मुख्य समाचार
समाजवादीले पार्टीलाई बाहिरबाट आक्रमण गर्ने र भित्रबाट विभाजित गर्ने अनेक षड्यन्त्र भइरहेको निष्कर्ष
समाजवादीले पार्टीलाई बाहिरबाट आक्रमण गर्ने र भित्रबाट विभाजित गर्ने अनेक षड्यन्त्र भइरहेको निष्कर्ष

: नेकपा एकीकृत समाजवादीले पार्टीलाई बाहिरबाट आक्रमण गर्ने र भित्रबाट विभाजित गर्ने अनेक षड्यन्त्र भइरहेको निष्कर्ष निकालेको छ। अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा आन्तरिक एकता, जनजागरण तथा जनपरिचालन गर्दै पार्टीलाई मुलुकको अपरिहार्य क्रान्तिकारी शक्तिका रूपमा विकास गर्न अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख छ।


नेपालले दक्षिणपन्थी अवसरवादका विरुद्ध हाम्रो विद्रोह र पार्टीको पुनर्गठनलाई नेपालको कम्युनिष्ट आन्दोलनकै पुनर्गठन र रूपान्तरणमा बदल्ने दायित्वलाई मध्यनजर गर्न पार्टी पङ्तिलाई आग्रह गरेका छन्। ‘दक्षिणपन्थी अवसरवादका विरुद्ध हाम्रो विद्रोह र पार्टीको पुनर्गठनलाई नेपालको कम्युनिष्ट आन्दोलनकै पुनर्गठन र रूपान्तरणमा बदल्ने हाम्रो दायित्वलाई मध्यनजर राख्दै पार्टी स्थायी कमिटीले गरेका निर्णयहरूलाई आआफ्नो कार्यक्षेत्रमा कार्यान्वयन गर्न सबकल्पबद्ध होऔँ।’ अपानीमा भनिएको छ, ‘हामीलाई बाहिरबाट आक्रमण गर्ने र भित्रबाट विभाजित गर्ने अनेक षडयन्त्रहरू हुँदै आएका छन्, जसलाई हामीले सामना गर्दै आएका छौँ। आन्तरिक एकता, जनजागरण तथा जनपरिचालन र आन्दोलनद्वारा ती सबैको उत्तर दिँदै पार्टीलाई मुलुकको अपरिहार्य क्रान्तिकारी शक्तिका रूपमा विकास गर्न अघि बढौँ !! अनेक चुनौतिहरू छन्तर हाम्रा कमजोरी र सामर्थ्यलाई पहिचान गरेर अगाडि बढदा हाम्रा अगाडि झन धेरै सम्भावना छन भन्ने तथ्यलाई आत्मसात गर्दै अगाडि बढौँ।’

संसद अधिवेशन आह्वान हुनु अगाडि एकीकृत समाजवादीका सांसदहरू बूढानीलकण्ठ, बालुवाटार र शितल निवासमा पार्टी फुटाउन सहज हुने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश मागेर धाएको थाहा पाएपछि नेतृत्व सशंकित बनेको हो। सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा पार्टी फुट्ने त्रास भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई साथमा लिएर अध्यक्ष नेपालले समाजवादी मोर्चा र विपक्षी दलको साथमा अध्यादेश नल्याउन चेतावनी दिएका थिए। यद्यपी पछिल्लो समय सरकारको सिफारिसमा राष्ट्रपतिमार्फत माघ १८ गते बस्ने गरी संसद् अधिवेशन आह्वान भइसकेको छ।




न‍ेपालले कम्युनिष्ट आन्दोलनमा रूपान्तरणको कार्यभार एकीकृत समाजवादीमा आएको नेपालको भनाई छ। ‘कम्युनिष्ट आन्दोलनमा रूपान्तरणको कार्यभार सिद्धान्ततः नेपालका सबै इमान्दार कम्युनिष्टहरूको कार्यभार हो। तर व्यवहारिकरूपमा यो कार्यभार हाम्रो काँधमा आएको छ। अरु कसैले त्यो जिम्मेवारी वहन नगरेको हुँदा हामीले नेकपा (एकीकृत समाजवादी) गठन गरेर अगाडि बढनु परेको तथ्य हामी सबैले बुझेका छौँ। त्यसैले हाम्रा समस्या र चुनौति वा उपलब्धी र सफलता समग्र कम्युनिष्ट आन्दोलनकै विषय हुन्’ अपानिमा भनिएको छ।

एमाले र माओवादीलाई हेर्ने दृष्टिकोण

एकीकृत समाजवादीले नेकपा (एमाले) सैद्धान्तिक जडता र विसंगतिबाट संठनात्मक निराशा, उकुसमुकुस र पलायनतर्फ उन्मुख हुँदै गरेको आरोप लगाएको छ। पार्टीलाई एकताबद्ध बनाएर हिम्मतका साथ अगाडि बढेर परिस्थितिलाई अनुकुल बनाउनुपर्ने बताएका छन्।

‘नेकपा (एमाले) सैद्धान्तिक जडता र विसंगतिबाट संठनात्मक निराशा, उकुसमुकुस र पलायनतर्फ उन्मुख हुँदै गरेको अवस्थामा त्यसको नेतृत्व सरकार र सार्वजनिक जीवनमा पनि बदनाम हुँदै गएको छ। नेकपा (माओवादी केन्द्र) मा सैद्धान्तिक गतिरोध जस्ताको तेस्तै छ। आजकै अवस्था रहन दिनु कम्युनिष्ट आन्दोलनका लागि खतरनाक हुन सक्छ। यस परिस्थितिमा मुलुकको कम्युनिष्ट आन्दोलनले एउटा जिम्मेवार र शक्तिशाली हस्तक्षेपको माग गरिरहेको छ। त्यसका लागि समय कम हुँदै गएको छ।’ अपानिमा भनिएको छ, ‘हामीले धेरै हण्डर–ठक्कर खाएर बहुमुल्य शिक्षाहरू प्राप्त गरेका छौँ। निर्दिष्ट कार्यभारका वरिपरी पार्टीलाई एकताबद्ध बनाएर हिम्मतका साथ अगाडि बढदा छोटै समयमा परिस्थितिलाई अनुकुल बनाउन सकिन्छ। अहिलेको सत्ता गठबन्धन केवल अराजनीतिक साँठगाँठ हो भन्ने हाम्रो विश्लेषण झनपछि झन पुष्टि हुँदै गएको छ। त्यसका अयोग्यताले आम असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको छ। त्यसले हाम्रो पहलकदमीका लागि अनुकुलता नै थपेको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: समाजवादी मोर्चाले चैत २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ। नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा अहिले देखिएका सबै समस्याका विरुद्ध चैत २४ गते जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो। देशमा स्वाधीनताको मुद्दामा समस्या देखिएको, जनजीविकाको विषय जटिल बन्दै गएको, राज्य सञ्चालकको चरित्र गणतन्र विरोधी ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् । नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मु्क्त बनाउनुपर्ने बताएका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दल बैठकले सरकारले सदनलाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकले रास्वपा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धिकरणको समेत मुद्दा दायर ...
: झापामा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा शिवसताक्षी नगरपालिका–९ का १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–११ स्थित झरना पुलनजिक मंगलबार दिउँसो साढे २ बजेको समयमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६४५४ पिकअप र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१२ ...
: कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको छ। कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको आज बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो। केही दिनदेखि ताप्लेजुङलगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ...