मुख्य समाचार
अक्सफोर्ड र स्टानफोर्ड फर्कँदै बेलायती पूर्वप्रधानमन्त्री
अक्सफोर्ड र स्टानफोर्ड फर्कँदै बेलायती पूर्वप्रधानमन्त्री

— बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक महत्वपूर्ण दुई भूमिकाका साथ आफ्ना पूराना विश्वविद्यालयमा फर्कने भएका छन् । सुनकले बेलायतको यूनिभर्सिटी अफ अक्सफोर्ड ब्लाभाटनिक स्कूल अफ गभर्मेन्टको ‘वर्ल्ड लिडर्स सर्कल’को सदस्यको रुपमा प्रवेश गर्न लागेको घोषणा गरेका हुन् ।


त्यस्तै, उनी अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड युनिभर्सिटीमा रहेको थिंक ट्यांक ‘हुभर इन्स्टिच्युट’मा ‘भिजिटिङ फेलो’को भूमिकामा पनि रहनेछन् । सुनकले अक्सफोर्डमा दर्शनशास्त्र, राजनीति र अर्थशास्त्र अध्ययन गरेका थिए । पछि उनले स्टानफोर्डबाट मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेशन (एमबीए) गरेका हुन् ।


सुनक यी दुई संस्थामा संलग्न हुन पाउँदा आफू खुसी भएको बताउँदै भन्छन्, ‘ब्लाभाटनिक र हूभरले आर्थिक र सुरक्षाका चुनौतीहरु समाधान गर्ने र अहिलेका प्राविधिक अवसरहरु उपयोग गर्न उच्चस्तरीय काम गर्छन् । मैले यी दुवै ठाउँमा अध्ययन गर्ने मौका पाएँ । जसकारण मेरो जीवन र करियरलाई राम्रो बनाउन मद्दत गर्यो । अब आगामी दिनहरुमा यहाँको विश्वस्तरीय अनुसन्धानमा योगदान गर्न पाउँदा म उत्साहित छु ।

सुनकले यी दुवै संस्थाप्रति विशेष आभार र माया रहेको पनि बताए । स्टानफोर्डमै उनको आफ्नी पत्नी अक्षता मूर्तिसँग भेट भएको थियो । सुनकको यो घोषणा महिनौँसम्म चलिरहेको चर्चा पछि आएको हो । सुनक फेरि क्यालिफोर्नियामा बसाईं सर्ने चर्चा पनि चलेको छ । यो विषय गत वर्षको आम निर्वाचनका बेला विपक्षी दलका नेताहरूले निरन्तर उठाएका थिए ।

प्रधानमन्त्रीको कार्यकालपछि सुनकको पहिलो औपचारिक भूमिका यही हो । उनी हाल रिचमन्ड र नर्थ अलर्टन (उत्तर यर्कशायर) बाट सांसद छन् । नयाँ भूमिका लिनुअघि सुनकले आफ्ना दुई पूर्ववर्तीको अनुकरण गरेका छन् । सर टोनी ब्लेयरले प्रधानमन्त्रीको भूमिका छोडेपछि यल विश्वविद्यालयमा अध्यापन गराएका थिए । त्यस्तै गोर्डन ब्राउनले न्यूयोर्क विश्वविद्यालयमा ‘डिस्टिङ्ग्विस्ट लिडर इन रेजिडेन्स’ भएका थिए ।

सुनकको अनुभवले अक्सफोर्डलाई महत्वपूर्ण योगदान मिल्ने अक्सफोर्ड विश्वविद्यालयका चान्सलर तथा कन्जरभेटिभ पार्टीका पूर्वनेता सर विलियम हेगको भनाइ छ । अमेरिकी पूर्व विदेशमन्त्री तथा हाल हूवर इन्स्टिच्युटकी निर्देशक कन्डोलिजा राइसले सुनकलाई स्वागत गर्दै भनिन्, ‘ऋषिको व्यापक नीति र विश्वव्यापी अनुभवले हाम्रो संस्था र आगामी नीतिहरूलाई परिभाषित गर्न महत्वपूर्ण योगदान गर्नेछ ।’

सुनक सन् २०२२ अक्टुबर २५ देखि २०२४ जुलाई ५ सम्म बेलायतका प्रधानमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...