मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार पूर्णरूपमा असफल भएको निष्कर्ष
राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार पूर्णरूपमा असफल भएको निष्कर्ष

: राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार पूर्णरूपमा असफल भएको निष्कर्ष निकालेको छ। आइतबार काठमाडौंमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसमिति बैठकले एमाले-कांग्रेसको गठबन्धनको वर्तमान सरकार पूर्णरूपमा असफल भएको निष्कर्ष निकालेको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए।


आर्थिक गतिविधिलाई चलायमान बनाउन, रोजगारी सिर्जना गर्न, भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको उनले बताए।

राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि भन्दै बनेको सरकार आफ्नो उद्देश्यबाट च्युत भएको राप्रपाको निष्कर्ष छ। त्यस्तै बैठकले कांग्रेस-एमाले दुईदलीय सर्वसत्तावादतर्फ उन्मुख हुँदै गएको संकेत देखा परेको ठहर गर्दै संसदलाई छलेर अध्यादेश ल्याइनु दुई दलीय सर्वसत्तावादको प्रारम्भिक अभ्यासको रूपमा रहेको देखिएको लिङ्देनले बताए।




बैठकले पार्टीको आफ्नो राजनीतिक एजेण्डा र जनजीविकाका पक्षमा आगामी दिनमा सडक र सदनमा सशक्त र प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको उनले जानकारी दिए। उनले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आए पनि ८४ सम्म सरकारमा नजाने प्रष्ट पारे। लिङ्देनले पार्टी एकतावद्ध भएर अघि बढ्ने बताए।

राप्रपा बैठकले महाधिवेशन गर्न बाँकी रहेका पार्टीका भातृ संगठनहरूको महाधिवेशन २०८१ चैत मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको छ भने समान विचार भएका व्यक्ति, समूह र दलसँग सहकार्य र मोर्चा निर्माण गर्न राप्रपाले संवाद र सहकार्यको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् । नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मु्क्त बनाउनुपर्ने बताएका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दल बैठकले सरकारले सदनलाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकले रास्वपा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धिकरणको समेत मुद्दा दायर ...
: झापामा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा शिवसताक्षी नगरपालिका–९ का १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–११ स्थित झरना पुलनजिक मंगलबार दिउँसो साढे २ बजेको समयमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६४५४ पिकअप र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१२ ...
: कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको छ। कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको आज बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो। केही दिनदेखि ताप्लेजुङलगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ...
: नेकपा एकीकृत समाजवादीले पार्टीलाई बाहिरबाट आक्रमण गर्ने र भित्रबाट विभाजित गर्ने अनेक षड्यन्त्र भइरहेको निष्कर्ष निकालेको छ। अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा आन्तरिक एकता, जनजागरण तथा जनपरिचालन गर्दै पार्टीलाई मुलुकको अपरिहार्य क्रान्तिकारी शक्तिका रूपमा विकास गर्न अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख छ। नेपालले दक्षिणपन्थी अवसरवादका विरुद्ध हाम्रो विद्रोह र पार्टीको पुनर्गठनलाई नेपालको ...