मुख्य समाचार
मलेसिया सरकारले गैह्रकानुनीरुपमा बसेका १६ जना नेपालीलाई निष्काशन (डिपोर्ट) गरे
मलेसिया सरकारले गैह्रकानुनीरुपमा बसेका १६ जना नेपालीलाई निष्काशन (डिपोर्ट) गरे

: मलेसिया सरकारले गैह्रकानुनीरुपमा बसेका १६ जना नेपालीलाई निष्काशन (डिपोर्ट) गरेको छ। वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् त्यहाँ पुगेका नेपालीहरूले मलेसियाको अध्यागमन कानुन उल्लंघन गरेपछि सरकारले निष्काशन गरेको हो।


अध्यागमन प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई मालिन्दो एयरलाइन्स र बाटिका एयरको जहाजबाट नेपाल पठाएको स्रोतले बतायो। उनीहरू गत साता काठमाडौं आइपुगेका छन् ।

उच्च स्रोतका अनुसार मलेसियाबाट निस्कासन हुनेहरुमा प्रकाश लिम्बु, डम्बर बहादुर बोहरा, रामदास केवत,सुरजदेव शाह तेली, रामबहादुर सुनुवार, राजेश शाह, अमित कुमार राम, गणेश परियार, मक्का लामा, दिपेन्द्र सुब्बा, भीम बहादुर तामाङ ,अर्बिन कुमार यादव, करणकुमार मोचि, प्रदीप चोखाल, राजनकुमार शाही, चित्रबहादुर खत्री रहेका छन्। उनीहरु मलेसिया पुगेपनि कम्पनी फेर्ने, प्रवेशाज्ञा (भिसा)को म्याद सकिएपछि समेत काम गर्ने लगायतका अध्यागमन कानुन उल्लंघन गरेपछि नेपाल फर्काइदिएको हो।


मलेसियाको अध्यागमन प्रहरीले गैरकानुनी रुपले काम गरेको भेटिएपछि फरक-फरक समयमा उनीहरूलाई पक्राउ गरेको हो। पछिल्लो समय मलेसियाले अवैध बसेका कामदारहरूमाथि कडाइ गरेको छ। केही व्यक्ति श्रम सम्झौताविपरीत अर्कै कम्पनीमा काम गरेको थिए भने केही भिसाको म्याद सकिएपछि पनि बसेको पाएपछि त्यहाँको अध्यागमनले पक्राउ गरी हिरासतमा राखेको स्रोतले बतायो।

मलेसियामा बस्ने एक नेपालीका अनुसार कतिपयले नेपालको राहदानी फ्याकेर गैरकानुनी र असुरक्षित ढंगले काम गर्दै आएका छन्। मलेसिया पुगेपछि कम्पनी फेर्ने, प्रवेशाज्ञा (भिसा)को म्याद सकिएपछि समेत काम गर्ने (ओभर स्टे) र आपराधिक गतिविधिमा संलग्न आप्रवासीहरु मलेसिया सरकारको निशानामा पर्ने गरेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरूको संस्था ‘ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स’ मा नयाँ नेतृत्व चयन भएको छ । लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार सम्पन्न संस्थाको वार्षिक साधारणसभाले ट्राभल व्यवसायी विराज भट्टको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । भट्ट यसअघि संस्थाको उपाध्यक्ष थिए । साधारणसभाले उपाध्यक्षद्वयमा इन्द्र गिरी र कमल पौडेललाई चुनेको छ भने सचिवमा राजेन्द्र ...
। अमेरिकाले एकै दिन ८० नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडेको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु रहेका छन् । डिपोर्ट हुनेमध्ये ...
। अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् । डिपोर्ट भएकाहरुलाई मानव ...
— साउदी अरेबियाले विभिन्न क्षेत्रमा आफ्नै नागरिकलाई अनिवार्य राख्नुपर्ने नीति (साउदीकरण)लाई कडाईका साथ कार्यान्वयन गर्न थालेपछि उच्च पदमा पुगेका नेपालीसहित आप्रवासी श्रमिकको रोजगारी संकटमा पर्न थालेको छन् । उनीहरुको भिसा नै नवीकरण गर्न छाडेको छ । साउदीले निजी क्षेत्रका कम्पनीले उच्च तह र विशेषज्ञ तहमा साउदीकै नागरिकलाई राख्ने नीति लिएको छ । एक इन्जिनियरीङ कम्पनीमा कार्यरत ...
: अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो। स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम