मुख्य समाचार
मेटाले अमेरिकी राष्ट्रपति ट्रम्पको फेसबुक अकाउन्ट निलम्बन गरेको मुद्दामा सम्झौता गर्न सहमति
मेटाले अमेरिकी राष्ट्रपति ट्रम्पको फेसबुक अकाउन्ट निलम्बन गरेको मुद्दामा सम्झौता गर्न सहमति

सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट निलम्बन गरेको मुद्दामा सम्झौता गर्न सहमति जनाएको छ ।


२०२१ जनवरी ६ मा अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित यूएस क्यापिटल (अमेरिकी संसद्) भवनमा हिंसात्मक घटना भएको थियो ।


ट्रम्प समर्थकहरूले अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनको निर्वाचित भएको घोषणा रोक्नका लागि क्यापिटल भवनमा जबरजस्ती प्रवेश गरेका थिए । यो घटना लगत्तै फेसबुकले ट्रम्पको अकाउन्ट निलम्बन गरेको थियो । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल खाताहरू निलम्बन गरेर कम्पनीले आफ्नो अधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए ।

मेटाका कानुनी सल्लाहकारहरूले यो मुद्दामा मेटाले ट्रम्पको राष्ट्रपति पुस्तकालयलाई २२ मिलियन डलर अनुदान दिने र कानुनी शुल्कबापत तीन मिलियन डलर तिर्न तयार रहेको एबीसीले जनाएको छ ।

मेटाले ट्रम्पको राष्ट्रपति पुस्तकालयलाई २२ मिलियन डलर अनुदान दिने र कानुनी शुल्कबापत तीन मिलियन डलर तिर्ने पुष्टि गरेको छ ।

जुलाई २०२१ मा ट्रम्पले मेटा र त्यसका सीईओ मार्क जुकरबर्गलाई आफ्नो सामाजिक सञ्जाल खाता 'सेन्सर' गरेको आरोप लगाउँदै मुद्दा हालेका थिए ।

एबीसी न्युजले मेटाका मार्क जुकरबर्गले ट्रम्पसँग आफ्नो सम्बन्ध सहज बनाउन प्रयास गरिरहेका बेला यस्तो सम्झौता गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...