मुख्य समाचार
स्पेनबाट चार जना नेपाली निष्कासन
स्पेनबाट चार जना नेपाली निष्कासन

: पछिल्लो समय अमेरिकामा मात्र होइन, विश्वभरिबाट निष्कासनमा पर्ने नेपालीहरूको संख्या बढेको छ। विभिन्न प्रलोभनमा परेर विदेशिएका नेपालीहरू कानुन उल्लंघनको आरोपमा निष्कासनमा पर्ने गर्ने गरेका हन्। त्यस्ता नेपालीहरू दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने गरेको अध्यागमन स्रोतले जानकार दिएको छ।


गत साता युरोपेली मुलुक स्पेनबाट चार जना नेपाली निष्कासनमा परेका हुन्। निष्कासनमा पर्नेमा अनिल बिसी, चिरञ्जिवी शाही, प्रेमराजा बोहोरा, बेलबहादुर कार्की र लोकेन्द्र केसी रहेका छन्। कतार एयरलायन्सको जहाजबाट उनीहरूलाई नेपाल फर्काइएका हुन्।

अध्यागमन कानुन उल्लंघन गरेको आरोप उनीहरूलाई स्पेनले निष्कासन गरेको हो। उनीहरू चारै जनासँग पासपोर्टसमेत नरहेको बताइएको छ। पासपोर्ट फ्याँकेर लुकिछिपी बसोबास गर्दै आएका उनीहरूलाई स्पेनको अध्यागमनले निष्कास गरेको स्रोतको भनाइ छ।




अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्यकारी आदेश जारी गरेपछि अमेरिकामा रहेका नेपालीहरू पनि प्रभावित बनेका छन्। ट्रम्प प्रशासन लागू भएपछि केही दिनअघि मात्रै अमेरिकी अध्यागमनले लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसीलाई निष्कासन गरेको थियो। उनीहरूलाई एयर इन्डियाबाट भारत हुँदै नेपाल पठाइएको थियो।

त्यस्तै हालै मलेसियाले १६ जना, टर्कीले ५ जना, दक्षिण कोरियाले पटक-पटक गरी ८ जना, जापानले ९ जना, माल्दिभ्सले ३ जना नेपालीलाई निष्कासन गरेको थियो। आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा विदेशिएका नेपालीहरू त्यहाँको कानुनबारे जानकार नहुँदा निष्कासनमा पर्ने गरेको विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मलेसियाको अध्यागमन विभागले गत साता नेपाली व्यवसायी महेन्द्रजंग शाहसहित ९ जनालाई गैरकानुनी रूपमा विदेशी नागरिक मलेसिया भित्र्याउने र नक्कली भिसा बनाउने गिरोहको नेतृत्व गरेको आरोपमा पक्राउ गर्‍यो । पक्राउपछि अध्यागमन महानिर्देशक जकारिया शाबानले पत्रकार सम्मेलन गर्दै मानव तस्करी र नक्कली कागजात बनाउने गिरोहको जालो तोड्न सफल भएको बताएका थिए । महानिर्देशक शाबानका अनुसार शाह नेतृत्वको ...
: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो। त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त ...
: कतार सरकारले तीन जना नेपालीलाई आममाफी दिएको छ। पवित्र पर्व रमदानको अवसरमा कतार अमिरले तीन जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कतारस्थित दूतावासको पहलमा उनीहरूलाई आममाफी दिएको बताए। नेपाल सरकारले आममाफी दिएकोमा कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।
: अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो। निष्कासनमा परेका नेपालीहरू केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले स्रोतले जानकारी दिएको छ। प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ। 'केहीबेर अघि ओमनी एयरलायन्सको ...
: साउदी अरबस्थित नेपाली राजदूतावास रियादको पहलमा ६२ जना नेपाली नागरिकले अन्तिम बहिर्गमन अनुमति प्राप्त गरेका छन् । उक्त अनुमति पाएसँगै उनीहरूलाई यथाशीघ्र स्वदेश फर्किन आग्रह गरिएको छ । राजदूतावासका अनुसार विभिन्न जटिल परिस्थितिका कारण साउदी अरबमा बसाइ निरन्तरता दिन नसकेका नेपालीहरूलाई सहजीकरण गर्दै बहिर्गमन प्रक्रिया अघि बढाइएको हो । साथै आवास अनुमति अवधि सकिनु, रोजगारदाता ...