मुख्य समाचार
मन्त्री गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकार गठन भएपछि आईसीयूमा ल्याइसकेको बताए
मन्त्री गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकार गठन भएपछि आईसीयूमा ल्याइसकेको बताए

— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकार गठन भएपछि आईसीयूमा ल्याइसकेको बताएका छन् ।


'नेपाल चेम्बर एक्स्पो'को बिहीबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री गुरुङले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि काम गरिरहेको बताएका थिए । सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले आईसीयूमा ल्याएको उल्लेख गर्दै अब छिटै नै लयमा फर्किने उनको दाबी थियो ।


‘सरकारले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि काम गरिरहेको छ । हामी सरकारमा आउँदा त अर्थतन्त्र साँच्चै नै कोमामा थियो । त्यो कोमामा भएको अर्थतन्त्रलाई हामीले कमसेकम अहिले आईसीयूमा ल्याएका छौँ,' मन्त्री गुरुङले भने, 'अब त्यसलाई हामी बाहिर निकाल्न चाहन्छौँ । त्यही उद्देश्यका साथ कानुनी क्षेत्रमा, नीतिगत क्षेत्रमा रहेका समस्या हल गर्नको लागि हामीले अध्यादेश जारी गरेका छौँ । यो अध्यादेशले धेरै कुरा फुकाएको छ भन्ने मलाई लाग्छ ।'

मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रलाई लक्षित गरी स्थापित उद्योगलाई सहज बनाउनका लागि अध्यादेश ल्याइएको पनि बताए । 'एआईको एप्लाई कसरी गर्ने भन्ने सबैको चासो थियो । आइटी सेक्टरलाई इन्डस्ट्रीको रुपमा कसरी विकसित गर्ने भन्ने चिन्ता थियो,' उनले भने, 'सबै व्यवसायीहरूको चाहना के थियो भने आइटी सेक्टरमा काम गरिरहेका उद्योग, व्यवसाय उनीहरूले आफ्नो कम्पनीको संस्थाको सहायक संस्थाहरू अरु देशमा पनि खोल्न पाउने परिस्थिति बनोस्, हामीले उनीहरूको प्रतिस्पर्धामा भाग लिन पाइयोस्, त्यहाँ पनि लगानी गर्न सके आइटी सेक्टरमा धेरै विकास गर्न सकिन्छ, नेपाल सरकारको राजस्व पनि वृद्धि गर्न सकिन्छ भन्नुभएको थियो ।’

मन्त्री गुरुङले जिडिपीमा डिजिटल इकोनोमीबाट ३ प्रतिशत सहयोग होस् भन्ने अपेक्षा सरकारले गरेको बताए । अध्यादेश मार्फत त्यसरी कानुनी व्यवस्था गरिएको पनि मन्त्री गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढंगले प्रयोग हुनुपर्ने बताएका छन् । अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरुले आज उनको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष दाहालले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताए । भेटका क्रममा अध्यक्ष दाहालले भने, 'आन्तरिक लोकतन्त्रको ...
। अछामको कमलबजार नगरपालिका–१ मोटरकाट्यमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । कमल बजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए । मोटरसाइकल चालक तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गराउने काम भइरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले उद्योग–व्यवसायको विकास तथा मुलुकलाई सम्पन्न बनाउनका लागि समुद्रसम्म पहुँच विस्तार गर्ने काम थालिएको स्पष्ट पारेका हुन्। उनले पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ ...
केन्द्रको मुख नताकी स्थानीय सरकारले प्राविधिक शिक्षामा लगानी बढाउनुपर्ने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भनाइ छ ।१७ माघ, झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले शिक्षाको विकास गर्न स्थानीय सरकारहरूले केन्द्रको मुख ताक्न नहुने बताएका छन् । स्थानीय सरकारले आफ्नै बजेट प्रयोग गरेर असल अभ्यासको नमूना प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशन ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उत्पादन बढाएर विदेश निर्यात गर्नुपर्नेमा जोड दिएका छन्। आज भृकुटीमण्डपमा जारी नेपाल चेम्बर अफ कमर्स एक्पोको कार्यक्रमलाई सम्बोधन गर्दै सानो परिमाणमा उत्पादन गरेर विदेश निर्यात गर्न नसकिने भएकाले उत्पादन बढाउन जोड दिएका हुन्। उनले भने,‘सानो उत्पादन होइन, ठूलो उत्पादन गर्नुपर्छ। उत्पादन गर्न सक्नुपर्‍यो। कुन चिज कहाँ बिक्रि हुन्छ ठम्याउनुपर्‍यो र त्यहाँ ...