मुख्य समाचार
पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु
पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु

: झापामा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा शिवसताक्षी नगरपालिका–९ का १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–११ स्थित झरना पुलनजिक मंगलबार दिउँसो साढे २ बजेको समयमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६४५४ पिकअप र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१२ प ३३७१ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका अधिकारीलाई बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउँदा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । पिकअप चालक तेह्रथुम म्याङ्लुङ नगरपालिका– ४ का ३६ वर्षीय अर्जुन शंकरलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरुसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन् । बुधबार नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराई पुराना राजनीतिक दलहरू सुध्रिने अवस्था नरहेकोले वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताए । 'पुरानाहरूसँगको सहकार्य सफल र उपयोगी भएन । यसबाट ...
: मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गत भँडारे खोलामा सुमो दुर्घना हुँदा तीजनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो बिहीबार बिहान ६:३० बजेको समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा ५६ वर्षीया माया देवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ...
— नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) मा फर्किन लागेको चर्चाबीच ज्ञवालीले बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित नहुने बताएका हुन् । 'मुलुककै अभिभावक ...
: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको पेसागत हकहित समेटिने बताएका छन् । नेपाल नर्सिङ सङ्घको ६३औँ वार्षिकोत्सव तथा साधारणसभामा उनले स्वास्थ्य सेवा ऐनको मस्यौदा बनिरहेको जानकारी दिँदै भने, “ऐनको मस्यौदा बन्दै छ । नर्सिङको हकहितका लागि पनि विषय समेट्छौँ । सम्भवतः यही ‘सेसन’ मा पास गर्छौं ।” नर्सिङ जनशक्ति पलायन हुन ...
— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी सरकारले प्रस्ताव गरेको विधेयक अस्वीकार्य हुने बताएका छन् । सरकारले सामाजिक मर्यादित बनाउने नाममा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार नै कुण्ठित गर्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी आलोचना भएपछि महामन्त्री शर्माले यस्तो धारणा राखेका हुन् । उनले वर्तमान सरकारले ल्याएको विधेयकमा प्रस्तावित विषयहरू मान्न नसकिने ...