मुख्य समाचार
रुसले युक्रेन युद्धका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार
रुसले युक्रेन युद्धका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार

— रुसले युक्रेन युद्धका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको जनाएको छ । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले युक्रेन युद्धबारे ट्रम्पसँग 'समान, पारस्परिक र सम्मानजनक वार्ता' का लागि तयार रहेको जनाएको हो ।


यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध हास्यास्पद भएको जनाउँदै युद्ध नरोकिएमा मस्कोविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।


'हामीले आउन बाँकी थप संकेतहरूको प्रतीक्षा गरिरहेका छौं,' रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन् । ट्रम्पले प्रतिबन्ध लगाउने धम्कीमा कुनै नयाँ कुरा नदेखेको उनको भनाइ छ ।

बुधबार संयुक्त राष्ट्रसंघका लागि रुसी नियोग उपप्रमुख दिमित्री पोल्यान्स्कीले क्रेमलिनले कुनै पनि थप कदम चाल्नु अघि युद्ध अन्त्य गर्न सम्झौतामा ट्रम्पले के चाहन्छन भनेर जान्न आवश्यक रहेको बताएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार युक्रेनसँगको युद्ध अन्त्य नगरे रुसलाई थप कर र प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । युक्रेनी विदेशमन्त्रीले ट्रम्पले दिएको चेतावनीको स्वागत गरेका छन् ।

स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चमा बोल्दै युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले भने, 'हामी राष्ट्रपति ट्रम्पबाट आएका त्यस्ता कडा सन्देशहरूलाई साँच्चै स्वागत गर्दछौं ।'

यो मुद्दामा ट्रम्प विजयी हुनेमा युक्रेन विश्वस्त रहेको उनको भनाइ छ । 'यसले युद्ध अन्त्य गर्न र दीर्घकालीन, न्यायपूर्ण र व्यापक शान्ति प्राप्त गर्न कूटनीतिक प्रयासहरूमा नयाँ गतिशीलता ल्याउनेछ,' उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...