मुख्य समाचार
नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको अध्यादेशको विरुद्धमा जाने तयारी
नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको अध्यादेशको विरुद्धमा जाने तयारी

। नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको अध्यादेशको विरुद्धमा जाने तयारी थालिएको बताएको छ ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि उपमहासचिव रामकुमार भट्टराईले अध्यादेशका कारण अहिले महंगी बढेको निष्कर्ष निकालेको जानकारी गराए ।


‘महंगी बढाएर जनताको ढाड बाँच्ने काम भएको छ । मुठ्ठिभरका व्यापारीका लागि सरकार लागिपरेको छ । यसको विरुद्धमा जाने तयारीमा हामी छौं,’ उनले भने ।

साथै, अध्यादेशका विरुद्धमा कसरी जाने भन्ने छलफल पार्टीमा भइरहेको पनि उनले जानकारी गराए ।

‘अहिले अध्यादेशले हाम्रो नेपालमा भएको भ्रष्टाचार ऐनलाई तोडमोडल गर्‍यो । २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन थियो । त्यो लागू नगर्ने भन्ने ऐन ल्याउनासाथ ५ सय रुपैयाँको सिमेन्ट अहिले ८ सय रुपैयाँ बोरा पुगेको छ । यो एउटा मात्रै उदाहरण हो,’ उनले भने ।

पार्टीमा संगठन निर्माण, जिल्ला र प्रदेशका अधिवेशन गर्ने लगायतका विषयमा पनि आजको बैठकमा छलफल भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुर्खेतमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । ना ४ ख ६२६३ नम्बरको बस र कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । बिहीबार रत्नराजमार्ग स्थित भेरीगंगा नपालिकाको सत्तरीमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बस र विपरीत दिशातर्फ ...
— नेकपा (माओवादी केन्द्र) ले शुक्रबार हुने संसद्को हिउँदे अधिवेशनमा अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले ल्याएको अध्यादेश आवश्यक नरहेको र सरकारले छिटो भन्दा छिटो जनतालाई डेलिभरी दिने भनेर ल्याएको विधेयकको विधि र प्रक्रिया नमिलेको पार्टीका प्रमुख सचेतक ...
: नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। बिहीबार बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यादेश अस्वीकार गर्ने सूचना संसदलाई दिने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सबलीकरण गर्ने नगरि नआएको र समग्र प्रक्रिया नै गलत भएकाले खबरदारी गर्ने निर्णय गरिएको ...
— नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढंगले प्रयोग हुनुपर्ने बताएका छन् । अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरुले आज उनको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष दाहालले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताए । भेटका क्रममा अध्यक्ष दाहालले भने, 'आन्तरिक लोकतन्त्रको ...
। अछामको कमलबजार नगरपालिका–१ मोटरकाट्यमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । कमल बजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए । मोटरसाइकल चालक तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।