मुख्य समाचार
वैज्ञानिकहरुले अफ्रिका महादेश पहिलेको तुलनामा तीव्र गतिमा फुटिरहेको र दुई भागमा छुट्टिने क्रममा रहेको दाबी
वैज्ञानिकहरुले अफ्रिका महादेश पहिलेको तुलनामा तीव्र गतिमा फुटिरहेको र दुई भागमा छुट्टिने क्रममा रहेको दाबी

वैज्ञानिकहरुले अफ्रिका महादेश पहिलेको तुलनामा तीव्र गतिमा फुटिरहेको र दुई भागमा छुट्टिने क्रममा रहेको दाबी गरेका छन् ।

पहिलोपटक सन् २००५ मा इथियोपियाको मरुभूमिमा ३५ माइल लामो दरार देखिएको थियो, जुन अहिले वर्षेनी आधा इन्चको गतिले चौडा भइरहेको छ ।




डेलीमेलको रिपोर्ट अनुसार क्यालिफोर्निया विश्वविद्यालय, सान्टा बार्बाराका प्राध्यापक केन म्याकडोनाल्डले भनेका छन् कि यो प्रक्रिया जसलाई पहिले पहिले करोडौँ वर्षसम्म चल्ने प्रक्रिया मानिन्थ्यो, अब चाहिँ १० देखि ५० लाख वर्षभित्रैमा यो पूरा हुनसक्छ ।

अफ्रिका महादेशको विभाजनका कारण पृथ्वीमा एउटा नयाँ महासागर र थप एक महादेश बन्नेछ ।




के होला विभाजनको प्रभाव ?

प्राध्यापक म्याकडोनाल्डका अुनसार हिन्द महासागरको पानी पूर्वी अफ्रिकी रिफ्ट भ्यालीमा भरिन सक्दछ र अन्ततः उक्त क्षेत्रले एउटा नयाँ महासागरको रुप लिन सक्दछ । उक्त नयाँ महासागर आन्ध्र महासागर जत्तिकै गहिरो हुनसक्छ ।

यी मुलुकलाई पर्नेछ असर

अफ्रिकी महादेशमा देखिएको दरार त्यहाँका सोमालिया, केन्या, तान्जानिया तथा इथियोपिया लगायतका देशहरु हुँदै गएको छ । वैज्ञानिकहरुका अनुसार यो विभाजनपछि इथियोपियाको उक्त भाग नुुबियन महादेशका रुपमा चिनिनेछ । प्राध्यापक म्याकडोनाल्डका अनुसार मानव जीवनमाथि उक्त विभाजनको कुनै ठूलो प्रभाव पर्नेछैन । यद्यपि भूकम्प तथा ज्वालामूखी विस्फोट जस्ता घटनाहरु चाहिँ भई नै रहनेछन् ।

पूर्वी अफ्रिकी रिफ्ट प्रणाली

यो प्रक्रिया पूर्वी अफ्रिकी रिफ्ट प्रणालीसँग जोडिएको छ । यो २ हजार माइल लामो दरार हो र करीब २ करोड २० लाख वर्षअघि बनेको थियो । यस क्षेत्रमा दुईवटा टेक्टोनिक प्लेटहरु, सोमालियन र नुबियन रहेका छन् । यी टेक्टोनिक प्लेटहरु एक अर्काबाट टाढा टाढा भइरहेका छन् । लिथोस्फेयर भनिने पृथ्वीको सतहको माथिल्लो हिस्सा विभिन्न टेक्टोनिक प्लेटमा बाँडिएको हुन्छ । वैज्ञानिकहरुका अुनसार ती प्लटेहरु आंशिक रुपमा सर्न सक्दछन् । यो गतिविधि पृथ्वीको केन्द्रबाट उत्पन्न हुने तापका कारणले गर्दा हुन्छ ।

महासागर बन्ने क्रमको सुरुवात

सन् २०२४ मा प्रकाशित फ्रन्टियर्स इन अर्थ साइन्स नामक अध्ययनमा बताइए अनुसार रिफ्ट सिस्टमका फरक फरक ठाउँमा ज्वालामूखी गतिविधि फरक फरक छन् । भर्जिनिया टेकका प्राध्यापक डी सारा स्टेम्प्सले सन् २०२० को एक अध्ययनमा बताए अनुसार रिफ्टको उत्तरी हिस्सामा सबैभन्दा तीव्र गतिमा विभाजन भइरहेको छ र सुरुमा त्यही भागमा नयाँ महासागर बन्नेछ ।

वर्तमानमा के समस्या आइरहेको छ ?

सन् २०१८ मा केन्यामा भारी वर्षापश्चात् यस्तै दरार देखिएका थिए । स्थानीय बासिन्दाहरुले त्यस बेला जमिन हल्लिएको पनि महसुस गरेका थिए । भविष्यमा यस्ता दरारहरु अझै धेरै बन्न सक्दछन् । यसबाट मडागास्कर टापु पनि दुई टुक्रामा बाँडिन सक्दछ ।
– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...