मुख्य समाचार
हमासले चारजना महिला बन्दीलाई मुक्त गरेपछि इजरायलले दुई सय प्यालेस्टाइनी बन्दीहरू रिहा गरे
हमासले चारजना महिला बन्दीलाई मुक्त गरेपछि इजरायलले दुई सय प्यालेस्टाइनी बन्दीहरू रिहा गरे

। हमासले चारजना महिला बन्दीलाई मुक्त गरेपछि इजरायलले दुई सय प्यालेस्टाइनी बन्दीहरू रिहा गरेको छ ।

युद्धविराम सम्झौता कार्यान्वयन हुन थालेको सातौँ दिन शनिबार हमासले इजरायली सेनाका चार महिला बन्दीलाई रिहा गरेको थियो । उनीहरूलाई ७ अक्टोबर २०२३ मा हमासले आक्रमणकै दौरान कब्जामा लिएको थियो ।




लामो समय बन्दी रहेका उनीहरू मुक्त भएसँगै इजरायल पुगिसकेका छन् । बदलामा इजरायलले दुई सय प्यालेस्टाइनी बन्दी रिहा गरेको हो ।

हमासले रिहा गरेको यो दोस्रो समूह हो । यसअघि युद्धविराम सम्झौता कार्यान्वयन भएकै दिन गत आइतबार हमासले तीन महिलालाई मुक्त गरेको थियो ।



यसैबीच, इजरायली सरकारले आफ्ना नागरिक अर्बेल येहुदलाई रिहा नगरी हमासले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

यससँगै इजरायलले विस्थापित प्यालेस्टाइनीहरूलाई अझै उत्तरी गाजामा फर्कन अनुमति नदिने बताएको छ, जुन युद्धविराम सम्झौताअन्तर्गत निर्धारित गरिएको थियो ।

हमासको असन्तुष्टिलगत्तै हमासले अर्बल येहुद जीवित रहेको भन्दै अर्को साता रिहा हुने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बेलायतका पूर्वराजकुमार एन्ड्रयु माउन्टबेटन एप्स्टिन फाइल प्रकरणमा मुछिएपछि राजा चाल्र्स चिन्तित भएका छन् । उनले यस प्रकरणमा प्रहरीलाई सहयोग गर्न तयार रहेको बताएका छन् । ‘राजाले माउन्टेबटन विन्डसरको आचरणका सम्बन्धमा आइरहेका आरोपहरुप्रति चिन्ता प्रकट गर्नुभएको छ,’ बकिङह्याम दरबारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘कुनै प्रश्नहरु सम्बोधन गर्नुपर्ने भयो र प्रहरीले हामीलाई सम्पर्क गर्यो‍ भने ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकालाई क्यानडासँग जोड्ने नयाँ पुलको उद्‍घाटन रोक्ने धम्की दिएका छन् । अमेरिकाको डेट्रोइट र क्यानडाको विन्डसर जोड्ने निर्माणाधीन १.५ माइल लामो गोर्डी होवे अन्तर्राष्ट्रिय पुलको उद्‍घाटनको अनुमति नदिने दाबी उनले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत गरेका हुन् । यस पुल निर्माणको मुख्य काम सकिइसकेको छ र केही समय परीक्षण गरेपछि यसै वर्ष ...
— सोमालियाले साउदी अरेरिबयासँग सैन्य सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । सोमालियाका रक्षामन्त्री अहमद मोअल्लीम फिकी र उनका साउदी समकक्षी राजकुमार खालिद बिन सलमान बिन अब्दुलअजीजबीच सोमबार रियादमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । सोमालियाको रक्षा मन्त्रालयले भनेको छ, “यो सम्झौताले दुई देशहरू बीचको रक्षा र सैन्य सहयोगको ढाँचालाई सुदृढ पार्ने उद्देश्य राखेको छ, र यसमा दुवै ...
: पूर्व हङकङ मिडिया टाइकुन तथा प्रजातन्त्र समर्थक जिमी लाइलाई राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत २० वर्ष कैद सजाय सुनाइएको छ। यससँगै वर्षौं लामो कानुनी लडाइँ टुंगिएको छ, जसलाई बेइजिङले हङकङमाथि गरेको व्यापक दमनको प्रतीकका रूपमा हेरिएको छ। ७८ वर्षीय अर्बपति लाइ सन् २०२० मा चीनले हङकङमा लागू गरेको कठोर राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत अभियोग लगाइएका सबैभन्दा 'हाइ प्रोफाइल' ...
: नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गेस मोहम्मदीलाई इरानको एक अदालतले छ वर्षको जेल सजाय सुनाएको छ । वकिल मुस्तफा निलीले भनेका छन्, “सरकारविरोधी प्रदर्शनमा भेला गर्ने र अपराध गर्ने अभियानमा सहभागी भएको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको छ ।’’ मोहम्मदीलाई प्रचार गतिविधिको लागि डेढ वर्षको थप जेल सजाय पनि सुनाइएको छ र ...