मुख्य समाचार
हमासले बन्धक बनाएका चार जना महिला रिहा
हमासले बन्धक बनाएका चार जना महिला रिहा

: हमासले बन्धक बनाएका चार जना महिला रिहा भएका छन्। इजरायली सैनिकसमेत रहेका चार जना महिलालाई हमासले रिहा गरेको बीबीसीले जनाएको छ।


रिहा हुनेमा करिना एरिएव, डेनिएला गिल्बोओ, लेवी र लिरी अल्बाग रहेका छन्। उनीहरू रिहा भएपछि इजरायलको राजधानी तेल अविवमा खुसीयाली माहोल छाएको छ।

हमासले उनीहरूलाई रेडक्रसको जिम्मा लगाएको थियो। रेडक्रसमार्फत उनीहरूलाई आफन्तको जिम्मा लाइनेछ। युद्धविरामको घोषणा भएसँगै बन्धक बनाइएकहरू रिहा हुने क्रम जारी रहेको छ। चार महिला सैनिकको बदलामा इजरायलले करिब २ सय जना प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने बतइएको छ। यसअघि पहिलो चरणमा ३३ जना बन्धकहरूलाई रिहा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बेलायतका पूर्वराजकुमार एन्ड्रयु माउन्टबेटन एप्स्टिन फाइल प्रकरणमा मुछिएपछि राजा चाल्र्स चिन्तित भएका छन् । उनले यस प्रकरणमा प्रहरीलाई सहयोग गर्न तयार रहेको बताएका छन् । ‘राजाले माउन्टेबटन विन्डसरको आचरणका सम्बन्धमा आइरहेका आरोपहरुप्रति चिन्ता प्रकट गर्नुभएको छ,’ बकिङह्याम दरबारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘कुनै प्रश्नहरु सम्बोधन गर्नुपर्ने भयो र प्रहरीले हामीलाई सम्पर्क गर्यो‍ भने ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकालाई क्यानडासँग जोड्ने नयाँ पुलको उद्‍घाटन रोक्ने धम्की दिएका छन् । अमेरिकाको डेट्रोइट र क्यानडाको विन्डसर जोड्ने निर्माणाधीन १.५ माइल लामो गोर्डी होवे अन्तर्राष्ट्रिय पुलको उद्‍घाटनको अनुमति नदिने दाबी उनले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत गरेका हुन् । यस पुल निर्माणको मुख्य काम सकिइसकेको छ र केही समय परीक्षण गरेपछि यसै वर्ष ...
— सोमालियाले साउदी अरेरिबयासँग सैन्य सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । सोमालियाका रक्षामन्त्री अहमद मोअल्लीम फिकी र उनका साउदी समकक्षी राजकुमार खालिद बिन सलमान बिन अब्दुलअजीजबीच सोमबार रियादमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । सोमालियाको रक्षा मन्त्रालयले भनेको छ, “यो सम्झौताले दुई देशहरू बीचको रक्षा र सैन्य सहयोगको ढाँचालाई सुदृढ पार्ने उद्देश्य राखेको छ, र यसमा दुवै ...
: पूर्व हङकङ मिडिया टाइकुन तथा प्रजातन्त्र समर्थक जिमी लाइलाई राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत २० वर्ष कैद सजाय सुनाइएको छ। यससँगै वर्षौं लामो कानुनी लडाइँ टुंगिएको छ, जसलाई बेइजिङले हङकङमाथि गरेको व्यापक दमनको प्रतीकका रूपमा हेरिएको छ। ७८ वर्षीय अर्बपति लाइ सन् २०२० मा चीनले हङकङमा लागू गरेको कठोर राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत अभियोग लगाइएका सबैभन्दा 'हाइ प्रोफाइल' ...
: नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गेस मोहम्मदीलाई इरानको एक अदालतले छ वर्षको जेल सजाय सुनाएको छ । वकिल मुस्तफा निलीले भनेका छन्, “सरकारविरोधी प्रदर्शनमा भेला गर्ने र अपराध गर्ने अभियानमा सहभागी भएको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको छ ।’’ मोहम्मदीलाई प्रचार गतिविधिको लागि डेढ वर्षको थप जेल सजाय पनि सुनाइएको छ र ...