मुख्य समाचार
अमेरिकाले दुई जना नेपालीलाई निष्कासित
अमेरिकाले दुई जना नेपालीलाई निष्कासित

: अमेरिकाले दुई जना नेपालीलाई निष्कासित गरेको छ। गैरकानुनी तरिकाले बसरहेका उनीहरूलाई अमेरिकाले गत साता निष्कासित गरेको हो।


स्रोतका अनुसार शेर शाङ्बु शेर्पा र सारुन श्रेष्ठलाई अमेरिकाले निष्कासित गरेको हो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासित गरिएको स्रोतको भनाइ छ। शेर्पालाई एयर इन्डियाको विमान र श्रेष्ठलाई कतार एयरलायन्सको विमानबाट नेपाल फर्काइएको थियो।

त्यस्तै क्यानडाले पनि एक जना नेपालीलाई निष्कासित गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा क्यानडाले रविन ढकाललाई डीपोर्ट गरेको स्रोतले बतायो।




अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा सपथ लिएपछि डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरेका छन्। उनले पहिलो दिन नै गैरकानुनी तरिकाले बस्ने आप्रवासीहरूलाई फिर्ता पठाउने कार्यदेशमा हस्ताक्षर गरेका थिए। त्यसअन्तर्गत ट्रम्प प्रशासनले धमाधम गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूलाई देश निकाला गरिरहेको छ। अफ्रिकालगायतका देशहरूमा सेनाको विमानबाटै आप्रवासीहरूलाई फिर्ता पठाइँदैछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा दुई साताअघि आएको बाढीमा बेपत्ता भएका नेपालीहरूका आफन्त घर फर्किन थालेका छन् । दुई सातासम्म खोजी गर्दा पनि बेपत्ता भएकाहरू नभेटिएपछि आफन्त घर फर्किन थालेका हुन् । आफन्तहरू धरालीबाट एक दिन पैदल हिँडेरै उत्तरकाशीसम्म र त्यहाँबाट बसमा आउने तयारीसहित हिँडेका हुन् । ‘दुई सातासम्म बगरमा डुल्दा–डुल्दा केही भेटिएन, ...
। अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । यससँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनैपर्ने भएको छ । नेपालमा सन् २०१५ मा आएको ...
: संयुक्त राज्य अमेरिकाका इजरायलस्थित राजदूत माइक हकाबीले बिपिन जोशीका आमा र बहिनीसँग भेटवार्ता गरेका छन्। राजदूत हकाबीले जोशी परिवारप्रति ऐक्यबद्धता जनाउँदै अपहरित सबै बन्दीहरूको तत्काल रिहाइको लागि दबाब बढाउनुपर्ने बताए। 'हमासको कब्जामा रहेका प्रत्येक बन्दीलाई तुरुन्त मुक्त गराउन हाम्रो पनि माग छ। हामीले निरन्तर यसप्रति दबाब दिँदै आएका छौं,' भेटका क्रममा उनले भने। कृषि अध्ययनका ...
: वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपालीहरूले नेपाली दूतावास साउदीबाट श्रम स्वीकृतिको वैधानिकीकरण (नवीकरण) सुरु गरेका छन्। गत शुक्रबार नेपाली राजदूत डा. नरेश विक्रम ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीको उपस्थितमा भर्चुअल माध्यमबाट बैधानिकरण श्रम स्वीकृति सुर गरिएको हो। राजदूत ढकालले साउदी कार्यरत नेपालीलाई सहजीकरण गर्ने उद्देश्यले सो सुविधा ...
। दक्षिण कोरियामा कोमा रहेका उदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरीको निधन भएको छ । विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको निधन भएको हो । एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका उनी अचेत अवस्थामै थिए । उपचारकै क्रममा उनको निधन भएको कोरियमा रहेका उनका सालो पुरूषोत्तम चौधरीले जानकारी दिए । कमल चौधरी कसरी र ...