मुख्य समाचार
महिला टी-२०आई सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई हरायो
महिला टी-२०आई सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई हरायो

— थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी-२० शृंखलामा शुक्रबार नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको छ । थाइल्यान्डले १ सय २३ रनको लक्ष्य सजिलै १८ ओभरमा पूरा गरेको थियो ।


नानापाट कोन्चारोइन्काईले अर्धशतक बनाउँदै थाइल्यान्डलाई विजय दिलाउन भूमिका खेलिन् । उनले ५० बलमा अविजित ५६ रन बनाउने क्रममा ५ चौका प्रहार गरिन् । कोन्चारोइन्काईले नाथाकन चान्थमले तेस्रो विकेटमा ५७ बलमा अविजित ७१ रनको साझेदारी गरिन् ।


नाटाया बुचाथमले १० र अफिसारा सुवानचोनराथी २४ बलमा ४ चौका प्रहार गरि २८ रन प्रहार गरेकी थिइन् । नेदरल्यान्ड्सबाट आईरिस विलिङ र क्यारोलिन डी लाङ्गेले १–१ विकेट लिइन् । नेदरल्यानड्सले अघिल्लो खेलमा नेपाललाई २० रनले पराजित गरेको थियो ।

यसअघि टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेको नेदररल्यान्ड्सले शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ६ विकेट गुमाई १ सय २२ रन बनाएको हो । कप्तान बाबेट डी लिडेले सर्वाधिक ५२ रन बनाइन् । उनले ५० बल खेली ८ चौका प्रहार गरे । आइरिस विलिङले ३५ बल खेली २ चौकासहित २८ रन बनाइन् । फेबे मोल्केनबोइर २, स्टेर कालिस ४, रोबिन रिज्के ७, कार्लिज्न भान कुल्विज्क ८ रनमा आउट भए । थाइल्यान्डबाट थिप्तचा पुथावोङले ४ ओभरमा २७ रन खर्चेर २ र ओनिचा कामचोम्फुले १ विकेट लिए ।

थाइल्यान्डको प्रतियोगितामा पहिलो खेल हो । ५ पटक ट्वान्टी २० विश्वकप खेलिसकेको थाइल्यान्ड पहिलो पटक नेपाल आएर खेलेको हो । तीन राष्ट्रसम्मिलित प्रतियोगितामा थाइल्यान्ड माथिल्लो वरीयताको टोली हो । थाइल्यान्ड विश्व वरीयतामा १३ औं र नेदरल्यान्ड्स १६ औं स्थानमा छ । विश्व वरीयतामा नेपाल २० औं स्थानमा छ । सहभागी टोलीले एक अर्कासँग तीन पटक खेल्ने छ र सर्वाधिक अंक ल्याउने टोली विजेता बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित