मुख्य समाचार
महाकुम्भ मेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो
महाकुम्भ मेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो

: भारतको महाकुम्भमेलामा भगदौडबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ। घाइते हुनेको संख्या ६० पुगेको भारतीय प्रहरीलाई उद्धृत गर्दै एजेन्सीहरूले उल्लेख गरेका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।


मृतकमध्ये २५ जनाको पहिचान खुलेको छ। उत्तर प्रदेशको प्रयागराज भइरहेको कुम्भमेलामा बुधबार राति करिब साढे १ बजे एउटा घाटमा भागदौड मच्चिएको थियो। प्रहरीले घटनाको हुनुको कारण पनि खुलाएको छ। त्रिवेणी संगम स्थलमा अस्थायी पुलहरू निर्माण गरिएको छ। सोही पुल भाँच्चिदा भागदौड मच्चिएको डीआइजी वैभव कृष्णले बताए। 'ब्रह्म मुहूर्तअघि राति १ देखि २ बजेको बीचमा अखडा मार्गमा श्रदालुहरूको ठूलो भीड जम्मा भएको थियो। सोही क्रममा पुल भाँच्चिदा भागदौड मच्चिएको हो,' सञ्चारकर्मीहरूसँग उनले भने।

घाइतेहरूको तुरुन्तै उद्धार गरी अस्पताल पुर्‍याएको बताए। तर, भीडका कारण उनीहरूलाई समयमै अस्पताल पुर्‍याउन कठीनाइ भएको एजेन्सीहरूले उल्लेख गरेका छन्।

भागदौड पछि प्रशासनको अनुरोधमा सबै १३ अखाडाहरूमा आज हुने मौनी अमावस्या(औंसी)को अमृत स्नान रद्द गरेका थिए। बिहान १० बजेपछि मात्रै अमृत स्नान गर्ने निर्णय गरिएको थियो। प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले फोनमा मुख्यमन्त्री योगीसँग घटनाको बारेमा सोधपुछ गरेका थिए। प्रधानमन्त्री मोदीले घटना दुःखद भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। घटनापछि महाकुम्भ मेला क्षेत्र आसपास हेलिकोप्टरबाट निगरानी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...