मुख्य समाचार
इन्डोनेसियाको मुख्य टापु जाभामा बाढीपहिरोका कारण २१जनाको मृत्यु
इन्डोनेसियाको मुख्य टापु जाभामा बाढीपहिरोका कारण २१जनाको मृत्यु

— इन्डोनेसियाको मुख्य टापु जाभामा गत सोमबार आएको बाढीपहिरोका कारण २१जनाको मृत्यु भएको छ । सोमबारको भारी वर्षापछि सेन्ट्रल जाभा प्रान्तको पेकालोंगान क्षेत्रमा रहेका नौ गाउँहरूमा बाढी पसेको थियो । त्यस्तै पहाडको तल रहेका गाउँहरूमा पहिरो खसेको थियो ।



इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले सार्वजनिक गरेको तस्बिर र भिडियोहरूमा त्यस क्षेत्रका घरहरू पुरिएको दृश्य देखिएका छन् ।

इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीका प्रवक्ता अब्दुल मुहारीका अनुसार बाढीका कारण पहिरो गएर पेटुंगक्रियोनो रिसोर्ट क्षेत्रको दुई वटा घर र एउटा क्याफे पुरिएको थियो । बाढीपहिरोले २५ वटा घर, एउटा बाँध र गाउँहरू जोड्ने तीन वटा पुलहरू नष्ट भएको थियो ।

दुर्घटनाका कारण कम्तीमा १३ जना घाइते भएका छन् भने झन्डै ३ सय जना मानिसहरू अस्थायी सरकारी आश्रयस्थलमा बसेका छन् । बेपत्ता भएका थप पाँच जनाको खोजी कार्य जारी छ ।

मंगलबार दिउँसो भारी वर्षा र बाक्लो कुहिरोका कारण उद्धार कार्य रोकिएको थियो । खराब मौसम, पहिरो, र दुर्गम भू–भाग भएका कारण खोज तथा उद्धार कार्य कठिन भएको थियो । नदी किनारका प्रभावित क्षेत्रमा उद्धार गर्न उद्धारकर्मीहरूका लागि पनि जोखिमपूर्ण भएकाले स्थगित भएको खोजी कार्य बुधबार पुनः थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुईवटा परमाणु पनडुब्बी ‘सही स्थान’मा तैनाथ गर्न आदेश दिएको बताएका छन् । रूसी पूर्वराष्ट्रपति मेदवेदेवले हालै अमेरिकाविरुद्ध टिप्पणी गरेका थिए । ट्रम्पले यसअघि नै रूसलाई युक्रेनमा युद्ध रोक्न अल्टिमेटम दिँदै नमाने कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । तर ट्रम्पले ती पनडुब्बी कहाँ ...
। पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ नेता-कार्यकर्ताहरूलाई जेल सजाय सुनाएको छ। उनीहरूलाई सन् २०२३ मा सेनाविरुद्ध प्रदर्शनमा सहभागी भएको आरोपमा सजाय सुनाइएको हो। मे २०२३ मा भ्रष्टाचारको आरोपमा अदालतमा पेशीको क्रममा सुरक्षाकर्मीहरूले इमरान खानलाई गिरफ्तार गरेपछि देशभर हिंसात्मक प्रदर्शनहरू सुरु भएका थिए। बिहीबार आएको यो फैसला इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का लागि ठूलो ...
। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएकी छन्। क्यारोलिन लेविटका अनुसार, राष्ट्रपति ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तानसहित ६ वटा प्रमुख अन्तर्राष्ट्रिय संघर्ष अन्त्य गराएका छन् । प्रेस ब्रिफिङका क्रममा उनले भनिन्, ‘डोनाल्ड ट्रम्पले अहिले थाइल्याण्ड र कम्बोडिया, इजरायल र इरान, रुवाण्डा र रिपब्लिक अफ कङ्गो, भारत र ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्। यी शुल्कहरू साउन २३ गतेदेखि लागु हुनेछन्। सूचिमा एशियाली देशहरू भारतमाथि २५ प्रतिशत, पाकिस्तानमाथि १९ प्रतिशत, र क्यानडामाथि ३५ प्रतिशत भन्सार शुल्क लगाइएको छ। यसअघि ट्रम्पले २ अप्रिलमा विश्वभरका देशहरूमा भन्सार शुल्क लगाउने घोषणा गरेका थिए, तर ७ दिनपछि नै त्यसलाई ९० दिनका लागि ...
: दक्षिण अमेरिकी देश चिली प्रशान्त महासागरको किनारमा हजारौँ किलोमिटरमा फैलिएको छ। वैज्ञानिकहरूका अनुसार चिलीको मध्य र दक्षिणी तटले क्षयको सामना गरिरहेको छ। यदि यो क्षय यही गतिमा जारी रह्यो भने एक दशकभित्र कम्तीमा १० समुद्र तटहरू गायब हुनेछन्। तटीय क्षरणमा शक्तिशाली समुद्री छाल, आँधीबेहरी र अन्य कारणले तटबाट बालुवा, माटो र चट्टानहरू बग्नु समावेश छ। ...