मुख्य समाचार
रेल दुर्घटनामा परेकाहरूको शव आफन्तको जिम्मा लगाइयो
रेल दुर्घटनामा परेकाहरूको शव आफन्तको जिम्मा लगाइयो

— भारतमा रेल दुर्घटनामा परी ज्यान गुमाएका सबैको शव आफन्तजनको जिम्मा लगाइएको छ । भारतीय रेल्वेले मृतकहरूको शवलाई उनका आफन्तजनले चाहेको स्थानसम्म पुर्‍याएको छ ।


दिल्लीस्थित नेपाली दूतावासले त्यसका लागि समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दूतावासका कन्सुलर नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माका अनुसार मृतक ७ जना नेपाली नागरिकमध्ये ४ जनाको दाहसंस्कार उनका परिवारजनले भारतमै गरेका छन् । ३ जनालाई नेपाल पठाइएको उनले बताए ।


दुर्घट्नामा ज्यान गुमाएकी कैलालीका कमला नवीन भण्डारीका छोरा टपेन्द्रले घट्नास्थलबाट एम्बुलेन्समा आमाको शव घर ल्याउन लागेको बताए । एम्बुलेन्सको व्यवस्था भारतीय रेल्वेले गरेको छ । आफन्तजनले चाहेका स्थानसम्म मृतकको शवलाई पठाइएको एसएसपी शर्माले जानकारी दिए ।

शव जिम्मा लगाएसँगै काजकिरियाका लागि रेल्वेले प्रत मृतक ५० हजार रुपैयाँ भारु नगदै आपन्तलाई दिएको छ । केन्द्र र प्रदेश सरकारले गरी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । एसएसपी शर्माले राहतको बाँकी रकम पनि मृतकका परिवारले पाउने बताए । यस विषयमा भारतीय पक्षसँग लागातार संवाद भइरहेको उनले जनाएका छन् ।
लखनऊबाट मुम्बई गइरहेको पुष्पक एक्सप्रेसमा बुधबार साँझ आगलागीको हल्ला फैलिएपछि त्यसमा रहेका यात्रुले चेन तानेर रेललाई रोकाएका थिए । डराएका यात्रुहरू रेल रोकिनासाथ धमाधम त्यहाँबाट हाम्फालेका थिए । त्यहीबेला अर्को लिकमा आइरहेको कर्नाटक एक्सप्रेसको चपेटमा हामफालेका कतिपय यात्रु परेका थिए । कर्नाटक एक्सप्रेसले किचिएर १२ जना यात्रुको निधन भएको थियो । त्यसमध्ये ७ नेपाली हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी, लछिराम पासी अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा र ४२ वर्षीया मौसारा कामी विश्वकर्माको निधन भएको हो । त्यस्तै, अछामकै ६० वर्षीया जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय रोश्याम राधको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...