान्डल’ राख्न नपाइने नियम ल्याएको छ । १ जनवरी २०२७ देखि कार कम्पनीहरूले यो नियम पालना गर्नुपर्नेछ । खर्बपति एलोन मस्कको स्वामित्वमा रहेको टेस्लाका विद्युतीय कारमा सानो र लुकेको डोर ह्‍यान्डलको विवादास्पद डिजाइन बनाइएको थियो । यसको लोकप्रियता पछि चीनमा पनि यस्तै डोर ह्‍यान्डल राखियो । तर, चीनले प्रयोगकर्ताको सुरक्षालाई ...
— रुस र युक्रेनबीच युएईमा दोस्रो चरणको वार्ता सुरु भएको छ । अमेरिकाले यस वार्ताको मध्यस्थता गरिरहेको छ । झन्डै चार वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्ने लक्ष्यले सुरु गरिएको वार्तामा राष्ट्रिय सुरक्षा परिषद्का सेक्रेटरी रुस्तम उमेरोभले युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन् । उनले अबुदाबीमा वार्ता सुरु भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । यो वार्ता ...
: संयुक्त राष्ट्रसंघका मानवीय मामिला उप–महासचिव तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले सुडानमा युद्धविराम गरी सहायता विस्तारलाई अनुमति दिन आह्वान गरेका छन्। सुडानमा मानवीय प्रतिक्रियाका लागि स्रोत परिचालन गर्न वासिङ्टनमा अमेरिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै फ्लेचरले जारी लडाइँका कारण एक हजार दिन भन्दा बढी समयदेखि देशको गम्भीर मानवीय सङ्कट जारी रहेको उल्लेख गरेका छन्। उनले मानवीय युद्धविरामका ...
— फ्रान्सले २०२७ भित्र सबै सरकारी कामकाजमा भिसियो प्लेटफर्म लागू गर्ने घोषणा गरेको छ । अमेरिकी प्लेटफर्महरू माइक्रोसफ्ट टिम्स र जुमको सट्टा आफ्नै विकसित भिडियो कन्फरेन्सिङ प्लेटफर्मलाई जुन २०२७ सम्म सबै सरकारी विभागमा सञ्चालनमा ल्याइने घोषणा फ्रान्सले सोमबार गरेको हो । यो कदम अमेरिकाबाट आउने विदेशी सफ्टवेयर प्रदायकको प्रयोग अन्त्य गर्दै महत्त्वपूर्ण डिजिटल पूर्वाधारमाथि पुनः नियन्त्रण ...