मुख्य समाचार
स्वतन्त्र पार्टीले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय
स्वतन्त्र पार्टीले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय

: राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दल बैठकले सरकारले सदनलाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो ।


बैठकले रास्वपा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धिकरणको समेत मुद्दा दायर गरेर सांसद पद निलम्बन गर्ने काम गरेको भन्दै त्यसको समेत सदनमा विरोध गर्ने निर्णय गरिएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

त्यस्तै बैठकले पार्टी सभापति विरुद्धको राजनीतिक प्रतिशोधको विषय उठान गर्ने,सहकारीका मुद्दा,अर्थतन्त्रका विषय,असन्तुलित परराष्ट्र नीतिका विषयमा समेत सदनमा सशक्त रुपमा आवाज उठाउने निर्णय गरेको परियारले बताए । उनले सरकार गठनका समयमा भएको सात बुँदे समझदारीको समेत विरोध गर्ने निर्णय गरिएको जानकारी दिए।




त्यस्तै बैठकले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका सम्बन्धमा देखिएको विवादका क्रममा भएको झडपको भत्र्सना गर्दै पीडितहरूलाई न्याय दिन समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढंगले प्रयोग हुनुपर्ने बताएका छन् । अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरुले आज उनको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष दाहालले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताए । भेटका क्रममा अध्यक्ष दाहालले भने, 'आन्तरिक लोकतन्त्रको ...
। अछामको कमलबजार नगरपालिका–१ मोटरकाट्यमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । कमल बजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए । मोटरसाइकल चालक तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गराउने काम भइरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले उद्योग–व्यवसायको विकास तथा मुलुकलाई सम्पन्न बनाउनका लागि समुद्रसम्म पहुँच विस्तार गर्ने काम थालिएको स्पष्ट पारेका हुन्। उनले पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ ...
केन्द्रको मुख नताकी स्थानीय सरकारले प्राविधिक शिक्षामा लगानी बढाउनुपर्ने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भनाइ छ ।१७ माघ, झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले शिक्षाको विकास गर्न स्थानीय सरकारहरूले केन्द्रको मुख ताक्न नहुने बताएका छन् । स्थानीय सरकारले आफ्नै बजेट प्रयोग गरेर असल अभ्यासको नमूना प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशन ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उत्पादन बढाएर विदेश निर्यात गर्नुपर्नेमा जोड दिएका छन्। आज भृकुटीमण्डपमा जारी नेपाल चेम्बर अफ कमर्स एक्पोको कार्यक्रमलाई सम्बोधन गर्दै सानो परिमाणमा उत्पादन गरेर विदेश निर्यात गर्न नसकिने भएकाले उत्पादन बढाउन जोड दिएका हुन्। उनले भने,‘सानो उत्पादन होइन, ठूलो उत्पादन गर्नुपर्छ। उत्पादन गर्न सक्नुपर्‍यो। कुन चिज कहाँ बिक्रि हुन्छ ठम्याउनुपर्‍यो र त्यहाँ ...