मुख्य समाचार
नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले अस्पतालमा भवनको अभावले उपचारमा समस्या भएको भन्दै सडकमा प्रदर्शन
नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले अस्पतालमा भवनको अभावले उपचारमा समस्या भएको भन्दै सडकमा प्रदर्शन

: वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले अस्पतालमा भवनको अभावले उपचारमा समस्या भएको भन्दै सडकमा प्रदर्शन गरेका छन्। शुक्रबार अस्पताल अगाडिको त्रिभुवन राजपथको सडकमा एप्रोन लगाएरै निस्किएका उनीहरूले सडकमै धर्ना दिएका हुन्।


सरकारले पाँच वर्षअघि मन्त्रिपरिषदकै बैठकबाट नारायणी अस्पताललाई केन्द्रीय अस्पताल घोषणा गर्दै ३ सय ५० शय्याको पाँच तल्ले भवन निर्माणका लागि बजेटसमेत निकासा गरेको थियो। तर, उक्त भवन निर्माणको प्रक्रिया सुरु नहुँदै शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनी (ठेकेदार) बीचको विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका कारण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ।

अदालतले उक्त मुद्दाको छिनोफानो नलगाएका कारण भवन अभावले बिरामीको उपचारमा समस्या झेल्नु परिरहेको भन्दै शुक्रबार अस्पतालका सम्पूर्ण चिकित्सक, नर्स र कर्मचारीहरूले सडकमा उत्रिएर विरोध गरेका हुन्। भवन निर्माण संघर्ष समितिका संयोजक तथा अस्पतालका वरिष्ठ चिकित्सक डा. नीरज सिंहले भने, ‘सर्वोच्च अदालतमा यो मुद्दाको पेसी माघ २८ गते छ। त्यस दिन पनि अदालतले मुद्दाको छिनफानो लगाएन भने झन् निर्मम निर्णय गरेर हामी फेरि संघर्षमा उत्रिन्छौं।’




पर्साबाट सरकारमा प्रतिनिधित्व गर्ने सांसदहरूले संसद बैठकमै अस्पतालको भवनबारे पटक-पटक आवाज उठाउँदा पनि त्यसको कुनै सुनुवाई नभएपछि आफूहरू बाध्य भएर सडकमा उत्रिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्र बैंक र आरबीआईको साझा संयन्त्र बैठकमा अन्तरदेशीय भुक्तानी छलफल
मेलम्ची खानेपानी पाइप फुट्दा क्षति पुगेका २१ पीडित परिवारले पाए क्षतिपूर्ति
पोखरा विमानस्थलको सवा २ अर्ब बेरुजु उड्डयन प्राधिकरणले गर्‍यो फर्छ्योट
टीओबी समूहका तेन्जिन : न बाबुले छोरा चिने, न छोराले बाबु
। कर्णाली प्रदेशमा ७३१ जना एचआईभी संक्रमित भएको पाइएको छ । ५ वर्षको अवधिमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना संक्रमित भेटिएको सरकारी तथ्याक छ । आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ४९७ जनालाई जाँच गर्दा ३० जना एचआईभी सक्रमित भेटिएका छन् भने ०७८/०७९ मा १२ हजार ९० जनालाई जाँच गर्दा ७० जना ...