मुख्य समाचार
पाथीभरामा केबलकार निर्माण विवादलाई वार्ता र संवादमार्फत समाधान गर्नुपर्छ : भट्टराई
पाथीभरामा केबलकार निर्माण विवादलाई वार्ता र संवादमार्फत समाधान गर्नुपर्छ : भट्टराई

— नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विषयमा भएको विवादलाई वार्ता र संवादमार्फत समाधान गर्न आह्वान गरेका छन् ।


केबलकार निर्माणका विषयमा निर्माण स्थलमा माघ १२ गते भएको अप्रिय घटनाप्रति दुख व्यक्त गर्दै नेता भट्टराईले केबलकार निर्माण गर्ने सन्दर्भमा ताप्लेजुङमा क्रियाशील राजनीतिक दल र तीन वटै स्थानीय तहका जनप्रतिनिधिहरूको समान धारणा रहेको बताए ।


'केबलकार निर्माणका विषयमा ताप्लेजुङमा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू केबलकार बन्नुपर्छ भन्ने पक्षमा रहेका छन्,' भट्टराईले बुधबार प्रेस विज्ञप्तिमार्फत भनेका छन्, 'लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ । परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित गर्दैन ।'

सांसद भट्टराईले आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न आग्रह गरेका छन् । नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक गन्तव्य पाथीभरामा बर्सेनि तीन लाख हाराहारी तीर्थालुहरू आउने गर्दछन् । यहाँ भारतका सिक्किम, दार्जिलिङ, आसाम, पश्चिम बङ्गाल, उत्तर प्रदेश, विहार लगायतका क्षेत्रबाट समेत भक्तजनहरू आउने गर्दछन् ।

सांसद भट्टराईले पाथीभरा मन्दिरसम्म पुग्न वयोवृद्ध, बालबालिका तथा अपाङ्गता भएकाहरूलाई समेत केबलकार निर्माणले सहयोग पुग्ने भन्दै त्यसको विकल्प नभएको दाबी गरेका छन् ।

'केबलकार निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाखसम्म तीर्थ लु र पर्यटकहरू पाथीभरामा पुग्ने अनुमान गरिएको छ । यसबाट ताप्लेजुङवासीको रोजगारी, आर्थिक उपार्जन, स्थानीय उत्पादनको बजारीकरण, व्यावसायिकता विकास हुने र समग्रतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ,' भट्टराईले विज्ञप्तिमार्फत भनेका छन्, 'पाथीभराको मूल मन्दिरभन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेसन निर्माण हुने देखिन्छ । पाथीभराको टुप्पोमा कुनै होटल वा रेस्टुरेन्ट बन्ने छैन र बन्न दिइने छैन । रुख तथा पोल गरेर २ हजार ११२ कटान हुनेछ । बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता छैन ।'

भट्टराईले माघ १२ को घटनामा परी घाइते प्रहरी निरीक्षक लगायत नेपाल प्रहरी,सशस्त्र प्रहरी बलका जवानहरू तथा नागरिकहरूको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । उनले केबलकार निर्माण कम्पनीले ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्ने धारणा समेत राखेका छन् ।




'केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि नि:शुल्क सेवा दिने घोषणा गर्नुपर्दछ । प्रभावित क्षेत्रका नागरिकहरूलाई सुलभ सेयरको व्यवस्था गर्नु पर्दछ । रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनुपर्दछ । केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्दछ,' भट्टराईले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढंगले प्रयोग हुनुपर्ने बताएका छन् । अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरुले आज उनको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष दाहालले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताए । भेटका क्रममा अध्यक्ष दाहालले भने, 'आन्तरिक लोकतन्त्रको ...
। अछामको कमलबजार नगरपालिका–१ मोटरकाट्यमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । कमल बजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए । मोटरसाइकल चालक तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गराउने काम भइरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले उद्योग–व्यवसायको विकास तथा मुलुकलाई सम्पन्न बनाउनका लागि समुद्रसम्म पहुँच विस्तार गर्ने काम थालिएको स्पष्ट पारेका हुन्। उनले पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ ...
केन्द्रको मुख नताकी स्थानीय सरकारले प्राविधिक शिक्षामा लगानी बढाउनुपर्ने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भनाइ छ ।१७ माघ, झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले शिक्षाको विकास गर्न स्थानीय सरकारहरूले केन्द्रको मुख ताक्न नहुने बताएका छन् । स्थानीय सरकारले आफ्नै बजेट प्रयोग गरेर असल अभ्यासको नमूना प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशन ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उत्पादन बढाएर विदेश निर्यात गर्नुपर्नेमा जोड दिएका छन्। आज भृकुटीमण्डपमा जारी नेपाल चेम्बर अफ कमर्स एक्पोको कार्यक्रमलाई सम्बोधन गर्दै सानो परिमाणमा उत्पादन गरेर विदेश निर्यात गर्न नसकिने भएकाले उत्पादन बढाउन जोड दिएका हुन्। उनले भने,‘सानो उत्पादन होइन, ठूलो उत्पादन गर्नुपर्छ। उत्पादन गर्न सक्नुपर्‍यो। कुन चिज कहाँ बिक्रि हुन्छ ठम्याउनुपर्‍यो र त्यहाँ ...