मुख्य समाचार
एमबीबीएस र बीडीएसको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा झन्डै ६८ प्रतिशत परीक्षार्थी फेल
एमबीबीएस र बीडीएसको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा झन्डै ६८ प्रतिशत परीक्षार्थी फेल

: चिकित्सा शिक्षामा स्नातक तह एमबीबीएस र बीडीएसको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा झन्डै ६८ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।


नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा सहभागीमध्ये दुईतिहाइभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । मंगलबार र बुधबार चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा भएको थियो ।

काउन्सिलका रजिष्ट्रार डा.सतिसकुमार देवका अनुसार, एमबीबीएस र बीडीएसतर्फ कुल ८ सय ४४ जना परीक्षामा सहभागी थिए । जसमध्ये २ सय ६२ जना (३१ दशमलव शून्य ४ प्रतिशत) मात्र उत्तीर्ण भएका छन् । कुल ५ सय ८२ जना (६८ दशमलव ९६ प्रतिशत) अनुत्तीर्ण भएको काउन्सिलले जनाएको छ । एमबीबीएसतर्फ ६७ दशमलव ९९ र बीडीएसतर्फ ७६ दशमलव ९२ प्रतिशत परीक्षार्थी लाइसेन्सिङ परीक्षामा अनुत्तीर्ण भएका छन् ।




मेडिकलतर्फ ७ सय ७० जनाले लाइसेन्सिङ परीक्षामा फारम भरेका थिए । जसमध्ये १७ जना अनुपस्थित थिए । ७ सय ५३ जनाले परीक्षामा सहभागिता जनाउँदा २ सय ४१ जना (३२ दशमलव शून्य १ प्रतिशत) मात्र उत्तीर्ण भए । मेडिकलतर्फ ७ जनाको नतिजा रोकिएको छ । ५ सय १२ जना अनुत्तीर्ण भएका छन् ।

डेन्टल (बीडीएस) तर्फ ९१ जना परीक्षामा सहभागी भएकोमा २१ जना मात्र (२३ दशमलव ०८ प्रतिशत) मात्र उत्तीर्ण भएका छन्। ७० जना परीक्षार्थी असफल भएका छन्। परीक्षामा सहभागीमध्ये अधिकांश विद्यार्थी अनुत्तीर्ण हँुदा मेडिकल र डेन्टल कलेजको शैक्षिक गुणस्तर कमजोर रहेको पुष्टि भएको छ।

विद्यार्थीसँगै प्राध्यापक, मेडिकल कलेज सञ्चालक, नियमनकारी निकायमा रहेका पदाधिकारीका लागि समेत लाजमर्दो विषय भएको चिकित्सा शिक्षाका अभियन्ताहरू बताउँछन्। किन फेल भए ?

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुसालका अनुसार, विगतमा पटक–पटक परीक्षामा सहभागी भएका पुराना परीक्षार्थीहरू यसपटक पनि लाइसेन्सिङ परीक्षामा असफल भएका छन्। लाइसेन्सिङ परीक्षामा उत्तीर्ण नभएसम्म सहभागी हुन पाइन्छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की नेपालबाहिर पढेर आएका विद्यार्थीहरू बढी फेल भएको हुन सक्ने बताउँछन्। ‘चिकित्सा शिक्षामा गरिएको लगानी सही छ÷छैन ? राज्यसँगै अभिभावकहरूले पनि गम्भीर हुनुपर्ने अवस्था आइसकेको छ,’ डा. कार्की भन्छन्, ‘लाइसेन्सिङ परीक्षामा पटक—पटक असफल हुनेलाई के गर्ने ? यो चिन्ताको विषय हो।’ लाइसेन्सिङ परीक्षामा असफल हुनेहरूमा कहाँ र कुन मेडिकल÷डेन्टल कलेजमा अध्ययन गरेका विद्यार्थीहरू हुन् भन्ने यकिन विवरण काउन्सिलसँग नभएको डा. भुसालले जानकारी दिए।

चिकित्सा शिक्षाका प्राध्यापकहरूका अनुसार, अभिभावकको दबाबमा चिकित्सा पढेका औसत विद्यार्थीहरू लाइसेन्सिङ परीक्षामा असफल हुने गरेको पाइएको छ। परीक्षामा प्रश्नपत्र प्राध्यापक एवं सहप्राध्यापकले बनाउँछन्। पाठ्यक्रमबाट वस्तुगत प्रश्न सोध्ने गरिएको काउन्सिलका पदाधिकारीहरूको भनाइ छ। ५० प्रतिशत प्रश्न मिलाएमा परीक्षामा उत्तीर्ण हुन्छन्।

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पूर्वडिन प्रा.डा. जगदीश अग्रवाल औसत विद्यार्थीहरू पनि चिकित्सा शिक्षा अध्ययन गरिरहेको बताउँछन्। ‘ चिकित्सा शिक्षा पढ्न रुचिसहित योग्य छ ÷छैन मतलवै नगरी अभिभावकहरू सन्तानलाई डाक्टर बनाउन लागिपरेका छन्,’ प्राडा अग्रवाल भन्छन्, ‘कमजोर विद्यार्थीलाई पनि भर्ना गर्दाको परिणाम लाइसेन्स परीक्षामा देखिँदै छ।’ एमबीबीएस या बीडीएस पास गरेपछि डाक्टरका रूपमा काम गर्न लाइसेन्स लिनुपर्छ। तर, धेरै जना लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुने गरेका छन्। कतिपय त पटक–पटक परीक्षा लेख्दा पनि उत्तीर्ण हुँदैनन्। यसले हाम्रो मेडिकल (चिकित्सा) शिक्षाको कमजोर अवस्था देखाउँछ।

काउन्सिलका अध्यक्ष प्राडा भुसालका अनुसार, पटक–पटक लाइसेन्सिङ परीक्षामा दिंदा पनि असफल भएका परीक्षार्थीलाई के गर्ने ? भन्ने विषयमा गम्भीर हुनुपर्ने बेला भएको छ। लाइसेन्स प्राप्त नगर्दासम्म एमबीबीएस(बीडीएस पढेका व्यक्तिको योग्यता प्लस टु सरह हुन्छ।

‘जति पटक दिँदा पनि असफल हुने विद्यार्थीलाई के गर्ने ? भन्ने सम्बन्धमा सरोकारवाला निकायहरूले गम्भीररुपमा छलफल गर्नु पर्ने बेला भएको छ,’ डा. भुसाल भन्छन, ‘विद्यार्थीहरूलाई छनौट गर्दा कमीकमजोरी भयो कि ? पठन–पाठनमा कमीकमजोरी हो कि ? यसमा सरोकारवालाहरूले समिक्षा गर्नुपर्ने बेला भएको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा वडामा रहेका १२७ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई अभियानमार्फत खोप सञ्चालन गर्न लागिएको हो । यही माघ २७ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन गरिने भएकाले खोप पूर्ण ...
। मोरङमा माघ २५ गते (आइतबार)देखस संचालन हुने एचपीभी खोप अभियानको तयारी पूरा भएको स्वास्थ्य कार्यालय जनाएको छ । यो अभियानमा कक्षा ६ मा अध्ययनरत बालिका र विद्यालय बाहिर रहेका १० वर्षसम्मका बालिकाहरुलाई खोप लगाइने छ । यसैगरी गत अभियानमा छुटेका कक्षा ७ देखिदेखि १० सम्मका बालिकाहरु गरी १२ हजार ७ सय ५५ जनालाई किशोरीलाई खोप ...
। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रूपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बताएकी छन् । बुधबार ललितपुरको पाटनस्थित मानसिक स्वास्थ्य अस्पतालको अनुगमनको क्रममा उनले सो प्रतिवद्धता व्यक्त गरेकी हुन् । मन्त्री गौतमले मानसिक रोगका बिरामीहरूलाई समाजले हेयभावका साथ हेर्ने भएकाले पनि सो अस्पतालको नाम राष्ट्रिय मनोस्वास्थ्य केन्द्र राख्न उपयुक्त हुने ...
— प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रमलाई जसरी भएपनि निरन्तरता दिनुपर्ने बताएकी छन् । स्वास्थ्य बिमा बोर्डसँगको छलफलमा उनले निमुखा नागरिकको स्वास्थ्य उपचार गर्ने दायित्व सरकारको भएको जनाइन् । बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले बोर्डले १६ लाख नागरिकको निःशुल्क बिमा गरेर स्वास्थ्य उपचारको सेवा दिँदै‍ आएको तथ्यांक सुनाएका थिए । विपन्न नागरिक, अपांगता भएका, ज्येष्ठ नागरिकको निःशुल्क ...
— स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले स्वास्थ्य बिमा कार्यक्रम बन्द हुन सक्ने चेतावनी दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा स्वास्थ्य बिमा बोर्डले गरेको कार्यक्रममा उनले शून्य बजेटमा कार्यक्रम सञ्चालन गर्न नसकिने बताइन् । बोर्डले प्रधानमन्त्री सुशीला कार्की, अर्थ सचिव घनश्याम उपाध्यायसहित सरोकारवालासँग छलफल गरेको थियो । यस वर्ष सरकारले दिएको ११ अर्ब गत वर्षको ...