मुख्य समाचार
नेपालले जितसहित आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको यात्रा टुंग्याए
नेपालले जितसहित आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको यात्रा टुंग्याए

— कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले जितसहित शुक्रबार आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको यात्रा टुंग्याएको छ । नेपालले आयोजक मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ।



पूजाले ४ विकेट लिनुका साथै अविजित २३ रन बनाएपछि नेपालले सहज जित हात पारेको हो । पहिलोपल्ट यू–१९ विश्वकप खेलिरहेको नेपाल समूह चरणको खेलमा क्रमशः बंगलादेशसँग ५ विकेट, स्कटल्यान्डसँग १ विकेट र अस्ट्रेलियासँग ८३ रनले पराजित भएपछि दोस्रो चरण पुग्न असफल रह्यो ।

जोहोर क्रिकेट एकेडेमी ओभलमा शुक्रबार भएको प्लेअफमा पूजाले उत्कृष्ट बलिङ गरिन् । उनले ३.५ ओभरमा ९ रनमात्र खर्चेर ४ विकेट लिएपछि टस हारेर ब्याटिङ गर्न निम्त्याइएको मलेसिया १६.५ ओभरमा ४५ रनमै अलआउट भयो । मलेसियामा भइरहेको यू–१९ महिला ट्वान्टी–२० विश्वकपमा उनले आफ्नो विकेट संख्या ९ पुर्‍याएकी छन् । उनी हाल प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी सूचीमा शीर्षमा छिन् ।

पूजालाई साथ दिनेक्रममा रचना चौधरीले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ३ विकेट लिइन् । रिया शर्माले ४ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर र सिमाना केसीले ३ ओभरमा ९ रन खर्चेर १–१ विकेट लिए ।

ओपनरद्वय सना प्रविन १ र सावित्री धामी ३ रनमै आउट भए पनि पूजाले २३ रन बनाएपछि नेपालले ११ ओभरमै ४७ रन पूरा गरेको थियो । प्लेयर अफ द म्याच पूजाले ३२ बल खेल्दै ४ चौका प्रहार गरिन् । ज्योत्सनिका मरासिनी ७ रनमा आउट भइन् । सिमाना ४ रनमा अविजित रहिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित