मुख्य समाचार
रूसी अधिकारी भन्छन् – कब्जा भएको भूभागमा युक्रेनी सेनाको आक्रमण, २२ को मृत्यु
रूसी अधिकारी भन्छन् – कब्जा भएको भूभागमा युक्रेनी सेनाको आक्रमण, २२ को मृत्यु

। युक्रेनी सेनाले रूसबाट कब्जामा लिएको एउटा गाउँमा २२ जनाको ‘हत्या गरेको’ मस्कोले दाबी गरेको छ ।

युक्रेनले पश्चिमी रूसको कुर्स्क क्षेत्रका दर्जनौं सीमावर्ती वस्तीहरूलाई नियन्त्रण लिएको छ ।

अगस्टमा अचानक आक्रमण सुरु गरेयता लगभग दुई हजार नागरिकहरू अझै पनि आफ्नो कब्जामा रहेको क्षेत्रमा बसोबास गरिरहेको युक्रेनले बताएको छ।

रूसले अहिले धेरै सहरहरू आफ्नो कब्जामा लिएको छ ।

रूसी अनुसन्धान समितिले जनवरी १९ मा युक्रेनी सीमाबाट करिब २० किलोमिटर टाढा रहेको रूसकोये पोरेचनोये गाउँमा ‘कम्तीमा सात जना सर्वसाधारण’ मारिएको घटनाको अनुसन्धान गरिरहेको बताएको थियो ।

गत शुक्रबार उसले सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा ‘२२ जना बासिन्दाको हत्या’ भएको घटनाको अनुसन्धान गरिरहेको बताएको होे ।

विभिन्न घरको भुइँतलामा शव फेला परेका मध्ये आठ जना महिला पनि रहेको र उनीहरूलाई बलात्कारपछि हत्या गरिएको अनुसन्धान समितिले जनाएको छ ।

अनुसन्धानकर्ताहरूले पाँच जना युक्रेनी सैनिक हत्याका लागि दोषी ठहर भएको जनाएका छन् । तीमध्ये एक येभगेनी फाब्रिसेन्कोलाई कुर्स्क क्षेत्रमा भएको लडाइँको क्रममा पक्राउ गरिएको बताएका छन् ।

समितिले फेब्रिसेन्को नाम गरेका एक व्यक्तिसँग सोधपुछ गरेको भिडियो सार्वजनिक गरेको छ।

तत्काल उक्त दाबीको पुष्टि गर्ने भरपर्दो माधइम नभेटिएको र युक्रेनबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

रूस र युक्रेनले करिब तीन वर्षअघि सुरु भएको द्वन्द्वमा एकअर्कामाथि सर्वसाधारणको हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

रूसी सेनामाथि किएभ नजिकैको बुचा सहरमा सयौं सर्वसाधारणको हत्या गरेको आरोप लागेको छ ।

एएफपीका फोटो पत्रकारले मारिएका युक्रेनी नागरिकहरूको शवको फोटो खिचेका छन् जसमा केही हात बाँधिएको अवस्थामा छन्।

मस्कोले उक्त आरोपको खण्डन गर्दै किएभमाथि उक्त फुटेज बनाएर षड्यन्त्रको मञ्चन गरेको आरोप लगाएको छ ।

एएफपीलगायत केही स्वतन्त्र तथ्य जाँच गर्ने संस्था र सञ्चारमाध्यमले रूसको उक्त दाबीको खण्डन गरेका छन् ।

-रासस/एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...