मुख्य समाचार
१२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या
१२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या

: जाजरकोटको बारेकोटमा १२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या गरेका छन् । प्रहरीका अनुसार बारेकोट गाँउपालिकाकी तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको हो ।


बारेकोट गाँउपालिका ६ टाँसीका सर्जन सार्कीका १२ वर्षीय छोरा विरेन्द्र नेपालीले ती बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । बिहीवार साँझ खेल्ने क्रममा ती बालिकाको हत्या भएको थियो । आफन्तले राती १० बजे मात्र घटनाबारे जानकारी पाएका थिए । बालकलाई शुक्रवार नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी प्रमुख डिएस्पी पुरुषोत्तम प्रसाद पाण्डेले बताए । डिएस्पी पाण्डेका अनुसार बालकले बालिकालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । घाँटीमा करीब ६ सेन्टीमिटर गहिरो गरि काटिएको छ ।

चार कक्षामा अध्ययनरत बालक भिनाजुको घरमा पाहुन गएका थिए । हत्या गरिएकी बालिका आफन्त नै हुन् । हत्यापछि भागेर बालक आफ्नो घर गएका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर बालनिगरानी कक्षमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो एजेण्डाबारे जानकारी गराएको छ। सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टीकापुर घटनामा राज्य पूर्वाग्राही देखिएको र झुटा मुद्दा लगाउने काम भएको बताएका थिए। नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो एजेण्डा बनाउन आग्रह गरिएको बताए। 'टीकापुर ...
: नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ। सोमबार बसेको माओवादीको पदाधिकारी बैठकले फागुन १२ गतेदेखि हुलाकी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार माओवादीले झापाको कचनकवलबाट अभियानको सुरुवात गर्नेछ। 'फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय भएको छ। उक्त अभियान झापाको कचनकवलबाट सुरु ...
: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर लगानी गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। नुवाकोटको विदुरमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा शिक्षामन्त्री भट्टराईले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक रहेको बताइन्। उनले यसका लागि अहिलेको लगानी पर्याप्त नभएको स्वीकार गरिन्। ‘अहिले शिक्षामा १० प्रतिशत मात्र सरकारको लगानी छ, यसलाई बढाउनुपर्छ, संघीय, प्रदेश ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)लाई बन्द गर्न राजी भएको खुलासा भएको छ। राष्ट्रपति ट्रम्पका सल्लाहकारसमेत रहेका अर्बपति एलन मस्कले उक्त कुरा खुलासा गरेका हुन्। राष्ट्रपति ट्रम्पले युएसएआइडीलाई पागलद्वारा सञ्चालित संस्थाको रूपमा चित्रण गरेको उनको भनाइ छ। मस्कले पनि युएसएआइडीलाई ‘आपराधिक संगठन’ भएको बताए। 'युएसएआइडी एक आपराधिक संगठन हो,' मस्कले आफ्नो ...
: नेपाल प्रहरीले दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। गएराति कनकाई नगरपालिका–४ मा गोली प्रहार गरी भारतको बिहार राज्य२८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए । उनका अनुसार बीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागू औषध ओसारपसार गरिरहेका थिए ...