मुख्य समाचार
ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप नलाएर बर्खास्तीमा परेका सेनाहरूलाई पुनःस्थापना गर्ने घोषणा
ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप नलाएर बर्खास्तीमा परेका सेनाहरूलाई पुनःस्थापना गर्ने घोषणा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप नलाएर बर्खास्तीमा परेका सेनाहरूलाई पुनःस्थापना गर्ने घोषणा गरेका छन्। ह्वाइट हाउसका अनुसार यससम्बन्धी कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्ने भएका छन्।


कार्यकारी आदेशले रक्षा सचिवलाई कोभिड खोप अस्वीकार गरेका कारणले बर्खास्त गरिएका र पुनःस्थापित हुन चाहने सबै सैन्य सदस्यहरू (सक्रिय र आरक्षित)लाई पुनःस्थापित गर्न निर्देशन दिन्छ,' ह्वाइट हाउसको पत्रमा भनिएको छ।

फक्सन्युजका अनुसार उक्त कार्यकारी आदेशले पुनःस्थापित हुन चाहने सैन्य अधिकारीहरूलाई पूर्व पदमै पुनर्वहाली गरिनेछ भने सेवा सुविधाहरू पनि प्रदान गरिनेछ।




यसअघि पूर्व राष्ट्रपति जो बाइडेनले कोभिडि खोप नलगाएकै कारण ८ हजारभन्दा बढी सैनिक अधिकारीलाई बर्खास्त गरेको थियो। बाइडेन प्रशासनको आदेशमा सन् २०२१ देखि २०२३ सम्म पूर्व रक्षासचिव लोयड अस्टिनले उनीहरूलाई बर्खास्त गरेका थिए। पछि खोपको जनादेश खारेज भए पनि बर्खास्त गरिएका ४३ जनालाई मात्रै बाइडेन प्रशासन र सचिव अस्टिनको अधीनमा सेवामा फर्कन छनौट गरिएको थियो। पुनःस्थापित हुने सैनिक अधिकारीहरूलाई नयाँ विधेयकअन्तर्गत तलब दिइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...