मुख्य समाचार
सन्यासी बनेपछि ममता कुलकर्णी : २३ वर्षदेखिको तपस्या पुरा भयो
सन्यासी बनेपछि ममता कुलकर्णी : २३ वर्षदेखिको तपस्या पुरा भयो

। कुनैबेलाकी चर्चित बलिउड अभिनेत्री ममता कुलकर्णीले सन्यासी जीवन सुरु गरेकी छन् । उनी किन्नर अखाडाकी महामंडलेश्वर बनेकी छिन् । उनले भारतको प्रयागराजको संगम किनारमा पिण्ड दान गरिन् । अब उनलाई यमाई ममता नन्द गिरीको रुपमा चिनिनेछ ।

उनले सांसरिक जीवन त्यागेकी छन् । ५३ वर्षीया ममता शनिबार बिहानै महाकुम्भमा किन्नर अखाडा पुगेकी थिइन् । उनले किन्नर अखाडाका आचार्य महामंडलेश्वर लक्ष्मीनारायण त्रिपाठीलाई भेटेर आशीर्वाद लिइन् । दुईजनाबीच महामंडलेश्वर बन्ने विषयमा करिब एक घण्टा छलफल भएको थियो । त्यसपछि किन्नर अखाडाले उनलाई महामंडलेश्वरको उपाधि दिने घोषणा गरे ।


त्यसपछि महामंडलेश्वर लक्ष्मीनारायण त्रिपाठी ममतासँगै अखिल भारतीय अखाडाका अध्यक्ष रवीन्द्र पुरी पुगेका थिए । ममता र पुरीबीच लामो कुराकानी भयो । यस अवधिमा किन्नर अखाडाका पदाधिकारीहरू पनि उपस्थित थिए । त्यसपछि उनको महामंडलेश्वर बनाउने प्रक्रिया सुरु भयो ।

ममता महाकुम्भमा साध्वीको रुपमा सहभागी भएकी थिइन् । उनले केशरी रङ्को लुगा लगाएकी थिइन् । घाँटीमा दुईवटा ठूला रुद्राक्षको माला लगाएकी थिइन् । काँधमा केसरको झोला पनि झुण्डिएको थियो । ममताले महाकुम्भमा आउनु र त्यहाँको भव्यता हेर्नु आफ्नो लागि निकै यादगार पल भएको बताइन् ।


‘यो मेरो सौभाग्य हुनेछ कि म पनि सन्तहरूको आशीर्वाद प्राप्त महाकुम्भको यो पवित्र समयको साक्षी छु’ उनले भनिन् । ममता किन्नर अखाडा पुगेपछि उनलाई हेर्नको लागि भीड जम्मा भएको थियो । उनीसँग सेल्फी खिच्ने र फोटो खिच्ने प्रतिस्पर्धा थियो ।

सन्यासी बनेपछि भारतीय संचारमाध्यमसँग कुरा गर्दै कुलकर्णीले २३ वर्षदेखिको तपस्या बल्ल पुरा भएको बताइन् । ‘म आदिशक्ति र अर्धनारीश्वर स्वरूपद्वारा अभिषेक भएको छु । यो भन्दा ठूलो के हुन सक्छ ?’ उनले भनिन्, ‘अब मेरो बलिउडसँग कुनै सम्बन्ध छैन । मैले त्यो धेरै पहिले छोडेको छु । म बलिउडमा फर्केर आएको छैन । म २३ वर्षपछि भारत आएँ ।’

शाहरुख खान, सलमान खान, अजय देवगन, अनिल कपूरजस्ता ठूला स्टारहरूसँग स्क्रिन सेयर गरेकी ममताले सन् १९९३ मा स्टारडस्ट म्यागजिनका लागि टपलेस फोटोसुट गरेपछि विवादमा आइन् ।

ममतामाथि दुबईस्थित अन्डरवल्र्ड ड्रग माफिया विक्की गोस्वामीसँग विवाह गरेको आरोप लागेको थियो । तर, ममताले आफ्नो विवाहको खबरलाई सधैं अफवाह बताउँदै आइन् । ममताले भनिन्, ‘मैले कसैसँग बिहे गरेको छैन । यो सत्य हो कि म विक्कीलाई माया गर्छु, तर उसलाई यो पनि थाहा हुनुपर्छ कि अब मेरो पहिलो माया भगवान हो ।’

कुलकर्णीको जन्म २० अप्रिल १९७२ मा मुम्बईमा भएको थियो । ममताले आफ्नो करियर सन् १९९१ मा तमिल फिल्म ‘नानबर्गल’ बाट सुरु गरेकी थिइन् । सन् १९९१ मा नै उनको पहिलो हिन्दी फिल्म ‘मेरा दिल तेरे लिए’ रिलिज भएको थियो ।

वेबसाइट आईएमडीबीका अनुसार अभिनेत्रीले आफ्नो करियरमा जम्मा ३४ वटा फिल्म गरिसकेकी छिन् । ममताले सन् १९९३ मा फिल्म ’आशिक आवारा’का लागि सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको फिल्मफेयर अवार्ड प्राप्त गरेकी थिइन् । त्यसपछि उनी ‘वक्त हमारा है’, ‘क्रान्तिवीर’, ‘करण अर्जुन’, ‘बाजी’जस्ता फिल्ममा देखिइन् । उनको अन्तिम फिल्म ‘कभी तुम कभी हम’ सन् २००२ मा रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिकाबाट नेपाल फर्किएका छन् । आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि फाइल बोकेर उभिएको फोटो फेसबुकमा पोस्ट गर्दै उनले न्याय मिल्ने आशा बोकेर आफू मातृभूमि फर्किएको बताएका छन् । उनी लेख्छन्, ‘ न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा ...
‘द एराज’ टूर सकिएको हुन सक्छ, तर कीर्तिमानको सिलसिला भने रोकिएको छैन । आफ्ना गीतलाई विश्वव्यापी सांगीतिक परिघटनामा रूपान्तरण गरेको वर्षौंपछि यी पप स्टारले अर्को यस्तो उपलब्धि हासिल गरेकी छन्, जुन अहिलेसम्म कुनै पनि महिला संगीतकारले प्राप्त गर्न सकेकी थिइनन् र यसपटक यो सफलता संगीत चार्टमा होइन, सम्पत्तिको सूचीमा दर्ज भएको छ । ती सुपरस्टार हुन्, ...
। सन् २०२६ को फिफा विश्वकपको उद्घाटन समारोहमा विश्वप्रसिद्ध संगीतकर्मीहरूको प्रस्तुति रहने भएको छ । सह-आयोजक मेक्सिकोको पहिलो खेलअघि शाकिरा र बर्ना ब्वायले विशेष प्रस्तुती दिनेछन् । मेक्सिको सिटीमा हुने उद्घाटन समारोहमा उनीहरूले प्रतियोगिताको आधिकारिक गीत ‘डाइ डाइ’ प्रस्तुत गर्नेछन् । उक्त समारोह विश्वकपको उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलअघि आयोजना हुनेछ । फिफाले तीनै ...
। बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत र प्रतिस्पर्धा गरेका ६ फिल्मको प्रदर्शन यहाँ गरिएको छ । महोत्सवको प्रवद्र्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस प्रदर्शन छायाँ हलमा ३ दिनसम्म गरिएको थियो । चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेका हुन् । तीन दिनसम्म देखाइएका ती फिल्मलाई करिब ...
। बलिउड फिल्मकर्मीको संगठन ‘द फेडरेसन अफ वेस्ट इन्डिया सिने इम्प्लोएज’ ले अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको ‘असहयोग निर्देशन’ एक सातापछि फिर्ता लिएको छ । डिसेम्बरमा रणवीर निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’ बाट अन्तिम समयमा बाहिरिएपछि संगठनले सो निर्णय गरेको थियो । संगठनले आफूलाई पठाइएका कानुनी नोटिसको जवाफ कानुनी टोलीमार्फत दिने जनाएको छ । भारतीय मोशन ...