मुख्य समाचार
बेलायतस्थित भूतपूर्व गोर्खा सैनिक बेलायती राजा चाल्र्स तृतीयको सेरेमोनियल सुरक्षा दलमा नियुक्त
बेलायतस्थित भूतपूर्व गोर्खा सैनिक बेलायती राजा चाल्र्स तृतीयको सेरेमोनियल सुरक्षा दलमा नियुक्त

: बेलायतस्थित एकजना भूतपूर्व गोर्खा सैनिक बेलायती राजा चाल्र्स तृतीयको सेरेमोनियल सुरक्षा दलमा नियुक्त भएका छन्। ब्रिटिस गोर्खा सेनाका अवकाश प्राप्त लेफ्टिनेन्ट कर्णेल टोलबहादुर खाम्चा किंग्स् गार्ड नियुक्त भएका हुन्।


विभिन्न औपचारिक समारोहका क्रममा राजाको निकट रहेर सेरेमोनियल ड्युटीमा खटिने किंग्स् गार्डमा अवसर पाउने खाम्चा पहिलो नेपाली हुन्।

चार महिना लामो छनोट प्रक्रियाबाट आफूले किंग्स् गार्डमा नियुक्ति पाएको जानकारी खाम्चाले दिए। आउँदो फेब्रुअरी २० तारिखदेखि उक्त भूमिकामा सेवा सुरु गर्ने उनको तयारी छ। किंग्स् गार्डको नियुक्तिलाई आफूले व्यक्तिगतभन्दा पनि समग्र गोर्खा सैनिक र नेपालसँग जोडेर लिएको खाम्चा बताउँछन्।




नेपाल र बेलायतबीच २ सय ८ वर्षभन्दा लामो विशेष सम्बन्ध रहँदै आएको छ। ‘यसबीचमा नेपाली गोर्खा सैनिकहरू अनवरत रूपमा बेलायतको सेवामा खटिएका छन्, उनी भन्छन्, त्यही देशका राजाको लागि इनर सर्कलमा रहेर काम गर्ने अवसरलाई मैले ठूलो प्रतिष्ठाका रूपमा लिएको छु।’

यसअघि किंग्स् गार्डमा नियुक्तिका लागि बेलायती सेनाअन्तर्गत राजदरबारमा खटिने हाउसहोल्ड डिभिजनमा सेवा गरेका सैनिक अधिकृतहरूबाट मात्रै छनोट गरिन्थ्यो। तर पछिल्लो समय इक्वेलिटी एन्ड डाइभर्सिटी (समानता र विविधता) नीतिअनुसार समावेशी रूपमा अन्य रेजिमेन्टसमेतलाई अवसर दिइएपछि गोर्खा सैनिकलाई पनि नियुक्तिको बाटो खुलेको हो। किंग्स् गार्ड बेलायती राजाको सेरेमोनियल सुरक्षा दल हो। जुन राजकीय भ्रमण, सदनको सत्र उद्घाटन, गार्डेन पार्टी, राज्यारोहण, शाही वैवाहिक समारोह, राजकीय अन्त्येष्टि, कूटनीतिक रिसेप्सनजस्ता राजाका सेरेमोनियल ड्युटीहरूका क्रममा खटिने गर्छ।

किंग्स् गार्डमा नियुक्त हुने अधिकांश सेवानिवृत्त सैनिकहरू छन्। यो नियुक्तिका लागि पूरा गर्नुपर्ने कयौं मापदण्ड छन्। जसमध्ये बेलायती सेनामा कम्तीमा २२ वर्ष सेवा गरेको अनुभव प्रमुख सर्त हो। त्यसबाहेक सैनिक करियरमा क्लिन रेकर्ड, उदाहरणीय सेवा, आदर्श व्यक्तित्वजस्ता गुणहरूको पनि मूल्यांकन गरिने खाम्चाले सुनाए।

५७ वर्षअघि स्याङ्जा जिल्लाको शिरकोट करादीमा जन्मिएका खाम्चाका पिता पनि ब्रिटिस लाहुरे थिए। पिताकै पदछाप पछ्याउँदै १९ वर्षको उमेरमा सिपाहीको रूपमा ब्रिटिस गोर्खामा प्रवेश गरेका थिए, खाम्चा। करिब ३६ वर्ष लामो सेवापछि खाम्चा लेफ्टिनेन्ट कर्णेलको दर्जाबाट सेवानिवृत्त भएका थिए। जुन हालसम्म कुनै पनि गोर्खा सैनिकले बेलायती सेनामा हासिल गरेको सबैभन्दा उच्च दर्जा हो।

‘म पहिलेदेखि नै केही भिन्न काम गर्न मन पराउँथें। अरूले गरेको भन्दा फरक गर्न चाहन्थें। एक्टिभ सर्भिसमा हंँुदा पनि सिनियर कमान्डरको सल्लाहबमोजिम फरक काम गरें, सैनिक करियरमा प्राप्त सफलताबारे खाम्चा भन्छन्, मेरो आमा, बुवा दुवै जना फाइटर हुनुहुन्थ्यो। उहाँहरूले जीवनमा धेरै संघर्ष गर्नुभएको मैले देखें। बुवाआमाले दिनु भएको मार्गदर्शन र कडा परिश्रम गर्नुपर्छ भन्ने संस्कार मैले आत्मसात् गरेको हुँ।’

बेलायती सेनामा रहँदा खाम्चा साउदी अरब, कोसोभो, टर्की, इराक, अफगानिस्तान, कुबेतसहितका धेरै देश पुगेर सेवा गरेका थिए। करिब डेढ वर्ष उनी बेलायती राजपरिवारभित्र पनि खटिए। दुई छोरी र एक छोराका पिता खाम्चा हाल बेलायतको रेडिङ सहरमा पत्नी लीलाकुमारीका साथ बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले एकै दिन ८० नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडेको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु रहेका छन् । डिपोर्ट हुनेमध्ये ...
। अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् । डिपोर्ट भएकाहरुलाई मानव ...
— साउदी अरेबियाले विभिन्न क्षेत्रमा आफ्नै नागरिकलाई अनिवार्य राख्नुपर्ने नीति (साउदीकरण)लाई कडाईका साथ कार्यान्वयन गर्न थालेपछि उच्च पदमा पुगेका नेपालीसहित आप्रवासी श्रमिकको रोजगारी संकटमा पर्न थालेको छन् । उनीहरुको भिसा नै नवीकरण गर्न छाडेको छ । साउदीले निजी क्षेत्रका कम्पनीले उच्च तह र विशेषज्ञ तहमा साउदीकै नागरिकलाई राख्ने नीति लिएको छ । एक इन्जिनियरीङ कम्पनीमा कार्यरत ...
: अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो। स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको ...
। मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका हुन् । मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ । तर, कतिपय सुरक्षा गार्डले त्यति पनि पाएका छैनन् । हाल १ ...