मुख्य समाचार
सिनेटबाट अनुमोदन भएसँगै हेगसेथले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नेतृत्व सम्हाल्ने
सिनेटबाट अनुमोदन भएसँगै हेगसेथले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नेतृत्व सम्हाल्ने

— अमेरिकी माथिल्लो सदन सिनेटले फक्स न्युजका पूर्व प्रस्तोता पीट हेगसेथलाई रक्षामन्त्रीमा अनुमोदन गरेको छ । सिनेटबाट अनुमोदन भएसँगै हेगसेथले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नेतृत्व सम्हाल्नेछन् ।


एक सय सदस्यीय सिनेटमा भएको मतदानमा उनको पक्ष र विपक्षमा बराबर मत दिएपछि उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिएका हुन् । दक्षिणपन्थी टिप्पणीकार हेगसेथ यौन दुर्व्यवहार र मद्यपानको मुद्दामा विवादित व्यक्ति हुन् । पूर्वसैनिक अधिकारीसमेत हेगसेथले युद्धमा महिलाहरूलाई भूमिका दिन नहुने बताउँछन् ।

रिपब्लिकन पार्टीका तीनजना सिनेटरहरूले उनको नियुक्तिको विरोध गरेका छन् । केन्टकीका मिच म्याकोनेल, मेनका सुसान कोलिन्स र अलास्काका लिसा मुर्कोस्कीले हेगसेथको मनोनयनको विरोध गरेका हुन् । कोलिन्स र मुर्कोव्स्कीले यसअघि नै उनको विगत र अनुभवहीनताका आधारमा उनी रक्षामन्त्रीका लागि अयोग्य भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...