मुख्य समाचार
इन्डोनेसियाको मुख्य टापु जाभामा बाढीपहिरोका कारण २१जनाको मृत्यु
इन्डोनेसियाको मुख्य टापु जाभामा बाढीपहिरोका कारण २१जनाको मृत्यु

— इन्डोनेसियाको मुख्य टापु जाभामा गत सोमबार आएको बाढीपहिरोका कारण २१जनाको मृत्यु भएको छ । सोमबारको भारी वर्षापछि सेन्ट्रल जाभा प्रान्तको पेकालोंगान क्षेत्रमा रहेका नौ गाउँहरूमा बाढी पसेको थियो । त्यस्तै पहाडको तल रहेका गाउँहरूमा पहिरो खसेको थियो ।



इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले सार्वजनिक गरेको तस्बिर र भिडियोहरूमा त्यस क्षेत्रका घरहरू पुरिएको दृश्य देखिएका छन् ।

इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीका प्रवक्ता अब्दुल मुहारीका अनुसार बाढीका कारण पहिरो गएर पेटुंगक्रियोनो रिसोर्ट क्षेत्रको दुई वटा घर र एउटा क्याफे पुरिएको थियो । बाढीपहिरोले २५ वटा घर, एउटा बाँध र गाउँहरू जोड्ने तीन वटा पुलहरू नष्ट भएको थियो ।

दुर्घटनाका कारण कम्तीमा १३ जना घाइते भएका छन् भने झन्डै ३ सय जना मानिसहरू अस्थायी सरकारी आश्रयस्थलमा बसेका छन् । बेपत्ता भएका थप पाँच जनाको खोजी कार्य जारी छ ।

मंगलबार दिउँसो भारी वर्षा र बाक्लो कुहिरोका कारण उद्धार कार्य रोकिएको थियो । खराब मौसम, पहिरो, र दुर्गम भू–भाग भएका कारण खोज तथा उद्धार कार्य कठिन भएको थियो । नदी किनारका प्रभावित क्षेत्रमा उद्धार गर्न उद्धारकर्मीहरूका लागि पनि जोखिमपूर्ण भएकाले स्थगित भएको खोजी कार्य बुधबार पुनः थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र साउदी अरेबियाबीच साउदीलाई नागरिक (सिभिल) आणविक कार्यक्रम विकास गर्न अनुमति दिने गरी एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ। अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार यस सम्झौतालाई 'शान्तिपूर्ण आणविक सहकार्य सम्झौता'का रूपमा व्याख्या गरिएको छ, जसले साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूका लागि ठूलो व्यापारिक अवसर सिर्जना गर्नेछ। सम्झौताको पूर्ण विवरण औपचारिक रूपमा सार्वजनिक नगरिए तापनि, भविष्यमा ...
: हुथी विद्रोहीहरूले साउदी अरबका बन्दरगाह प्रयोग गर्ने तेल ट्यांकरहरू आक्रमणलाई चेतावनी दिएका छन् । अघिल्लो दिन घोषणा गरिएको नाकाबन्दी कार्यान्वयन गर्न हुथीहरूले तीव्र कदम चालेका छन् । लाल सागरमा आएको यो हुथी चेतावनी र अरब प्रायद्वीपको अर्को छेउमा रहेको खाडी क्षेत्रमा इरानले दिएको समुद्री यातायात अवरोध गर्ने धम्कीले लामो समयदेखि जारी द्वन्द्वलाई अझ गम्भीर बनाउने ...
: खाडी क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सीआईए) का गुप्त ठेगानाहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रुसी संलग्नता हुन सक्ने आशंका गर्दै अमेरिकी गुप्तचर निकायहरूले अनुसन्धान सुरु गरेका छन्। अमेरिकी गुप्तचर निकायबारे जानकार अधिकारीहरूका अनुसार, रुसले इरानलाई निशाना सम्बन्धी गोप्य जानकारी वा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएर सहयोग गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ। राष्ट्रिय सुरक्षाका ...
: अफगानिस्तानमा आएको विनाशकारी बाढीपछि उद्धारकर्मीहरूले जीवितहरूको खोजी जारी राखेका छन् । यसैबीच, फेरि आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ । सोमबार पहाडबाट एक्कासी आएको बाढीले पूर्वी नुरिस्तान प्रान्तमा कम्तीमा २३ जनाको ज्यान लिएको थियो । मंगलबार उद्धार टोलीहरूले घरहरूको भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखे । यस वर्षको मनसुनले दक्षिण एसियाभर व्यापक क्षति पुर्‍याइरहेको छ, ...
: अमेरिकाले इरानका सैन्य अड्डालाई लक्षित गर्दै लगातार ११ औँ रात पनि भीषण आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार सामरिक दृष्टिले महत्वपूर्ण हर्मुजमा व्यावसायिक जहाजहरूको आवागमन सुरक्षित बनाउन र इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले यो कारबाही गरिएको हो। अमेरिकाले इरानी सैन्य अपरेशन सेन्टर, ड्रोन भण्डारण केन्द्र, विमान ह्याङ्गर र सैन्य आपूर्ति प्रणालीहरूमा क्षति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम