मुख्य समाचार
अमेरिकामा जन्मसिद्ध नागरिकता हटाउने ट्रम्पको आदेश अदालतद्वारा रोक
अमेरिकामा जन्मसिद्ध नागरिकता हटाउने ट्रम्पको आदेश अदालतद्वारा रोक

: गैर-अमेरिकी आमाबाबुका सन्तानलाई जन्मकै आधारमा अमेरिकी नागरिकता दिने प्रावधान अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमाथि अदालतले १४ दिनका लागि रोक लगाएको छ। संघीय अदालतका न्यायाधीश जोन कोफेनरले वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगन राज्यबाट दायर गरिएको निवेदनमा यो फैसला सुनाएका हुन्।


सीएनएनका अनुसार बहसको क्रममा न्यायाधीश जोन कफेनरले न्याय विभागका वकिललाई रोक्दै सोधे, 'यो आदेशलाई कसरी संवैधानिक मान्न सकिन्छ? यो त दिमाग नै हल्लाउने खालको छ। यो स्पष्ट रूपमा असंवैधानिक आदेश हो।'


न्यायाधीश कफेनरले ४० वर्षभन्दा बढी समयदेखि बेन्चमा बसे पनि आजसम्म यति असंवैधानिक मुद्दा नदेखेको बताए। मुद्दाको अर्को सुनुवाइ फेब्रुअरी ५ मा हुनेछ।
ट्रम्पले शपथ ग्रहणको दिन जनवरी २० मा एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाएका थिए। यो फैसलाले अमेरिकामा प्रत्येक वर्ष जन्मिने १.५ लाख नवजात शिशुहरूको नागरिकता खतरामा परेको आलोचकहरुले जनाएका छन्। उक्त आदेश कार्यान्वयन गर्न ३० दिनको अवधि, अर्थात् फेब्रुअरी १९ सम्म समय दिइएको छ।

ट्रम्पसँग संवैधानिक अधिकार नभएको दावी

ट्रम्पको उक्त निर्णयपछि मंगलबार २२ राज्यका महान्यायाधिवक्ताहरूले दुई संघीय जिल्ला अदालतमा उक्त आदेश उल्टाउन माग गर्दै मुद्दा दायर गरेका थिए। संयुक्त राज्य अमेरिका जन्मसिद्ध नागरिकता वा जस्ट सोली (माटोको अधिकार) को सिद्धान्त लागू हुने ३० देशहरू मध्ये एक हो।

उनीहरुले राष्ट्रपति र कांग्रेस (संसद) सँग १४ औं संशोधन अन्तर्गत जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाउने संवैधानिक अधिकार नभएको मुद्दा दायर गरेका छन्। न्यु जर्सीका महान्यायाधिवक्ता म्याथ्यू प्लेट्किनले राष्ट्रपति शक्तिशाली व्यक्ति भए पनि राजा नभएको बताए। उनले संविधान पुनर्लेखन गर्न नसक्ने बताए।

अमेरिकामा जन्मसिद्ध नागरिकता बढ्दै

१८६५ मा अमेरिकी गृहयुद्ध समाप्त भएपछि जुलाई १८६८ मा अमेरिकी कांग्रेसले १४ औं संशोधनलाई अनुमोदन गरेको थियो। त्यसमा देशमा जन्मेका सबै अमेरिकीहरू नागरिक हुन् भनिएको थियो। यस संशोधनको उद्देश्य दासत्वको शिकार भएका अश्वेत मानिसहरूलाई अमेरिकी नागरिकता प्रदान गर्नु थियो।

संशोधनमा संयुक्त राज्य अमेरिकामा जन्मेका सबै बालबालिकाहरूलाई समावेश गर्ने गरी व्याख्या गरिएको छ। उनीहरूका आमाबाबुको आप्रवासन स्थिति जेसुकै भए पनि अमेरिकामा जन्मेकै आधारमा सबैले नागरिकता पाउने गरेका छन्।

यस कानूनको फाइदा उठाउँदै धेरै देशका मानिसले अमेरिका गएर बच्चा जन्माउने प्रचलन बढेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...