मुख्य समाचार
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुने १३ जनामध्ये ४ नेपाली
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुने १३ जनामध्ये ४ नेपाली

— भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा मृत्यु भएका १३ मध्ये ४ जना नेपाली रहेको पुष्टि भएको छ ।


जिल्ला अधिकारीका कार्यालय जलगाउँका अनुसार रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा येथे पारधाडे रेल्वेस्थान नजिक भएको दुर्घटनामा मृत्यु भएका १३ जनामध्ये ४ जना नेपाली भएको भारतीय सरकारले पुष्टि गरेको छ ।

महाराष्ट्रको जलगाउँ घटनास्थलमा रहेकी नेपाली पत्रकार ललिता मलाती सिंहका अनुसार अछामका मात्रै ४ जनाको मृत्यु भएको छ । भारत सरकारले औपचारिक जानकारी नदिएको भएता पनि आफू घटनास्थलमै भएको र ७ जना नेपालीको मृत्यु भएको उनले बताइन् । यसको आधिकारिक पुष्टि भने केहीबेरमा हुने उनले बताइन् ।

अछामको पञ्चदेवल विनायक नगपालिका– ४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा विक, उनका छोरा हिमु विक, कमलबजार नगरपालिका –४ चाल्साकी ६० वर्षिया जयकला विक रहेका छन् । त्यसैगरी मृत्यु हुनेमा कैलालीको मोहन्याल गाउँपालिका –६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी, मृत्यु हुनेमा नेपालको ठेगाना नखुलेकका राधेश्याम भाइ र लच्छीराम कन्नु पासवान रहेका छन् । सिंहका अनुसार नेपालका हृयुजला सावन्त, धर्मबहादुर सावन्त र दीपक थापाको विघ्नहर्ता अस्पताल पाचोरामा उपचार भइरहेको छ ।

अन्य मृतकको सनाखत हुन नसकेको सिंहले बताइन् । ‘हामी अहिले घटनास्थल पुगेका छौँ । धेरैको पहिचान खुलेको छैन । मृतकका परिवार घटनास्थलमा आइरहेका छन्,’ उनले भनिन्, ‘रेलवे बोर्डले तत्काल मृतकका परिवारलाई १ लाख ५० हजार भारतीय रुपैयाँ दिन प्रक्रिया सुरु गरिसकेको छ । स्टेट गभर्मेन्टले ५ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ ।’

दुर्घटनामा रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर धेरैको ज्यान गएको उनले बताइन् ।


सनाखत भएर परिचय खुलेका शवलाई ओपीडी बिल्डिङ सिभिल हस्पिटलमा राखिएको र आफन्तलाई समेत शव हेर्न नदिएको मृतक कमलाका छोरा तपेन्द्र भण्डारीले बताए । एक महिना अगाडि हजुरबुबाको मृत्यु हुँदा काजक्रियाका लागि नेपाल आएकी आमाको रेल दुर्घटनामा मृत्यु भएपछि घटनास्थल पुगेका भण्डारीले शवसमेत हेर्न नपाएको बताए ।

‘शरीरको पूरै भाग छुट्टिएको भएर परिवारलाई हेर्न नदिएको भनने सुनेको छु । भारत सरकारले शवलाई नेपाल पठाउने व्यवस्था गरिदिने भन्ने सुनेको छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...