मुख्य समाचार
अक्सफोर्ड र स्टानफोर्ड फर्कँदै बेलायती पूर्वप्रधानमन्त्री
अक्सफोर्ड र स्टानफोर्ड फर्कँदै बेलायती पूर्वप्रधानमन्त्री

— बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक महत्वपूर्ण दुई भूमिकाका साथ आफ्ना पूराना विश्वविद्यालयमा फर्कने भएका छन् । सुनकले बेलायतको यूनिभर्सिटी अफ अक्सफोर्ड ब्लाभाटनिक स्कूल अफ गभर्मेन्टको ‘वर्ल्ड लिडर्स सर्कल’को सदस्यको रुपमा प्रवेश गर्न लागेको घोषणा गरेका हुन् ।


त्यस्तै, उनी अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड युनिभर्सिटीमा रहेको थिंक ट्यांक ‘हुभर इन्स्टिच्युट’मा ‘भिजिटिङ फेलो’को भूमिकामा पनि रहनेछन् । सुनकले अक्सफोर्डमा दर्शनशास्त्र, राजनीति र अर्थशास्त्र अध्ययन गरेका थिए । पछि उनले स्टानफोर्डबाट मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेशन (एमबीए) गरेका हुन् ।


सुनक यी दुई संस्थामा संलग्न हुन पाउँदा आफू खुसी भएको बताउँदै भन्छन्, ‘ब्लाभाटनिक र हूभरले आर्थिक र सुरक्षाका चुनौतीहरु समाधान गर्ने र अहिलेका प्राविधिक अवसरहरु उपयोग गर्न उच्चस्तरीय काम गर्छन् । मैले यी दुवै ठाउँमा अध्ययन गर्ने मौका पाएँ । जसकारण मेरो जीवन र करियरलाई राम्रो बनाउन मद्दत गर्यो । अब आगामी दिनहरुमा यहाँको विश्वस्तरीय अनुसन्धानमा योगदान गर्न पाउँदा म उत्साहित छु ।

सुनकले यी दुवै संस्थाप्रति विशेष आभार र माया रहेको पनि बताए । स्टानफोर्डमै उनको आफ्नी पत्नी अक्षता मूर्तिसँग भेट भएको थियो । सुनकको यो घोषणा महिनौँसम्म चलिरहेको चर्चा पछि आएको हो । सुनक फेरि क्यालिफोर्नियामा बसाईं सर्ने चर्चा पनि चलेको छ । यो विषय गत वर्षको आम निर्वाचनका बेला विपक्षी दलका नेताहरूले निरन्तर उठाएका थिए ।

प्रधानमन्त्रीको कार्यकालपछि सुनकको पहिलो औपचारिक भूमिका यही हो । उनी हाल रिचमन्ड र नर्थ अलर्टन (उत्तर यर्कशायर) बाट सांसद छन् । नयाँ भूमिका लिनुअघि सुनकले आफ्ना दुई पूर्ववर्तीको अनुकरण गरेका छन् । सर टोनी ब्लेयरले प्रधानमन्त्रीको भूमिका छोडेपछि यल विश्वविद्यालयमा अध्यापन गराएका थिए । त्यस्तै गोर्डन ब्राउनले न्यूयोर्क विश्वविद्यालयमा ‘डिस्टिङ्ग्विस्ट लिडर इन रेजिडेन्स’ भएका थिए ।

सुनकको अनुभवले अक्सफोर्डलाई महत्वपूर्ण योगदान मिल्ने अक्सफोर्ड विश्वविद्यालयका चान्सलर तथा कन्जरभेटिभ पार्टीका पूर्वनेता सर विलियम हेगको भनाइ छ । अमेरिकी पूर्व विदेशमन्त्री तथा हाल हूवर इन्स्टिच्युटकी निर्देशक कन्डोलिजा राइसले सुनकलाई स्वागत गर्दै भनिन्, ‘ऋषिको व्यापक नीति र विश्वव्यापी अनुभवले हाम्रो संस्था र आगामी नीतिहरूलाई परिभाषित गर्न महत्वपूर्ण योगदान गर्नेछ ।’

सुनक सन् २०२२ अक्टुबर २५ देखि २०२४ जुलाई ५ सम्म बेलायतका प्रधानमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...