मुख्य समाचार
नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले अस्पतालमा भवनको अभावले उपचारमा समस्या भएको भन्दै सडकमा प्रदर्शन
नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले अस्पतालमा भवनको अभावले उपचारमा समस्या भएको भन्दै सडकमा प्रदर्शन

: वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले अस्पतालमा भवनको अभावले उपचारमा समस्या भएको भन्दै सडकमा प्रदर्शन गरेका छन्। शुक्रबार अस्पताल अगाडिको त्रिभुवन राजपथको सडकमा एप्रोन लगाएरै निस्किएका उनीहरूले सडकमै धर्ना दिएका हुन्।


सरकारले पाँच वर्षअघि मन्त्रिपरिषदकै बैठकबाट नारायणी अस्पताललाई केन्द्रीय अस्पताल घोषणा गर्दै ३ सय ५० शय्याको पाँच तल्ले भवन निर्माणका लागि बजेटसमेत निकासा गरेको थियो। तर, उक्त भवन निर्माणको प्रक्रिया सुरु नहुँदै शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनी (ठेकेदार) बीचको विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका कारण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ।

अदालतले उक्त मुद्दाको छिनोफानो नलगाएका कारण भवन अभावले बिरामीको उपचारमा समस्या झेल्नु परिरहेको भन्दै शुक्रबार अस्पतालका सम्पूर्ण चिकित्सक, नर्स र कर्मचारीहरूले सडकमा उत्रिएर विरोध गरेका हुन्। भवन निर्माण संघर्ष समितिका संयोजक तथा अस्पतालका वरिष्ठ चिकित्सक डा. नीरज सिंहले भने, ‘सर्वोच्च अदालतमा यो मुद्दाको पेसी माघ २८ गते छ। त्यस दिन पनि अदालतले मुद्दाको छिनफानो लगाएन भने झन् निर्मम निर्णय गरेर हामी फेरि संघर्षमा उत्रिन्छौं।’




पर्साबाट सरकारमा प्रतिनिधित्व गर्ने सांसदहरूले संसद बैठकमै अस्पतालको भवनबारे पटक-पटक आवाज उठाउँदा पनि त्यसको कुनै सुनुवाई नभएपछि आफूहरू बाध्य भएर सडकमा उत्रिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ । उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा ...
। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गरेको छ । मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरुद्ध नपार्न अपिल ...
— चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि ...
: नेपाल चिकित्सक संघले आज आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले गरेको दमनको विरोधमा देशभरीका सम्पूर्ण अस्पतालमा आकस्मिक सेवाबाहेक सबै बन्द गर्ने घोषणा गरेको हो । उनीहरुले नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम