मुख्य समाचार
संविधान संशोधनका नाममा प्राप्त अधिकार खोसिने खतरा उत्पन्न : प्रचण्ड
संविधान संशोधनका नाममा प्राप्त अधिकार खोसिने खतरा उत्पन्न : प्रचण्ड

: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा प्राप्त अधिकार खोसिने खतरा उत्पन्न भएको बताएका छन्।


समाजवादी मोर्चाले मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विषयक विचार सभामा बोल्दै प्रचण्डले प्राप्त अधिकार खोस्ने गरी संविधान संशोधन गर्न खोजेको भन्दै त्यस्तो कदम आफूहरुलाई स्वीकार्य नहुने समेत बताएका हुन्।

यद्यपी, संविधान संशोधनको प्रचण्डले विरोध गरेपनि समाजवादी मोर्चाकै घटक नेकपा एकीकृत समाजवादीले ‘संविधान संशोधन सम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको छ। सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन सुझाव कार्यदल गठनको गृहकार्य अगाडि बढाएपछि नेकपा एसले पनि उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा उपमहासचिव गरिमा शाह,सचिव गणेशबहादुर विश्वकर्मा, स्थायी कमिटी सदस्य रामचन्द्र यादव, पोलिटब्युरो सदस्य घनप्रसाद गौतम,पोलिटब्युरो सदस्य राजन राई, गोविन्द बन्दी र शंकर सुवेदी सदस्य रहेका कार्यदल गठन गरेका छन्।

प्रचण्डले सरकारका विगत ६ महिनाका कदम हेर्दा प्रमुख दल र सरकार प्रतिगमनको यात्रामा देखिएकाले समाजवादी मोर्चालाई सशक्त नबनाइए देशलाई दुर्घटनामा पुर्‍याउन सक्ने उल्लेख गरे। उनले अलोकतान्त्रिक र निरङ्कुश तरिकाले अध्यादेश ल्याइएको आरोप लगाए। माघ १८ गतेको सदन बस्नुभन्दा अगाडि विपक्षी दलहरुको बैठक बसेर साझा धारणा बनाउने र त्यसै अनुसार सदनमा प्रस्तुत हुने उनको भनाइ छ।

उनले आफ्नाले जतिसुकै अपराध गरेका भए पनि तुरुन्तै चोख्याउने र राजनीतिक विरोधीलाई प्रतिशोध साँध्ने काम भएको समेत बताए।प्रचण्डले समाजवादी मोर्चालाई गति दिने प्रयास र विपक्षीहरूलाई उद्देश्यमूलक ढंगले अघि बढाउने प्रयास देशप्रतिको चिन्तामा आधारित रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विषयमा भएको विवादलाई वार्ता र संवादमार्फत समाधान गर्न आह्वान गरेका छन् । केबलकार निर्माणका विषयमा निर्माण स्थलमा माघ १२ गते भएको अप्रिय घटनाप्रति दुख व्यक्त गर्दै नेता भट्टराईले केबलकार निर्माण गर्ने सन्दर्भमा ताप्लेजुङमा क्रियाशील राजनीतिक दल र तीन वटै स्थानीय तहका जनप्रतिनिधिहरूको ...
: समाजवादी मोर्चाले चैत २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ। नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा अहिले देखिएका सबै समस्याका विरुद्ध चैत २४ गते जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो। देशमा स्वाधीनताको मुद्दामा समस्या देखिएको, जनजीविकाको विषय जटिल बन्दै गएको, राज्य सञ्चालकको चरित्र गणतन्र विरोधी ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् । नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मु्क्त बनाउनुपर्ने बताएका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दल बैठकले सरकारले सदनलाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकले रास्वपा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धिकरणको समेत मुद्दा दायर ...
: झापामा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा शिवसताक्षी नगरपालिका–९ का १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–११ स्थित झरना पुलनजिक मंगलबार दिउँसो साढे २ बजेको समयमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६४५४ पिकअप र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१२ ...