मुख्य समाचार
टाइगर कप भलिबल : पहिलो दिन महिलातर्फ एपीएफ र न्यु डायमण्डको जित
टाइगर कप भलिबल : पहिलो दिन महिलातर्फ एपीएफ र न्यु डायमण्डको जित

। पाँचौ टाइगर कप भलिबल अन्तर्गत पहिलो दिन शुक्रबार महिलातर्फ विभागीय टोली एपीएफ र न्यु डायमण्डले रोमाञ्चक जित हात पारेका छन् ।

पहिलो खेलमा एपीएफले ट्राभल इन्क्वाइरी युनाइटेड, थाइल्याण्डको टोलीलाई ३-२ को सेटमा पराजित गरेको हो ।




पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा एपीएफले सुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै बाँकी तीन सेट आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

एपीएफले ट्राभल इन्क्वारीलाई २१-२५, २०-२५, २५-१९, २५-२० र १५-७ ले पराजित गरेको हो ।

यस्तै दोस्रो खेलमा न्यु डायमण्डले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पनि ३-२ कै सेटमा हरायो ।

२-१ सेटले पछि परेको अवस्थामा डायमण्डले अन्तिम दुई सेट लगातार आफ्नो पक्षमा पार्दै खेल जितेको हो । डायमण्डले पुलिसलाई १२-२५, २५-२३, २४-२६, २५-१८, १५-१० ले पराजित गरेको हो ।

शुक्रबारै तय भएको त्रिभुवन आर्मी क्लब र आयोजक टाइगर ग्रुपको टिमबीचको खेल खराब प्रकाशका कारण स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...