मुख्य समाचार
बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु
बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

: मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गत भँडारे खोलामा सुमो दुर्घना हुँदा तीजनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो बिहीबार बिहान ६:३० बजेको समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।


दुर्घटनामा ५६ वर्षीया माया देवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं जाँदा दुर्घटना भएको हो । राती नै दुर्घटना भएको हुन सक्ने स्थानीयबासीले जनाएका छन् । बिहान करिब ६:३० बजेको समयमा सुमो दुर्घटना भएको अवस्थामा स्थानीयले भेटेर प्रहरीलाई जानकारी दिएका थिए । चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन् ।




बिरामी माया गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेका थिए । दुर्घटनाबाट तीनैजनाको घट्नास्थलमै मृत्यु भएको छ । सुमोमा चालकसहित ४ जना मात्रै सवार थिए । घटनाको बारेमा थप विवरण आउन बाँकी छ । थप खोजी र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढंगले प्रयोग हुनुपर्ने बताएका छन् । अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरुले आज उनको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष दाहालले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताए । भेटका क्रममा अध्यक्ष दाहालले भने, 'आन्तरिक लोकतन्त्रको ...
। अछामको कमलबजार नगरपालिका–१ मोटरकाट्यमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । कमल बजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए । मोटरसाइकल चालक तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गराउने काम भइरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले उद्योग–व्यवसायको विकास तथा मुलुकलाई सम्पन्न बनाउनका लागि समुद्रसम्म पहुँच विस्तार गर्ने काम थालिएको स्पष्ट पारेका हुन्। उनले पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ ...
केन्द्रको मुख नताकी स्थानीय सरकारले प्राविधिक शिक्षामा लगानी बढाउनुपर्ने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भनाइ छ ।१७ माघ, झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले शिक्षाको विकास गर्न स्थानीय सरकारहरूले केन्द्रको मुख ताक्न नहुने बताएका छन् । स्थानीय सरकारले आफ्नै बजेट प्रयोग गरेर असल अभ्यासको नमूना प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशन ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उत्पादन बढाएर विदेश निर्यात गर्नुपर्नेमा जोड दिएका छन्। आज भृकुटीमण्डपमा जारी नेपाल चेम्बर अफ कमर्स एक्पोको कार्यक्रमलाई सम्बोधन गर्दै सानो परिमाणमा उत्पादन गरेर विदेश निर्यात गर्न नसकिने भएकाले उत्पादन बढाउन जोड दिएका हुन्। उनले भने,‘सानो उत्पादन होइन, ठूलो उत्पादन गर्नुपर्छ। उत्पादन गर्न सक्नुपर्‍यो। कुन चिज कहाँ बिक्रि हुन्छ ठम्याउनुपर्‍यो र त्यहाँ ...