मुख्य समाचार
मलेसिया सरकारले गैह्रकानुनीरुपमा बसेका १६ जना नेपालीलाई निष्काशन (डिपोर्ट) गरे
मलेसिया सरकारले गैह्रकानुनीरुपमा बसेका १६ जना नेपालीलाई निष्काशन (डिपोर्ट) गरे

: मलेसिया सरकारले गैह्रकानुनीरुपमा बसेका १६ जना नेपालीलाई निष्काशन (डिपोर्ट) गरेको छ। वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् त्यहाँ पुगेका नेपालीहरूले मलेसियाको अध्यागमन कानुन उल्लंघन गरेपछि सरकारले निष्काशन गरेको हो।


अध्यागमन प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई मालिन्दो एयरलाइन्स र बाटिका एयरको जहाजबाट नेपाल पठाएको स्रोतले बतायो। उनीहरू गत साता काठमाडौं आइपुगेका छन् ।

उच्च स्रोतका अनुसार मलेसियाबाट निस्कासन हुनेहरुमा प्रकाश लिम्बु, डम्बर बहादुर बोहरा, रामदास केवत,सुरजदेव शाह तेली, रामबहादुर सुनुवार, राजेश शाह, अमित कुमार राम, गणेश परियार, मक्का लामा, दिपेन्द्र सुब्बा, भीम बहादुर तामाङ ,अर्बिन कुमार यादव, करणकुमार मोचि, प्रदीप चोखाल, राजनकुमार शाही, चित्रबहादुर खत्री रहेका छन्। उनीहरु मलेसिया पुगेपनि कम्पनी फेर्ने, प्रवेशाज्ञा (भिसा)को म्याद सकिएपछि समेत काम गर्ने लगायतका अध्यागमन कानुन उल्लंघन गरेपछि नेपाल फर्काइदिएको हो।


मलेसियाको अध्यागमन प्रहरीले गैरकानुनी रुपले काम गरेको भेटिएपछि फरक-फरक समयमा उनीहरूलाई पक्राउ गरेको हो। पछिल्लो समय मलेसियाले अवैध बसेका कामदारहरूमाथि कडाइ गरेको छ। केही व्यक्ति श्रम सम्झौताविपरीत अर्कै कम्पनीमा काम गरेको थिए भने केही भिसाको म्याद सकिएपछि पनि बसेको पाएपछि त्यहाँको अध्यागमनले पक्राउ गरी हिरासतमा राखेको स्रोतले बतायो।

मलेसियामा बस्ने एक नेपालीका अनुसार कतिपयले नेपालको राहदानी फ्याकेर गैरकानुनी र असुरक्षित ढंगले काम गर्दै आएका छन्। मलेसिया पुगेपछि कम्पनी फेर्ने, प्रवेशाज्ञा (भिसा)को म्याद सकिएपछि समेत काम गर्ने (ओभर स्टे) र आपराधिक गतिविधिमा संलग्न आप्रवासीहरु मलेसिया सरकारको निशानामा पर्ने गरेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एकै वर्षमा कम्बोडियाबाट चार सय नेपालीको उद्धार गरिएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा मंगलबार भएको मानव बेचबिखनविरुद्धको एक कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी नकुल पोखरेलले एकै वर्षमा चार सय नेपालीको उद्धार गरिएको बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३८२ पुरुष र १८ महिला गरी चार सय नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको हो ...
। मलेसियास्थित नेपाली दूतावासले नेपाली कामदारको नयाँ मागपत्र प्रमाणीकरण प्रक्रियामा कडाइ गर्न थालेको छ । श्रमिकको सेवा–सुविधा सुनिश्चित गर्न रोजगारदाताले आवश्यक कागजात र विवरण स्पष्ट रूपमा पेस गरेपछि मात्र मागपत्र प्रमाणीकरण गर्न थालिएको दूतावासले जनाएको छ । मलेसियास्थित नेपाली दूतावासका काउन्सिलर (श्रम) कृष्णप्रसाद भुसालका अनुसार रोजगारदाताले नेपाली श्रमिकको राहदानीको अवस्था, बैंकमार्फत तलब भुक्तानी भएको पे–स्लिप, साप्ताहिक ...
— अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने दर अहिलेसम्मकै उच्च भएको छ । सरकारी तथ्यांकअनुुुसार नेपालबाट यहाँका शैक्षिक संस्थामा आवेदन दिएकामध्ये करिब ६४ प्रतिशत विद्यार्थीको भिसा आवेदन अस्वीकृत भएको हो । पछिल्लो समयमा अस्ट्रेलियन सरकारले उच्च शिक्षा अध्ययनमा आउने विद्यार्थीको छनोट प्रक्रियामा अझ कडाइ गरेपछि भिसा अस्वीकृत हुने क्रम अत्यधिक ...
। दक्षिण–पूर्व एशियाली मुलुकहरूका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका ८ सय ६० जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अवैध सेन्टरहरूबाट उनीहरूको उद्धार गरिएको हो । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उद्धार गरिएकामध्ये ७ सय ३३ जना कम्बोडियाबाट, १ सय १३ जना म्यानमारबाट, ८ ...
। विदेशमा रहेका नेपाली कामदारको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सरकारी सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो । सो सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग ...