मुख्य समाचार
अमेरिकाले पहिलो चरणमा १३ सय ६५ नेपाली अमेरिकाबाट फर्काइँदै
अमेरिकाले पहिलो चरणमा १३ सय ६५ नेपाली अमेरिकाबाट फर्काइँदै

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक कागजातबिना बसोबास गर्दै आएका आप्रवासीलाई देश निकाला गर्ने योजना कार्यान्वयनमा ल्याएसँगै १३ सय नेपाली पहिलो चरणमा फर्काइनेको सूचीमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईसीई) का अनुसार नेपालीसहित १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासन गर्ने तयारी छ ।

आईसीईका अनुसार उक्त सूचीमा २०२४ नोभेम्बर २४ सम्म डिपोर्टका लागि अन्तिम आदेश पाइसकेका तर पक्राउ नपरेका समावेश छन् । आईसीईले सूचीमा रहेका नेपाली पक्राउ परे/नपरेको र देश निकाला गरिएको/नगरिएको केही तथ्यांक सार्वजनिक गरेको छैन । पहिलो चरणको सूचीमा २०१५ जुन २४ पछि अमेरिका प्रवेश गरेका र अमेरिका छाड्नुपर्ने आदेश पाइसकेका नेपाली छन् ।

२०१५ जुन २४ अघि अमेरिका आएका र देश निकालाको आदेश पाइसकेका अधिकांश नेपाली ‘टेम्पोररी प्रोटेक्ट स्टाटस’ (टीपीएस) को संरक्षणमा छन् । ३ हजार ५ सयभन्दा बढी नेपालीले अदालतबाट देश निकालाको आदेश पाए पनि टीपीएसको संरक्षणमा रहने करिब २ हजार मात्र छन् । बाँकी आईसीईको सूचीमा छन् ।

पहिलो चरणमा पूर्ण रूपमा कानुनी कागजपत्रविहीन, आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट आदेश गरिएका र पहिले नै देश छाड्न भनिएकालाई पक्राउ गरिने आईसीईले जनाएको छ । टीपीएस संरक्षण खारेज गरिए थप २ हजारभन्दा बढी नेपाली निकालाको सूचीमा समावेश हुनेछन् ।

वासिङटन डीसीस्थित नेपाली दूतावासले यसबारे औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ । दूतावासका ‘इकोनोमिक कन्सुलर’ युगराज पाण्डेले नेपाली पक्राउ परेको वा देश निकाला भएकोबारे जानकारी नआएको बताए । आधिकारिक कागजातबिना अमेरिकामा बसोबास गर्दै आएका नेपालीको यकिन संख्या दूतावाससँग नभएको पनि उनले बताए ।

अमेरिकामा आधिकारिक कागजातबिना बसोबास गरिरहेका आप्रवासी १ करोड १० लाख रहेको तथ्यांक सार्वजनिक गरिएको छ । ‘प्यु रिसर्च’का अनुसार तीमध्ये सबैभन्दा बढी मेक्सिकोका ४० लाख छन् । दोस्रोमा एल साल्भाडोरका ७ लाख ५० हजार र तेस्रोमा भारतका ७ लाख २५ हजार छन् ।




त्यस्तै, ग्वाटेमालाका ६ लाख ७५ हजार, होन्डुरसका ५ लाख २५ हजार र भेनेजुएलाका २ लाख ७० हजार छन् । त्यस्ता आप्रवासी सबैभन्दा बढी क्यालिफोर्निया राज्यमा १८ लाख छन् । टेक्सासमा १६ लाख, फ्लोरिडामा १२ लाख, न्युयोर्कमा ६ लाख ५० हजार, न्युजर्सीमा ४ लाख ७५ हजार र इलिनोईमा ४ लाख छन् । ट्रम्पले शपथ ग्रहणलगत्तै आधिकारिक कागजात नभएका आप्रवासीलाई फिर्ता गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यस पार्कमा सन् ...
। रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी सेक्सन कमाण्डरमा बढुवा भएका छन् । म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन् । ‘…कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले लेखेका छन् । आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी ...
: इजरायलबाट विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको शव फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउन लागिएको हो। विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने मन्त्रालयले जनाएको छ। हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको ...
: हमासद्वारा अपहरण भई हत्या गरिएका नेपाली नागरिक विपिन जोशीको शवलाई आज इजरायलले अन्तिम बिदाइ गरेको छ। इजरायलले उनको शव नेपाल पठाएको हो। तेलअभिवस्थित बेन गुरियन विमानस्थलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतको “अपहृत, बेपत्ता र फर्कने समन्वय निर्देशनालय”को तर्फबाट राज्यस्तरीय श्रद्धाञ्जली समारोह आयोजना गरिएको थियो। समारोहमा अपहृत तथा बेपत्ता समन्वयकर्ता गल हिर्श, इजरायली परराष्ट्र मन्त्रालयका प्रतिनिधि जिभ बिलाउस, नेपाल ...
: दुई वर्षअघि इजरायलमा कृषि अध्ययनका लागि आएका नेपाली विद्यार्थी समूहको पहिलो दिनको तस्बिर अहिले एक सम्झना बनेको छ। सो समूह इजरायलको परराष्ट्र मन्त्रालयको कृषि लाभान्वित परियोजना अन्तर्गत एसजीओटी जीभ लाभान्वित केन्द्रमार्फत आएको थियो। त्यो दिन इजरायली प्रशिक्षक र अधिकारीहरूले उनीहरूलाई उत्साहका साथ स्वागत गरेका थिए। उनीहरू हर्ष, जिज्ञासा र भविष्यप्रतिको आशाले भरिएका युवा थिए। तर, ...