मुख्य समाचार
ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप नलाएर बर्खास्तीमा परेका सेनाहरूलाई पुनःस्थापना गर्ने घोषणा
ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप नलाएर बर्खास्तीमा परेका सेनाहरूलाई पुनःस्थापना गर्ने घोषणा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप नलाएर बर्खास्तीमा परेका सेनाहरूलाई पुनःस्थापना गर्ने घोषणा गरेका छन्। ह्वाइट हाउसका अनुसार यससम्बन्धी कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्ने भएका छन्।


कार्यकारी आदेशले रक्षा सचिवलाई कोभिड खोप अस्वीकार गरेका कारणले बर्खास्त गरिएका र पुनःस्थापित हुन चाहने सबै सैन्य सदस्यहरू (सक्रिय र आरक्षित)लाई पुनःस्थापित गर्न निर्देशन दिन्छ,' ह्वाइट हाउसको पत्रमा भनिएको छ।

फक्सन्युजका अनुसार उक्त कार्यकारी आदेशले पुनःस्थापित हुन चाहने सैन्य अधिकारीहरूलाई पूर्व पदमै पुनर्वहाली गरिनेछ भने सेवा सुविधाहरू पनि प्रदान गरिनेछ।




यसअघि पूर्व राष्ट्रपति जो बाइडेनले कोभिडि खोप नलगाएकै कारण ८ हजारभन्दा बढी सैनिक अधिकारीलाई बर्खास्त गरेको थियो। बाइडेन प्रशासनको आदेशमा सन् २०२१ देखि २०२३ सम्म पूर्व रक्षासचिव लोयड अस्टिनले उनीहरूलाई बर्खास्त गरेका थिए। पछि खोपको जनादेश खारेज भए पनि बर्खास्त गरिएका ४३ जनालाई मात्रै बाइडेन प्रशासन र सचिव अस्टिनको अधीनमा सेवामा फर्कन छनौट गरिएको थियो। पुनःस्थापित हुने सैनिक अधिकारीहरूलाई नयाँ विधेयकअन्तर्गत तलब दिइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुईवटा परमाणु पनडुब्बी ‘सही स्थान’मा तैनाथ गर्न आदेश दिएको बताएका छन् । रूसी पूर्वराष्ट्रपति मेदवेदेवले हालै अमेरिकाविरुद्ध टिप्पणी गरेका थिए । ट्रम्पले यसअघि नै रूसलाई युक्रेनमा युद्ध रोक्न अल्टिमेटम दिँदै नमाने कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । तर ट्रम्पले ती पनडुब्बी कहाँ ...
। पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ नेता-कार्यकर्ताहरूलाई जेल सजाय सुनाएको छ। उनीहरूलाई सन् २०२३ मा सेनाविरुद्ध प्रदर्शनमा सहभागी भएको आरोपमा सजाय सुनाइएको हो। मे २०२३ मा भ्रष्टाचारको आरोपमा अदालतमा पेशीको क्रममा सुरक्षाकर्मीहरूले इमरान खानलाई गिरफ्तार गरेपछि देशभर हिंसात्मक प्रदर्शनहरू सुरु भएका थिए। बिहीबार आएको यो फैसला इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का लागि ठूलो ...
। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएकी छन्। क्यारोलिन लेविटका अनुसार, राष्ट्रपति ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तानसहित ६ वटा प्रमुख अन्तर्राष्ट्रिय संघर्ष अन्त्य गराएका छन् । प्रेस ब्रिफिङका क्रममा उनले भनिन्, ‘डोनाल्ड ट्रम्पले अहिले थाइल्याण्ड र कम्बोडिया, इजरायल र इरान, रुवाण्डा र रिपब्लिक अफ कङ्गो, भारत र ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्। यी शुल्कहरू साउन २३ गतेदेखि लागु हुनेछन्। सूचिमा एशियाली देशहरू भारतमाथि २५ प्रतिशत, पाकिस्तानमाथि १९ प्रतिशत, र क्यानडामाथि ३५ प्रतिशत भन्सार शुल्क लगाइएको छ। यसअघि ट्रम्पले २ अप्रिलमा विश्वभरका देशहरूमा भन्सार शुल्क लगाउने घोषणा गरेका थिए, तर ७ दिनपछि नै त्यसलाई ९० दिनका लागि ...
: दक्षिण अमेरिकी देश चिली प्रशान्त महासागरको किनारमा हजारौँ किलोमिटरमा फैलिएको छ। वैज्ञानिकहरूका अनुसार चिलीको मध्य र दक्षिणी तटले क्षयको सामना गरिरहेको छ। यदि यो क्षय यही गतिमा जारी रह्यो भने एक दशकभित्र कम्तीमा १० समुद्र तटहरू गायब हुनेछन्। तटीय क्षरणमा शक्तिशाली समुद्री छाल, आँधीबेहरी र अन्य कारणले तटबाट बालुवा, माटो र चट्टानहरू बग्नु समावेश छ। ...