मुख्य समाचार
टी-२०आई सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित
टी-२०आई सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

: त्रिदेशीय टी-२०आई सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ। टियु रंगशालामा बिहीबार भएको खेलमा नेपाल नेदरल्यान्डससँग २० रनले पराजित भएको हो।


नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको खेलमा १३७ रनमात्र बनाउन सक्यो। नेपालका लागि सीता राना मगरले सर्वाधिक २८ रन बनाइन्। त्यस्तै कविता जोशीले २७, पूजा महतोले २४ र रुविना क्षेत्रीले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरको खेलमा ४ विकेटको क्षतिमा १५७ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि रोविने रिज्केले अविजित ५९ रन बनाइन्। त्यस्तै स्टेरी कालिसले २९, हिदर सिजर्सले २३ र इरिस ज्विलिङले अविजित ३१ रन बनाइन्।


नेपालले अर्को खेल थाइल्यान्डसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित