मुख्य समाचार
सन्यासी बनेपछि ममता कुलकर्णी : २३ वर्षदेखिको तपस्या पुरा भयो
सन्यासी बनेपछि ममता कुलकर्णी : २३ वर्षदेखिको तपस्या पुरा भयो

। कुनैबेलाकी चर्चित बलिउड अभिनेत्री ममता कुलकर्णीले सन्यासी जीवन सुरु गरेकी छन् । उनी किन्नर अखाडाकी महामंडलेश्वर बनेकी छिन् । उनले भारतको प्रयागराजको संगम किनारमा पिण्ड दान गरिन् । अब उनलाई यमाई ममता नन्द गिरीको रुपमा चिनिनेछ ।

उनले सांसरिक जीवन त्यागेकी छन् । ५३ वर्षीया ममता शनिबार बिहानै महाकुम्भमा किन्नर अखाडा पुगेकी थिइन् । उनले किन्नर अखाडाका आचार्य महामंडलेश्वर लक्ष्मीनारायण त्रिपाठीलाई भेटेर आशीर्वाद लिइन् । दुईजनाबीच महामंडलेश्वर बन्ने विषयमा करिब एक घण्टा छलफल भएको थियो । त्यसपछि किन्नर अखाडाले उनलाई महामंडलेश्वरको उपाधि दिने घोषणा गरे ।


त्यसपछि महामंडलेश्वर लक्ष्मीनारायण त्रिपाठी ममतासँगै अखिल भारतीय अखाडाका अध्यक्ष रवीन्द्र पुरी पुगेका थिए । ममता र पुरीबीच लामो कुराकानी भयो । यस अवधिमा किन्नर अखाडाका पदाधिकारीहरू पनि उपस्थित थिए । त्यसपछि उनको महामंडलेश्वर बनाउने प्रक्रिया सुरु भयो ।

ममता महाकुम्भमा साध्वीको रुपमा सहभागी भएकी थिइन् । उनले केशरी रङ्को लुगा लगाएकी थिइन् । घाँटीमा दुईवटा ठूला रुद्राक्षको माला लगाएकी थिइन् । काँधमा केसरको झोला पनि झुण्डिएको थियो । ममताले महाकुम्भमा आउनु र त्यहाँको भव्यता हेर्नु आफ्नो लागि निकै यादगार पल भएको बताइन् ।


‘यो मेरो सौभाग्य हुनेछ कि म पनि सन्तहरूको आशीर्वाद प्राप्त महाकुम्भको यो पवित्र समयको साक्षी छु’ उनले भनिन् । ममता किन्नर अखाडा पुगेपछि उनलाई हेर्नको लागि भीड जम्मा भएको थियो । उनीसँग सेल्फी खिच्ने र फोटो खिच्ने प्रतिस्पर्धा थियो ।

सन्यासी बनेपछि भारतीय संचारमाध्यमसँग कुरा गर्दै कुलकर्णीले २३ वर्षदेखिको तपस्या बल्ल पुरा भएको बताइन् । ‘म आदिशक्ति र अर्धनारीश्वर स्वरूपद्वारा अभिषेक भएको छु । यो भन्दा ठूलो के हुन सक्छ ?’ उनले भनिन्, ‘अब मेरो बलिउडसँग कुनै सम्बन्ध छैन । मैले त्यो धेरै पहिले छोडेको छु । म बलिउडमा फर्केर आएको छैन । म २३ वर्षपछि भारत आएँ ।’

शाहरुख खान, सलमान खान, अजय देवगन, अनिल कपूरजस्ता ठूला स्टारहरूसँग स्क्रिन सेयर गरेकी ममताले सन् १९९३ मा स्टारडस्ट म्यागजिनका लागि टपलेस फोटोसुट गरेपछि विवादमा आइन् ।

ममतामाथि दुबईस्थित अन्डरवल्र्ड ड्रग माफिया विक्की गोस्वामीसँग विवाह गरेको आरोप लागेको थियो । तर, ममताले आफ्नो विवाहको खबरलाई सधैं अफवाह बताउँदै आइन् । ममताले भनिन्, ‘मैले कसैसँग बिहे गरेको छैन । यो सत्य हो कि म विक्कीलाई माया गर्छु, तर उसलाई यो पनि थाहा हुनुपर्छ कि अब मेरो पहिलो माया भगवान हो ।’

कुलकर्णीको जन्म २० अप्रिल १९७२ मा मुम्बईमा भएको थियो । ममताले आफ्नो करियर सन् १९९१ मा तमिल फिल्म ‘नानबर्गल’ बाट सुरु गरेकी थिइन् । सन् १९९१ मा नै उनको पहिलो हिन्दी फिल्म ‘मेरा दिल तेरे लिए’ रिलिज भएको थियो ।

वेबसाइट आईएमडीबीका अनुसार अभिनेत्रीले आफ्नो करियरमा जम्मा ३४ वटा फिल्म गरिसकेकी छिन् । ममताले सन् १९९३ मा फिल्म ’आशिक आवारा’का लागि सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको फिल्मफेयर अवार्ड प्राप्त गरेकी थिइन् । त्यसपछि उनी ‘वक्त हमारा है’, ‘क्रान्तिवीर’, ‘करण अर्जुन’, ‘बाजी’जस्ता फिल्ममा देखिइन् । उनको अन्तिम फिल्म ‘कभी तुम कभी हम’ सन् २००२ मा रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...
। बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ । टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा ...
। लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ । विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्‍याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ । रोचक के छ भने के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम