मुख्य समाचार
समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको कामबाट जनता निराश भएको बताए
समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको कामबाट जनता निराश भएको बताए

— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको कामबाट जनता निराश भएको बताएका छन् । अध्यक्ष नेपालले ०८४ सालको चुनावमा विकल्प खोज्ने समेत बताए ।


‘सरकारको कामबाट जनता निराश छन् । सरकार गफमा अगाडि छ, परिणाममा पछाडि छ,’ उनले समाजवादी मोर्चाको विचारसभामा भने, ‘०८४ को चुनावमा जनताले विकल्प खोजेका छन् । सरकारले जनताको विश्वास जगाउन सकेको छैन ? विवेचना गर्न आवश्यक छ ।’


उनले जनता समाजवादी पार्टी विभाजन गराउन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका भएकाले उपेन्द्र यादव मोर्चामा आउन नसकेको बताए । उनले समाजवादी मोर्चालाई सशक्त रुपमा अघि बढाउनु पर्ने बताए ।

‘मोर्चालाई सक्रिय बनाउन इन्जेक्शन लगाउनु पर्‍यो । जसरी अघि बढाउनुपर्ने थियो, सकेनौ,’ उनले भने, ‘मोर्चाले देश र विदेशसम्म तरंग पैदा गर्न सक्छौँ । मोर्चा कतिपय पार्टी चाहेर पनि आउन सकेका छैनन् । प्रतिपक्षहरूलाई पनि समेट्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: समाजवादी मोर्चाले चैत २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ। नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा अहिले देखिएका सबै समस्याका विरुद्ध चैत २४ गते जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो। देशमा स्वाधीनताको मुद्दामा समस्या देखिएको, जनजीविकाको विषय जटिल बन्दै गएको, राज्य सञ्चालकको चरित्र गणतन्र विरोधी ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् । नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मु्क्त बनाउनुपर्ने बताएका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दल बैठकले सरकारले सदनलाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकले रास्वपा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धिकरणको समेत मुद्दा दायर ...
: झापामा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा शिवसताक्षी नगरपालिका–९ का १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–११ स्थित झरना पुलनजिक मंगलबार दिउँसो साढे २ बजेको समयमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६४५४ पिकअप र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१२ ...
: कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको छ। कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको आज बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो। केही दिनदेखि ताप्लेजुङलगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ...