मुख्य समाचार
पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि नवलपुरमा १७ हजार किशोरीलाई त्यस विरुद्धको खोप लगाइने
पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि नवलपुरमा १७ हजार किशोरीलाई त्यस विरुद्धको खोप लगाइने

: पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि नवलपुरमा १७ हजार किशोरीलाई त्यस विरुद्धको खोप लगाइने भएको छ । विद्यालय तहका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष भित्रका किशोरीलाई खोप लगाइने प्रदेश स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्र कुमार सिंहले बताए ।


कार्यालयले बिहिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘जिल्लाभर २ सय ३० विद्यालयसहित कूल ३ सय २० खोप केन्द्रमा खोप अभियान सञ्चालन गर्दैछौं । विद्यालय नगएका १० देखि १४ वर्ष भित्रका किशोरीहरूलाई पनि खोजीखोजी खोप लगाउने कार्यक्रम छ। कोहि पनि नछुटून् भनेर् हामीले विद्यालयलाई नै खोपकेन्द्र बनाएर यो अभियान सञ्‍चालन गर्दैछौं ।'

विद्यालय नजाने किशोरीहरूलाई अन्य स्वास्थ्य संस्थाका खोप केन्द्रबाट खोप लगाइने उनले बताए । कक्षा ६ देखि १० सञ्चालन भएका २३० विद्यालय र ९० वटा स्वास्थ्य संस्थामा दुई चरणमा गरेर खोप अभियान स ञ्चलन गरिनेछ ।




पहिलो चरणमा माघ २२ गते देखि माघ २८ गतेसम्म बुलिङटार, बौदिकाली, गैँडाकोट र देवचुलीमा र कावासोती , मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीमा माघ २८ गते देखि फागुन ६ गते सम्म दोस्रो चरणमा खोप अभियान सञ्चालन हुनेछ ।

पाठेघरको मुखको क्यान्सरलाई ह्युमन प्यापिलोमा भाइरस ( एचपीभी) बाट हुने क्यान्सर भनिन्छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ। यसकै कारण हरेक वर्ष तीन लाख महिलाको ज्यान जाने गरेको सिंहले बताए ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन कोहि नछुटुन् भनेर सबै तहमा आवश्यक गृहकार्य भएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक बाबुराम बिश्वकर्माले बताए । उनले भने ,‘हामीले सबै तथ्याकं संकलन गरेका छौं । सकभर कोहि नछुटुन् भनने हाम्रो उद्देश्य छ ।टोलसुधारको तहदेखिनै यसलाई प्रचार प्रसार गरेका छौं ।’

विश्वकर्माले सबै किशोरीहरूलाई खोप अभियानमा सहभागी गराउन आग्रह गरे । नेपालमा यही माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने तयारी छ ।

पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१/८२ सञ्चालन गर्ने निर्णय यसअघिनै गरिसकेको छ । ह्युमन प्यापिलोमा भाइरसका कारण महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्ने र यसले मलद्वार,योनी र घाँटीको पछाडिको भागमा छिटो आक्रमण गर्ने सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटको विरोधमा वीरगन्जका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूले आइतबारदेखि अनिश्चितकालीन हडताल सुरु गरेका छन्। आन्दोलनका कारण नारायणी अस्पतालसहित सरकारी, सामुदायिक, निजी अस्पताल र मेडिकल कलेजमा आकस्मिक सेवासमेत प्रभावित भएको छ। शनिबार अस्पतालको आकस्मिक कक्षमा ल्याइएका वीरगन्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका ...
: वीरगन्जको नारायणी अस्पतालमा शनिबार उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनापछि आकस्मिक कक्षमा कार्यरत चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि निलम्बन गरिएको छ । शनिबार साँझ अस्पतालमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार गुप्तासहितको बैठकले घटनाको छानबिन गर्न ६ सदस्यीय छानबिन समति गठन गर्दै शनिबार आकस्मिक कक्षमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई ...
: बिभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरुले श्रम शोषण भएको भन्दै निरन्तर विरोध प्रदर्शन गरेका छन् । आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समिति बनाएर उनीहरुले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) को ड्युटी समय नेपालको ...
: सिन्धुपाल्चोकको दुई निजी अस्पताल र एक स्वास्थ क्लिनिक शिल गरिएको छ । सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकास्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र बलेफी गाँउपालिकास्थित पराजुली हेल्थ केयर प्रालि शिल गरिएको हो । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ५२ र ५३ तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (दोस्रो संशोधन, ...
— काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर परीक्षण (सर्भाइकल क्यान्सर स्क्रिनिङ) मा सहभागीमध्ये ९० महिलामा ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) संक्रमण पुष्टि भएको छ । महानगरको स्वास्थ्य विभागका अनुसार संक्रमण पुष्टि भएका अधिकांश महिलालाई स्क्रिनिङअघि आफू संक्रमित भएको वा कुनै स्वास्थ्य समस्या छ भन्ने जानकारी नै थिएन । 'संक्रमण पुष्टि भएका ९० जनामध्ये २५ जनामा एचपीभी भाइरस ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम