मुख्य समाचार
'रुसी जासुसी जहाज दोस्रो पटक बेलायतको जलक्षेत्रमा प्रवेश'
'रुसी जासुसी जहाज दोस्रो पटक बेलायतको जलक्षेत्रमा प्रवेश'

— रुसको जासुसी जहाज दोस्रो पटक बेलायतको जलक्षेत्रमा प्रवेश गरेको बेलायती नौसेनाले जनाएको छ । रुसी जासुसी जहाज पहिचान गरेपछि बेलायतले थप सुरक्षा उपायहरू अपनाएको जनाएको छ ।



बेलायती रक्षा मन्त्रालयका अनुसार रुसी जासुसी जहाज 'यान्तर' यसै साता इंगलिस च्यानलमार्फत बेलायती जलक्षेत्रमा प्रवेश गरेको हो । यान्तर पहिलो पटक गत नोभेम्बरमा बेलायती जलक्षेत्रमा प्रवेश गरेको थियो । त्यस क्रममा जहाजले समुद्रमुनिको महत्वपूर्ण पूर्वाधार वरपरको अवलोकन गरेको बेलायती अधिकारीहरूले जनाएका थिए ।

बेलायती पनडुब्बीले चेतावनी दिएपछि उक्त जहाज त्यहाँबाट भूमध्यसागरतर्फ गएको थियो । युक्रेनमाथि रुसी आक्रमणसँगै बाल्टिक सागरमा भएको तनावबीच अन्तर्राष्ट्रिय पानीमा रूसी जहाजल बेलायतको जलक्षेत्रमा प्रवेश गरेको समाचार सार्वजनिक भएको हो ।

बेलायती रक्षामन्त्री जोन हेलीले बेलायतले बाल्टिक सागरमा तार तथा अन्य पूर्वाधारहरूको सुरक्षा थप सुदृढ पारेको जनाएका छन् । त्यसका साथै बेलायतले समुद्री गस्ती र निगरानीका लागि उत्तर एट्लान्टिक सन्धी संगठन (नाटो) को प्रयासलाई सहयोग गर्न विमान उपलब्ध गराउन लागेको उनको भनाइ छ ।

'राष्ट्रपति पुटिनलाई मेरो सन्देश स्पष्ट छ । तपाईले के गरिरहनु भएको छ हामीलाई थाहा छ, र हामी बेलायतलाई बचाउनका लागि कडा कदम चाल्न पछि हट्ने छैनौं,' हेलीले भनेका छन् । त्यसका लागि बेलायतले नर्डिक वार्डन भनेर चिनिने उन्नत एआई प्रणाली तैनाथ गर्न लागेको हेलीको भनाइ छ ।

रुसी राष्रटपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग कुराकानी गर्दै बेलायतको आरोपबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् । यान्तरले यसै साता इंगलिस च्यानलमार्फत यात्रा गरेको विषयमा उनले थाहा नभएको बताएका सीएनएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...