मुख्य समाचार
संघीय अनुदान र ऋण रकम रोक्का गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम तत्कालका असफल
संघीय अनुदान र ऋण रकम रोक्का गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम तत्कालका असफल

— सयौं अर्ब बराबरको संघीय अनुदान र ऋण रकम रोक्का गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम तत्कालका असफल भएको छ । डिस्ट्रिक अफ कोलम्बियाकी न्यायाधीश लोरेन एल अलिखानले लागू हुनुभन्दा केही मिनेटअघि राष्ट्रपति ट्रम्पको आदेश स्थानीय समयानुसार आगामी सोमबार ५ बजेसम्मका लागि रोकिदिएकी हुन् । उक्त मुद्दाको सुनुवाइ सोमबार बिहान पुनः हुने जनाइएको छ ।


संघीय सरकारले दिँदै आएको अनुदानबाट लाभ लिँदै आएकाहरूको प्रतिनिधित्व गर्ने संस्थाहरूको समूहले मंगलबार दायर मुद्दाको जवाफमा न्यायाधीश अलिखानले उक्त आदेश दिएकी हुन् ।


पहिले नै अनुमोदित कोष रोक्ने हृवाइट हाउसको कार्यले कानुनको उल्लंघन भएको उनको भनाइ छ । ‘यस्तो देखिन्छ कि संघीय सरकारलाई हाल रोक लगाउने प्रयास गरिएका कार्यक्रमहरूको पूर्ण सीमा थाहा छैन,’ उनले भनेकी थिइन् । उनलाई पूर्वराष्ट्रपति जो बाइडेनले न्यायाधीशमा नियुक्त गरेको हो ।

ट्रम्प प्रशासनका अधिकारीहरूले राष्ट्रपतिले हालै जारी गरेका कार्यकारी आदेशहरू अनुसार ऋण र अनुदान रोक्ने निर्णय गरिएको जनाएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाभित्रै जीवाश्म इन्धन उत्पादन बढाउनका लागि पारलैंगिक व्यक्तिहरूलाई गरिँदै आएको संरक्षणका साथै विविधता, समानता र समावेशीकरण (डीईआई) का प्रयासहरू अन्त्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

राष्ट्रपति कार्यालय हृवाइट हाउसको अफिस अफ म्यानेजमेन्ट र बजेट (ओएबी) ले मातहतका निकायहरूलाई ‘अस्थायी रूपमा सबै संघीय वित्तीय सहायताको दायित्व वा वितरणसम्बन्धी सबै गतिविधिहरू रोक्न’ निर्देशन दिएको थियो । त्यसका साथै आप्रवासन, ऊर्जा लगायतका विषय पनि समेटिएका सीबीएस न्युजले जनाएको छ । सन् २०२४ मा संघीय सहायता कार्यक्रमहरूमा ३० खर्ब अमेरिकी डलर खर्च भएको थियो ।

पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनले ऐतिहासिक रूपमा सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन डीईआईको अवधारणा अघि बढाएका थिए । तर ट्रम्पले ती कार्यक्रमहरूलाई ‘भेदभाव’ को संज्ञा दिएका छन् । उनले जुनसुकै निकायमा कर्मचारी भर्ना योग्यतामा आधारित हुनुपर्ने बताएका छन् ।

तर ओएबीले जारी गरेको निर्देशनमा लेखिएका अस्पष्ट शब्दका कारण प्रभावित भएका कार्यक्रमहरूबारे अन्योल सिर्जना भएको थियो । ट्रम्प प्रशासनले विषयगत अनुदान र ऋण कुन–कुन विषयमा आवश्यक छ भन्ने मूल्यांकन गर्नका लागि समय चाहिएकाले उक्त कदम चालेको दाबी गरेको थियो ।




हृवाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी सरकारको कोषमा अर्बौं डलर रोक्ने ट्रम्पको योजना करदाताको पैसा जिम्मेवारीपूर्वक र बुद्धिमानी तवरले व्यवस्थापन गर्ने कदम भएको दाबी गरेकी थिइन् । पत्रकारहरूसँग कुरा गर्दै उनले नयाा निर्णयले सरकारहरूलाई लैंगिक मुद्दा र विविधता कार्यक्रमहरूमा हुादै आएको खर्च कटौती गर्न अनुमति दिने बताएकी थिइन् ।

तर उक्त कदमले विपक्षीहरूका साथै नाफामुखी र अनुसन्धान संस्थाहरूलाई आक्रोसित बनायो । हृवाइट हाउसको निर्देशनले संघीय कार्यक्रमका लागि विपद् राहतदेखि क्यान्सर अनुसन्धानसम्मका क्षेत्रमा छुट्टाइएको अर्बौं डलरलाई असर गर्ने बताइएको छ ।

डेमोर्क्याटहरूले संसद्ले विनियोजन गरेको रकम रोक्ने राष्ट्रपतिलाई एकपक्षीय अधिकार नभएको बताएका थिए । आदेशविरूद्ध डेमोक्रेटिक राज्यहरूको गठबन्धनले पनि मंगलबार छुट्टै मुद्दा दायर गरेको छ ।

अमेरिकी सिनेटका डेमोक्रेटिकका नेता चक सुमरले राष्ट्रपतिको कदमले कर्मचारीहरूको तलब तथा भाडाको भुक्तानीमा समस्या निम्त्याउने जनाएका छन् । शीर्ष डेमोर्क्याटहरूले हृवाइट हाउसलाई पत्र लेख्दै कोष रोक्ने कदमले ‘चरम खतरा’ उत्पन्न हुने उल्लेख गरेका छन् । ‘राष्ट्रपतिको आदेशले अभूतपूर्व छ । र, यसले देशभरि विनाशकारी परिणामहरू ल्याउनेछ,’ वासिङटन सिनेटर प्याटी मुरे र कनेक्टिकटका सांसद रोजा डेलाउरोले लेखेका छन् ।

यसअघि ट्रम्प प्रशासनले सबै वैदेशिक अनुदानमा समेत तत्कालका लागि रोक लगाइसकेको छ । गत साता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हाल कायम वैदेशिक सहायता र नयाा अनुदान वितरण कार्य स्थगन गर्न मातहत निकायलाई निर्देशन दिएका थिए । यसबाट विकास सहायतादेखि सैन्य अनुदानसम्म प्रभावित हुने जनाइएको छ ।

ट्रम्पले राष्ट्रपति शपथ लिएसागै वैदेशिक अनुदान पुनर्मूल्यांकनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । आदेशमा वैदेशिक विकास अनुदान ९० दिनका लागि स्थगन गर्ने उल्लेख छ । उक्त आदेशपछि विदेश मन्त्रालयले मातहतका निकायमा अनुदान रोक्न निर्देशन जारी गरेको हो ।

निर्देशनमा ‘विदेशी सहायता नीति र चासो प्रभावकारी भए/नभएको निर्धारण गर्न अमेरिकी सरकारले सबै र पर्याप्त जानकारी पाउन अहिले असम्भव रहेकाले राष्ट्रपति ट्रम्पको विदेश नीतिअनुरूप सम्पूर्ण अनुदान स्थगन गरिएको’ उल्लेख छ । रुबियोले विदेशमा हुने अमेरिकी खर्चले अमेरिकालाई ‘बलियो, सुरक्षित वा थप समृद्ध’ बनाउने सुनिश्चित हुनुपर्ने बताएका थिए ।

तर आपत्कालीन खाद्य सहायताका साथै इजरायल र इजिप्टको सैन्य कोषको सहयोग रकममा भने रोक नलगाइएको निर्देशनमा उल्लेख छ । विदेश मन्त्रालयको नयाा निर्देशनपछि अमेरिकाले अनुदान दिने विदेशी कार्यक्रम प्रभावित भइसकेका छन् ।

अमेरिकाले सन् २०२३ मा सबैभन्दा धेरै ६८ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहायता प्रदान गरेको थियो । ‘फरेन एसिस्टेन्स डट जीओभी’ का अनुसार १ सय ७६ देशलाई दिइएको उक्त रकममध्ये ८८ प्रतिशत आर्थिक सहयोग र १२ प्रतिशत सैन्य सहयोग थियो ।

नेपालले ६९ करोड ६१ लाख ७० हजार ८ सय ४९ अमेरिकी डलर बराबरको सहयोग प्राप्त गरेको थियो । त्यसमध्ये ६९ करोड ४४ लाख २१ हजार ४ सय ४३ आर्थिक र १७ लाख ४९ हजार ४ सय ६ अमेरिकी डलर सैन्य सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा सुरक्षा घेरा तोड्ने युवक गोली हानी मारिएको छ। अमेरिकी सुरक्षाकर्मीले अनुसार आइतबार बिहान करिब १:३० बजेतिर ट्रम्पको निवास प्रवेश गरेका २१ वर्षीय अस्टिन टकर मार्टिन अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेका हुन् । उनी नर्थ क्यारोलिनाका बासिन्दा हुन् । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने ...
: इरानमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले सरकारको विरुद्धमा व्यापक प्रदर्शनी गरेका छन्। यो पछिल्ला महिनामा भएको घातक दमन पछिको पहिलो ठूलो स्तरको प्रदर्शन हो। बिबिसीका अनुसार तेराहनको शरीफ विश्वविद्यालयको परिसरमा शनिबार सयौं विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए। शान्तीपूर्ण रुपमा प्रदर्शनी सुरु भएपनि पछि विद्यार्थी र सरकार समर्थकहरूबीच झडप पनि भएको थियो । धेरै विद्यार्थीहरू इरानी राष्ट्रिय झन्डा बोकेर ...
: पाकिस्तानले अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा हवाई हमला गरेको छ । यस कदमलाई हालै इस्लामाबादको शिया मस्जिदमा भएको आत्मघाती बम विस्फोट र अन्य सुरक्षा हमला घटनाहरूको जवाफ स्वरूप उठाइएको बताइएको छ। पाकिस्तानी सेनाका अनुसार यस आक्रमणले सशस्त्र समूहहरूसँग सम्बन्धित सात शिविर र लुकेका ठाउँहरुलाई लक्षित गरेको थियो। ती समूहहरूले हालैका आतंककारी गतिविधिहरूको योजना बनाएको र तालिम तथा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाने भएका छन्। उनी मार्च ३१ देखि अप्रिल २ सम्म चीनको भ्रमणमा रहने ह्वाइट हाउसले जानकारी दिएको छ। समाचार संस्था रोयटर्सका अनुसार व्यापार युद्धका कारण दुई देशबीचको सम्बन्धमा चिसोपन आएपछि ट्रम्पले चीनको भ्रमण गर्न लागेका हुन्। चीन भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षी सी जिन्पिङसँग पनि भेटवार्ता गर्ने छन्। यसअघि ...
— सोमालिल्यान्डको राष्ट्रपति कार्यालयका मन्त्री खादर हुसेन अब्दीले अमेरिकालाई खनिज र सैनिक अखडामा पहुँच दिन तयार रहेको बताएका छन् । ‘हामी अमेरिकालाई हाम्रा खनिजहरूमा पहुँच दिन इच्छुक छौं । त्यस्तै अमेरिकाले हाम्रा सैन्य अखडा प्रयोग गर्नसक्छ,’ एएफपी समाचार एजेन्सीसँगको अन्तर्वार्तामा मन्त्री हुसेनले भने । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि यस्तो सहमति गर्न तयार रहेको उनले बताए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम