मुख्य समाचार
महिला टी-२०आई सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई हरायो
महिला टी-२०आई सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई हरायो

— थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी-२० शृंखलामा शुक्रबार नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको छ । थाइल्यान्डले १ सय २३ रनको लक्ष्य सजिलै १८ ओभरमा पूरा गरेको थियो ।


नानापाट कोन्चारोइन्काईले अर्धशतक बनाउँदै थाइल्यान्डलाई विजय दिलाउन भूमिका खेलिन् । उनले ५० बलमा अविजित ५६ रन बनाउने क्रममा ५ चौका प्रहार गरिन् । कोन्चारोइन्काईले नाथाकन चान्थमले तेस्रो विकेटमा ५७ बलमा अविजित ७१ रनको साझेदारी गरिन् ।


नाटाया बुचाथमले १० र अफिसारा सुवानचोनराथी २४ बलमा ४ चौका प्रहार गरि २८ रन प्रहार गरेकी थिइन् । नेदरल्यान्ड्सबाट आईरिस विलिङ र क्यारोलिन डी लाङ्गेले १–१ विकेट लिइन् । नेदरल्यानड्सले अघिल्लो खेलमा नेपाललाई २० रनले पराजित गरेको थियो ।

यसअघि टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेको नेदररल्यान्ड्सले शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ६ विकेट गुमाई १ सय २२ रन बनाएको हो । कप्तान बाबेट डी लिडेले सर्वाधिक ५२ रन बनाइन् । उनले ५० बल खेली ८ चौका प्रहार गरे । आइरिस विलिङले ३५ बल खेली २ चौकासहित २८ रन बनाइन् । फेबे मोल्केनबोइर २, स्टेर कालिस ४, रोबिन रिज्के ७, कार्लिज्न भान कुल्विज्क ८ रनमा आउट भए । थाइल्यान्डबाट थिप्तचा पुथावोङले ४ ओभरमा २७ रन खर्चेर २ र ओनिचा कामचोम्फुले १ विकेट लिए ।

थाइल्यान्डको प्रतियोगितामा पहिलो खेल हो । ५ पटक ट्वान्टी २० विश्वकप खेलिसकेको थाइल्यान्ड पहिलो पटक नेपाल आएर खेलेको हो । तीन राष्ट्रसम्मिलित प्रतियोगितामा थाइल्यान्ड माथिल्लो वरीयताको टोली हो । थाइल्यान्ड विश्व वरीयतामा १३ औं र नेदरल्यान्ड्स १६ औं स्थानमा छ । विश्व वरीयतामा नेपाल २० औं स्थानमा छ । सहभागी टोलीले एक अर्कासँग तीन पटक खेल्ने छ र सर्वाधिक अंक ल्याउने टोली विजेता बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...