मुख्य समाचार
राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै धरपडक सुरु गरेपछि त्यहाँ रहेका आप्रवासीहरू आतंकित
राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै धरपडक सुरु गरेपछि त्यहाँ रहेका आप्रवासीहरू आतंकित

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै धरपडक सुरु गरेपछि त्यहाँ रहेका आप्रवासीहरू आतंकित बनेका छन् । राष्ट्रपति ट्रम्पले अवैधरुपमा बस्दै आएकालाई निष्काशन गर्न सुरु गरेसँगै आप्रवासीहरू आतंकित बनेका हुन् ।


राष्ट्रपति ट्रम्पले अमेरिकाका हरेक प्रान्तमा अवैध आप्रवासीलाई लक्षित गरी अप्रेसन सुरू गर्न त्यहाँका सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन् । त्यस्तो निर्देशनलगत्तै अमेरिकी अध्यागमनले पक्राउ परेका आप्रवासीलाई सैनिक जहाजबाट सम्बन्धित मुलुक पठाउन सुरू गरिसकेको छ । योसँगै आप्रवासीका परिवारमा मानसिक तनाव र भय बढेको छ ।

आप्रवासीमाथिको धरपकडपछि कतिपयका परिवार र बालबालिकाहरूमा डर र चिन्ता बढन थालेको छ । कतिपयका बालकालिकाहरू स्कुल जान छाडेका छन् भने कतिपय काम गर्न समेत जान सकेका छैनन् । समाचार संस्था सीएनएनका अनुसार,शिकागोकोमा बसोबास गर्ने एक आप्रवासी परिवारका दिदीबहिनीहरूले राष्ट्रपति ट्रम्पले पदभार सम्हालेदेखि स्कुल जान छाडेका छन् ।

उनीहरूका अभिभावक पनि पक्राउ परिने डरले काममा जाँदैनन् । उनीहरू घर सफा गर्ने काम गर्दै आएका थिए । एक गैर नाफा मुलुक संस्थाले उनीहरूको परिवारलाई खाना खुवाउँदै आएको छ । उक्त संस्थाले उनीहरूको घरको ढोकामा खानेकुरा छाडिदिन थालेको छ ।

उक्त गैरनाफामुलुक संस्थाका अनुसार,पक्राउ पर्ने डरले घरभित्रै बस्ने आप्रवासीहरूको संख्या ठूलो हुनसक्छ । 'पक्राउ पर्ने डरले बालबालिकाहरू विद्यालय जान चाहँदैनन्। उनीहरू डराउँछन्। अमेरिकी शरणार्थी र आप्रवासी समितिकी वरिष्ठ उपाध्यक्ष अन्नामारी बेनाले सीएनएनलाई भनिन्। प्राथमिक विद्यालयका बालबालिकाहरू डरले विद्यालय जान चाहँदैनन् भने आप्रवासीहरूको पछिल्लो अवस्थाकाबारे यसै घटनाले स्पष्ट पार्छ,' उनले भनिन् ।

शिकागोका आप्रवासी अधिकार समूहहरूले धरपकड गरेको भन्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...